BAGAICHA.COM

Home » General » Currently Reading:

विश्वकप फुटवल र हङकङ सरकार

Jun 17, 2010 General No Comments

भूपेन्द्र चेम्जोङ

फुटवल खेलप्रेमीहरूको महान् चाड एघारौं विश्वकप अस्ति ११ जुनबाट दक्षिण अफ्रिकामा शुरु भएको छ । विश्वको अरवौं दर्शकहरूले एकैचोटि हेर्ने चार वर्षमा एकचोटि आउने फुटवल खेल खेलहरू मध्ये अति महत्वपूर्ण खेल हो । विश्वको कडोरौं व्यक्तिहरूले आफ्ना जागिरबाट छुटि्ट लिएर वा काम वन्द गरेर हेर्ने यो खेल विश्वको अन्य कुनैपनि खेल भन्दा लोकप्रिय खेल हो । विश्वका फुटवल महाशक्ति राष्ट्रका महानायकहरूले भाग लिने यो विश्वकपमा  विश्वको पाँचैवटा महादेशका राष्ट्रहरूले भाग लिएकाछन् । के गरिव के धनी राष्ट्र उत्तिकै महत्वकासाथ हेर्ने गरेको छ यो खेललाई । नेपाल जस्तो विश्वको अति नै गरिव राष्ट्रमा समेत घरैमा वसी निशुल्क खेल हेर्ने मौका मिलेको छ । तर आज हङकङमा भने खेलप्रेमीहरू कि त रेलवे स्टेशनमा कि त कतै प्लाजामा जुनको गर्मी र धुलोमा वसेर वा उभिएर फुटवल हेर्न वाध्यछन् । आज जहाँ तही सडकमा वा रेलवे स्टेशनमा वा अन्य सार्वजनिक ठाउँहरूमा जम्मा भएर असीन पसीन हुँदै फुटवल हेरिरहेका देख्न सकिन्छ । विश्व शहरको नामले चिनिने हङकङमा खेलप्रेमीहरूको यो गति देख्दा जो कोहीलाई नराम्रो लाग्न सक्छ । यसो हुनुको मुख्य कारण सन्चार माध्यमहरू अत्याधिक व्यापारीकरण हुनु नै हो । हङकङमा केवुल टिभी वाहेक एघारौ विश्वकप फुटवल प्रसारण गर्न कसैलाई पनि अधिकार छैन । यहाँ रहेको चारवटा निशुल्क च्यानलहरूले फुटवल प्रसारण गर्ने मौका पाएनन् । फलस्वरुप लाखौलाख फुटवलप्रेमी जनताहरूको यो दुरदशा भएको हो । एउटा वाटोमा कमिलाले टोक्दा पनि कमीलालाई खोजी खोजी नियन्त्रण मार्ने अभिनय गर्ने यहाँको सरकारले लाखौलाख आफ्ना जनताहरूलाई विश्वकप जस्तो महत्वपूर्ण चाडमा किन अध्यारोमा राख्यो ? लेजर एण्ड कल्चर डिपार्टमेन्ट र अर्वान काउन्सिलको नाममा वर्षमा अरवौ डलर वजेट छुटिन्छ । चार वर्षमा आउने यो महान् चाडप्रति एकचोटि ध्यान दियो ? जनतालाई सुसूचित गर्ने र मनोरन्जनमा सहभागी गराउने सरकारको कर्तव्य हो कि होइन ? जसरी जनताले शिक्षा प्राप्त गर्ने र औषधोपचार गर्ने नैसर्गिक अधिकार हुन्छ त्यसरी नै मनोरन्जन गर्ने पनि उनको नैसर्गिक अधिकार हो । जनताहरूलाई स्वास्थ्य राख्न मनोरन्जनको पनि अति महत्पूर्ण भूमिका हुन्छ । सरकारले यतातिर किन ध्यान दिएन ? सरकारले चाहेको भए निशुल्क टिभीमा जनताको मनोरंजनको लागि प्रसारण गराउन सक्थ्यो । केवल टीभीबाट किनेर भएपनि प्रसारण गराउन सक्थ्यो तर सरकारले न त किन्न नै सक्यो न त कुनै हिसावले मनोरन्जन गराउन नै सक्यो  । जनताकेा अधिकारलाई व्यापारीकरण गर्न पाइदैन । यहाँको जनतालाई मनोरन्जन गराउने जिम्मा सरकारले लिनुपर्दछ ।

आज विषेश गरी गरिव जनताहरू: एशियनहरू र गरिव स्थानीयहरू वाटो र रेलवे स्टेशनमा गर्मीमा पसीना चुहाउँदै फुटवल हेर्न विवश छन् । उनीहरूसंग केवल टीभीकेा लाइन किन्ने क्षमता भएपनि सवैले घरमा जोडन सक्दैनन । अधिकांश नेपाली तथा साउथ एशियनहरू यहाँको पुराना घरहरूमा वस्ने गर्दछन् जहाँ केवुल टीभीको प्वाइन्टहरू नै छैन । सरकारको नागरिक प्रतिको यो गैर जिम्मेवारप्रति एकजुट भएर एकचोटि आवाज उठाउने होकि ?

यस विषयमा लेजर एण्ड कल्चरल डिपार्टमेन्टमा फोन सम्पर्क गर्दा कसैले फोनको जवाफ दिएन। साउदर्न डेमेक्रेटिक पार्टीका अध्यक्ष जेम्स लुङले यो गम्भिर विषय हो । नागरिकको मनोरन्जन गर्ने अधिकार हुन्छ भन्दै सम्वन्धित क्षेत्रमा पुर्याइदिन प्रतिवद्धता जाहेर गरे । त्यस्तै दक्षिण एशियाली र विशेष गरी नेपालीहरूको मामला हेरीरहेकी युनिसनका निर्देशक फर्मी वङले सम्वन्धित क्षेत्रमा कुरा पुर्याउने वताइन् ।

Search This Site:

Comment on this Article:







Related Articles