BAGAICHA.COM

Home » General » Currently Reading:

अनुहारको राजनीति वा हाँडी गाउँको जात्रा

Apr 8, 2010 General 1 Comment

दाजु  गुरूङ

      चार भञ्ज्याङ भित्र जुन जिब्रोमा झुण्डिएको एउटा उखान ज्यादै लोकप्रिय छ जुन अहिले जहाँ जहाँ नेपालीहरू पुगेका छन्, त्यहाँ त्यहाँ सरल रुपमा प्रयोग गरिन्छ “कही नभएको जात्रा हाँडि गाँउमा” । हुन पनि हो यो जात्राको आफ्नै विशेषता उपत्यकाको पनि हाँडी गाँउमा मात्र सिमित हुनु, त्यसैले होला यसो भन्नुको पछाडि मूल विशेषता । तर आज भोली नेपालीहरू र नेपाली समाजमा यस प्रकारको जात्रा नाटकहरूको मञ्चन प्रयोग उपत्यका वाहिर पनि देखिन थालेको छ । सायद प्रजातन्त्रको पुनर्स्थापन पछि नागरिकहरूको नैसर्गिक अधिकारको चरम उपयोगिता होकि ? यात नैसर्गिक अधिकारको अति प्रयोग । किन की हामी नेपाली र नेपाली समुदायहरूमा पाएका भएका उपलब्धिहरूमा अति/बढि धेरै प्रयोग गर्ने संस्कार छँदैछ चाहे मुलुक भित्र होस या वाहिर ।

     केही समय अगाडि हङकङ स्थित नेपाली समुदायमा एउटा यस्तै एउटा संस्कारको प्रयोग भएको छ जस्लाई यहाँका सामाजिक सञ्जालहरू र छापाहरूले निक्कै प्रमुखताका साथ वाहिर ल्याएको थियो, जुन सञ्चार क्षेत्रको धर्म पनि हो।समचार सम्प्रेषणको आधारमा यसका लागि अगाडि देखिनै निक्कै कसरत गरिएको जस्तो देखिन्छ । तयार गरिनु आफैमा एउटा राम्रो कुरो हो ।यो कसरत र तैयारी नयाँ नियुक्ति पाएर आएका नेपाली वाणिज्यदूतवासका महावाणिज्यदूतको औचित्यलाई लिएर । कुनै पनि तेश्रो मुलुकमा राजकीय दूतहरूको नियुक्ति गर्ने एक मात्र अधिकारी राष्ट्रको कार्यकारीमा निहित छ, जुन कार्याकारी अंगले नेपाल र नेपाली जनताको प्रतिनिधित्व गर्दछन् ।

    भरखरै सकिएको कसरतले केही प्रश्नहरूलाई उठान गरेको देखिन्छ यो यात अनुहारको राजनिति हो या हाँडिगाँउको जात्रा । अनुहारको राजनीति चाहे देश भित्र होस् चाहे देश वाहिर ज्यादै गलत उठान हो, किनकी अनुहारको राजनीतिबाट ठूला ठूला गलतहरू भएको हामीले प्रसस्त उदाहरणहरू पाएका छौ, देखेका छौ, जुन हाम्रो जस्तो सानो मुलुक जहा सयौं जात जाती भाषा संस्कारहरूका अनुहारले भरिएका छन् । यस्तो विविधताको खानी माथि वसेर अनुहारको राजनीति खेल खेल्नु कहाँसम्मको जायज हुन्छ ? पहिलो कुरो त कसैले कामनै गर्न नपाइने कार्यको मुल्यांकन गलत हुन्छ । कामको मूल्याङकन नै नगरि अनुहारलाई कसी वनाउन झन ठूलो गल्ती हो । चुपचाप मुकदर्शक बन्ने हाम्रो प्रवृतिलाई कहिलेसम्म भरपाई र साक्षि वनाइ राख्ने ? हङकङमा नेपालीहरू नव्वेको दशकमा समुहगत रुपमा भित्रिएका हुन जुन भित्रिने क्रम जारी छ किनकी देशको विद्यमान परस्थितिले पनि वाहिरीने प्रबृतिलाई प्रश्रय दिएको छ । डेढ दशकको यति छोटो इतिहास र यो सानो भूगोलको मानव सागर भित्र संख्याको गिन्तीमा दक्षिण पूर्व र दक्षिण एसियालीहरूको तुलानामा हाम्रो आकार सानो छ; तापनि हामी विचमा सहमति भन्दा यति धेरै विमतीहरू किन ? के यी सवै हामी हाम्रो सामाजिक संघ संस्थाहरूको क्षेत्र गतिविधिको विस्तार र प्रभावकारीताका लागि गरिरहेका छौ भने हामीमा नयाँ विषयवस्तुको खडेरी परेको छ र ? हाम्रा समुदायहरू विच अन्तरक्रिया जन जागरण कार्य गर्नका लागि हामी विच धेरै धेरै विषयका पोकोहरू छन् । जुनस्थितिको हामी सामना गरिरहेकाछौं त्यहाँ छलफल कार्यका विषय प्रसस्तै छन् । आफ्नो मुलुकको वारेमा भन्ने यहाँ यति धेरै मुद्धाहरू छन्, जस्ले आम नेपालीलाई सन्सारको जुनसुकै कुनामा रहेपनि हमेसा पिरोली रहन्छ । प्रजातन्न्न पुर्स्थापना भएको यतिका वर्षहरू वितीसके तापनि यस्ले सँस्थागतगतरूप लिन सकिरहेको छैन । लामो द्वन्दले मुलुक जुन रूपले तहस नहस भएको थियो त्यसबाट अझै सपूर्ण रूपमा छुटकारा पाउन सकिरहेको छैन । अझै आफ्नो मुलुकभित्र निर्धक्क भएर वाँचीरहने स्थिति बनिसकेको छैन भने हामीबाट यस्लाई किन छलफलको वहसको विषय वनाइदैन ? संविधान-सभाको गठन भएको यतिका समय भइसक्यो पित -सम्वाद बोलेर स्खलन हुने थलाबाट उठन सकेको छैन, सविधान लेख्ने कुरा त कता हो कता । लामो द्वन्दपछि मुलुक पुर्ननिर्माणमा जानुपर्ने सवैको आश थियो ।तर यति वेला मुलुक भावी विखण्डनको त्रासले काँपिरहेको छ । जाती धर्म सम्प्रदायको नाममा मुलुकको कित्ताकाट गरेर कुन उत्कृष्ट परिपाटीको खोजी गरिरहेछन् । यति धेरै समस्याका थुप्रो माथि बसेर समस्यालाई झन विकराल रूप दिने गल्ति त भइरहेको छैन ? के यी सव वहसका विषय बन्दैन र ? यी सवलाई नजर अन्दाज गर्नु जात्रा देखाउनु हैन र ?

     आज जुन  किसिमको कसरत भईरहेको छ त्यसले मुलुकको भू-राजनीति संरचनामा प्रत्यक्ष असर गर्नसक्तछ, कारण जातीय  क्षेत्रीय विविधता । यस  किसिमको छिटफुट घटना तराईका केही क्षेत्रहरूमा देखा पर्न थालिसकेको छ । विगतको रौतहट घटना यसको एउटा सानो रूप हो । दिनानुदिन पहाड र तराइ विच पुरानो तुलनामा सहिष्णुता खिईदै गइरहेको बेला अनुहारको राजनीति वारूदको भट्टी छेउ आगो ताप्नु जस्तो हैन र ? वर्तमानमा केही लोभी पापीहरूले अनुहारको राजनीतिलाई मागी खाने ठगी  खाने भाडो बनाएका छन् जसलाई जति धेरै प्वाल वनायो त्यति फाइदा ।

       यस्तो परिवेशमा “अनुहार मिल्ने मिलाउने काम पहिलो प्रथमितामा पर्नु प-यो ।” यो कुन किसिमको प्रश्न हो ? आज नेपालीहरू मुलुकको विषम परिस्थितिवस पनि विश्वका धेरै मुलुकहरूमा पलायन भएका छन् यस क्रममा यहाँका भन्दा फरक अनुहारका नेपालीहरूको कहि वाहुल्यता होला त्यहाँ पनि त्यहि किसिमको माग राखिन, विरोध जनाउनु अर्थात त्यस किसिमको संस्कार परम्पराको थालनी गर्नु हाम्रो लागि शोभनीय पक्कै बन्दैन किनकी चाहे भित्र होस या बाहिर हामीमा एकता सहिष्णुताको खाँचो छ । हालका दिनहरूमा मुलुक भित्र नयाँ मूल कानूनका लेखनमा क्षेत्रियकता जातियताका वारे जुन सवालहरू उठान गरिएका छन् त्यस्ले भविष्यमा के कस्तो असर गर्ला ? तर हालका दिनहरूमा जात जातिहरू वीचमा आशंकाका  प्रसस्त तरंगहरू उव्जाएका  छन्  ।

     माथि भने झै तराईका केही घट्नाहरू उदाहरण छन्, त्यो मास्तिर उक्लन धेरै समय सायद लाग्दैन होला । जाति धर्म भाषा जस्ता ज्यादै नाजुक विषयलाई वारम्वार उठान गरिरहँदा कतै दुरि नभएको खाल्डो झन् फराकिलेा बन्न जान्छ; हामी त्यस प्रति किन सजग छैनौ ।  नेपाली समुदाय विच हाल चर्चा रहेको वाणिज्य दूतहरूको मुद्धालाई जुन तवरले उडान गरिएको छ- सोझो अर्थमा अनुहारको राजनीति । यो यहि अर्थमा बुझ्ने हो भने परिणाम कस्तो होला तर विज्ञ साथीहरूको त्यो सोचाई नरहला, त्यसैले यस्तो गरिनु हाँडी गाँउको जात्रा मात्र हुन्छ । वास्तवमा अनुहारको राजनिति र हाडिगाँउको जात्रा दुबै हामी र हाम्रो समुदायकोलागि भाग्य दुर्भाग्य वन्न सक्छ किनकी पहिलो कुरो त हामी नेपाली हौं र हाम्रो अनुहार हेर्ने एैना एउटै छ ।

dajuup @yahoo.com

Search This Site:

Comment on this Article:







Related Articles