BAGAICHA.COM

Home » General » Currently Reading:

भाषा लिपी धर्म संस्कार र संस्कृती आदिम सभ्यता मात्रै नभएर वर्तमानमा परिचय खोज्ने विशाल मैदान हो

Dec 25, 2010 General No Comments

डी .बी . पालुङ्वा

हङकङको व्यस्तताले यो लेख ढिलै मात्र तयार भए पनि सन्दर्भ बलिहाङ तङ्नाम येले तङबे ५०७० तदनुसार वि. स. २०६७ अथवा नेपालीहरूको महान चाड शुभदिपावलीको शुभउपलक्षमा लारीङ्गेक नाम्लीङ्गेक अथवा देउसी भैलो कार्यक्रम कियाचु हङकङले तर्जुमा गरेको आफ्नो भाषा लिपी धर्म संस्कार संस्कृतीको संरक्षण ,संवर्द्धन र, विकाश गर्दै लैजानमा अथक प्रायसको म छाती खोलेर हृदय देखि नै हार्दिक प्रसंसा गर्न चाहान्छु । भलै विभिन्न खाले कमि कमजोरी कार्य समिती भित्र होलान्, त्यस्को निराकरण र आजको समय सापेक्ष अघि बढ्दै आफ्नो गुरु योजनाहरूलाई कसरी नयाँ गति दिन सकिन्छ त्यता तिर अघि बढ्नु आजको चुनौती हो भन्ने कुरा उनीहरूले बिर्सनु कदापी हुँदैन भन्ने यो रायका साथ यो हङकङ जस्तो व्यापारीक क्षेत्र खालि काम र दामको मात्रै लेखा जोखा हुने नाफामुलक व्यस्त शहरमा कियाचु हङकङका भुतपुर्व होस् अथवा वर्तमान कार्य समितीका पधाधिकारी ज्यहरूको योगदानको उच्च सम्मान र कदर गर्दै वहाँहरूले गर्दै आउनु भएको क्रियाकलापको आलोचना, समालोचना, सम्मान र कदर गर्नु कुनै पनि लिम्बु दाजु भाइ तथा दिदी बहिनीहरूले कन्जुस्याई गर्नु हुन्न भन्ने मान्यता मार्ग प्रसस्त हुँदाहुँदै पनि कतिपय याक्थुङ दाजुभाई तथा दिदी बहिनीहरूले वास्तविकताको चुरो नै नबुझी सामाजिक संघ संस्थहरूमा बसेर सामाजिक काम गर्न कति गाहो हुन्छ भन्ने कुराको हेक्का नै नराखीकन कसैले मैले सचिवलाई विधान हेर्न मागेको तर सचिवले विधान हेर्न उपलब्ध नगराएको र कसैलाई चुम्लुङको क्रियाकलाप मन नपरेको, कसैलाई समिती भित्रका पदाधिकारीहरू मन नपरेकै कारण चुम्लुङ बिमुख र चुम्लुङ प्रति नकारात्मक सोच राख्नेहरूको भीड यहाँ निकै बाक्लो मात्रै छैन र अति असंवेदनशील रहरै भोली यहाँ कियाचु हङकङ नरहे हाम्रो जातीय अस्तित्वको प्रश्न चिन्ह खडा हुँदा त्यस्को प्रतिनिधित्व कस्ले गर्ने र ? यी यस्ता प्रश्नहरूको जवाफमा रहेका लिम्बुहरूको छाता संगठन भनौं अथवा अभिभावकको रूपमा रहेको संगठनलाई नानाभातीका आरोप प्रत्यारोप लगाएर क्रियाशील भएर काम कारवाही गरीरहेको संस्थालाई हामी को हौं भन्ने कुराको जातीय अस्तित्वको लागि सँधै लागि परिरहनेहरू प्रति जोस, जाँगर, हौसला, प्रोत्साहन र सहयोग गर्नु पर्ने ठाँउमा आफु पनि त्यँहा गएर केही नगर्ने र गर्न चाहनेहरूलाई पनि हतोत्साही पार्नेहरू प्रति मेरो आपत्ती छ । हो यस्तो कुराहरूलाई म मान्न तयार छु की समाजमा केही ब्यक्तिहरू खराब आचरण भएका पनि हुन्छन्, नहुने भन्ने होइन । तर त्यस्ता खराब आचरण भएका ब्यक्तिहरू समय सँगसँगै  स्वत स्फूर्त समाजमा बहिस्कृत हुँदै जान्छन् । तर मलाई जहाँसम्म लाग्छ, समाजमा केही गर्छु भन्ने ब्यक्तिहरू सबै त्यस्ता हुँदैनन्, जस्लाई हामीले आफैले बसेर अथवा पछाडि बसेर भए पनि सामाजिक कार्यको लागि होस्टेमा हैसे गर्नै पर्छ, यो नै हाम्रो धर्मको मूल मन्त्र हो भन्ने मलाई लाग्दछ । हामीले मन्दिरमा पूजा अर्चना, बलि र भेटी चडाएर चर्च धाएर, गुम्बा र मस्जिदको पुजा अर्चनाले मात्रै पुण्य कमाउँन सफल होईन्छ भन्ने मलाई लाग्दैन । सयौं अधर्म र पाप गर्दै धर्म परिवर्तन गरेर वैतर्नी तर्ने कोशिस गर्नु दिवा सपनामा छामछाम छुमछुम गर्दै हिड्न खोज्नु एउटा नाटकीय चरित्र भन्दा, कारुणिक कथा हो जस्तो मलाई लाग्नु सायद अस्वभाविक ठहर्ला । यो एकातिर छँदैछ ।

तर चुम्लुङ सम्पूर्ण मानव जगतकै सम्मान र कदर गर्दै बसुदैव कुटुम्बम्को छत्र छांयामुनि रहेर सम्पूर्ण जात जाती, भाषा भाषी, धर्म धर्मावलम्बीहरूसँगै भाइचाराको हैसियत राख्ने विशुद्ध जातीय संस्था माथि कपोलकल्पित विरोध र आक्षेप लगाउनेहरू प्रति त्येही संस्थामा आएर त्येही भित्र रहेर काम गर्ने आँट गरोस, त्येति बेला म वहाँहरूलाई हार्दिक सम्मान गर्न चाहान्छु । जहाँसम्म यसपालीको बलिहाङ तङनामको कियाचु हङकङले आयोजना गरेको लारीङगेक नाम्लीङगेक देउसी भैलो कार्यक्रममा स्मृतीको नेतृत्व र सांस्कृतिक विभागका प्रमुख साथै त्यस भित्र रहेका सबै सदस्य र कलाकारहरूको अथक प्रायसको म संधै सह्राना, सम्मान, र कदर गर्दै म वहाँहरूलाई हौसला र प्रोत्साहन गर्न चाहन्छु । यसपालीको याक्थुङबाहरूको संस्कार, र संस्कृती झल्काउँने जुन झाँकी, पालाम्, हाक्पारे र त्यस टोली भित्रको नृत्य देखि म अतिनै प्रभावित र हर्षविभोर भएको छु । च्याबु्रङ नाँचमा हस्त लिबाङ, एकराज मेन्याङबो, काजीमान मास्त्रांको केलाङ, असली वनेमको हाक्पारेको संधै प्रसंसा नगरी हङकङबासी याक्थुङ याक्थुङमाहरूलाई धरै छैन । किनभने उनीहरूले गर्दै आएको देनलाई हामीले बिर्सियौं भने उनीहरू माथि अन्याय हुनेछ । हङकङमा हाक्पारे संस्कारलाई बचाई राख्न लागि परिरहर्ने एक मात्र महिला बहिनी असली वनेम पछिको उत्तराधिकारी खोज्नु जरुरी भएको म ठान्दछु । यो कुरा पनि असली बहिनीले राम्ररी बुझेकै हुनु पर्छ, र यो सँस्कारलाई बचाई राख्न अब उनको नैतिक धर्म हुन जान्छ । बाँकी ज-जसले जे जति जान्दछ र बुझ्दछ, त्यो भन्दा बढि जान्ने र बुझ्ने प्रयत्न गर्दै आ-आफ्नो तर्फबाट भाषा लिपी धर्म संस्कार संस्कृतीलाई बचाई राख्न हामी संम्पूर्ण याक्थुङ याक्थुङमाहरूको हरेक पीडीको नैतिक जिम्मेवारी ठहर्दछ ।

 अझ यसपालीको यो कुराले म अति प्रभावित भएको छु, मैले जुन कुरा आशा गर्न सकिरहेको थिईन त्यो यसपाली भएको पाएँ, कुरा हो नृत्यको जसमा बाल कलाकारहरू कान्छा लिम्बु निसाम चेम्जोङले अति राम्रो नृत्य प्रस्तुत गरेर गएका थिए । जसको कोरीयोग्राफी उत्कृष्ट र ब्रिलियन्ट थियो । ती बाल प्रतिभाहरूलाई राम्रो शिक्षा दिक्षा, र प्रोफेसनल डान्सर बनाउन सकियो भने उनीहरूको भविष्य उज्वल देखिन्छ, त्यसको असल संरक्षण, सम्वर्द्धन, र विकाशको लागि राम्रो वातावरण मिलाई दिने नैतिक जिम्मेवार प्रथम त उनीहरूको प्यारेन्टसलाई र दोश्रोमा समाजलाई पनि जान्छ, म वहाँहरूलाई यो कुराको लागि त्यस्तो स्वच्छ, स्वस्थ्य र असल खाले वातावरणको श्रृजना गरी दिनु हुनको लागि ती बच्चाहरूको प्यारेन्टस् र असल समाजलाई असल सल्लाह र सुझावको साथै हार्दिक अनुरोध पनि गर्न चाहान्छु ।

 त्यस्तै अर्को प्रतिभाहरू देखि पनि म दंग खाएको छु । म सम्पूर्ण पाठकहरूमा के अनुरोध गर्न चाहान्छु भने मलाई कमजोर जज नठान्नु होला, म पनि पर्दा पछाडिको उत्तम खाले जज हुँ । असल र खराब टाडैबाट छट्याउँन सक्छु । अब हङकङमा धिरज लिम्बु, सुकु लिम्बु, र नगेन्द्र लिम्बु हङकङका आईडल डान्सरहरू हुन साथै गीतकार गीता पालुङ्वाको नृत्र्य पनि अब एक खाले लेबलमा आई पुगेको मैले देखेको छु । उनीहरूको नृत्यले जो कोहीलाई सजिलै आकषिर्त गर्न सक्छ, दर्शक र श्रोताले पनि अब धेरै कुरा सिकी सकेका छन्, चिच्याई चिच्याई कराएर गीत गाउँदैमा गीत राम्रो हुँदैन, उफ्री उफ्री नाँच्दैमा नृत्य राम्रो हुँदैन अथवा चोलीके पिछे क्या है मा या त लैजाउ मेरो जोवनमा, पाईतला देखि तिघ्रासम्म सारी सुर्काउँदैमा अथवा दुई हातले पछ्यौरी फिजाउँदैमा नाँच उत्कृष्ट हुन सक्दैन । उठी खर काटौं बसी खर काटौंमा उठ्यो बस्यो गर्दैमा नाँच ब्रिलियन्ट हुन सक्दैन ।

अब त हामीले पनि आज र राती के देखेँ सपना मै मरि गएको, बतास बिना हाँगाको फल झैं झरी गएको जस्तो गीतहरूमा पनि नाँच्न सक्नु पर्छ, र मान्छेको मन र मुटुलाई छाम्न र सुम्सुम्याउँन सक्नु पर्छ, अनि मात्रै असल कलाकार बन्न सकिन्छ । नत्र हिन्दी गीत संगीत र नृत्यको अघाडि, इंग्लिस गीत र सिनेमाको अगाडि कुनै पनि कलाकारले अब टिक्न गाहो हुन्छ भन्ने कुराको हेक्का नरहे पछि परिन्छ भन्ने कुरा सबैले बुझ्नु पर्छ ।

यो कियाचु हङकङको मर्यादित मन्चमा सम्पूर्ण कलाकारहरूलाई साथै समितीका अध्यक्ष कृष्णराज लावती, उपाध्यक्ष हस्त लिबाङ, सचीव नन्द चंन्सु एवं सम्पूर्ण समितीका पधाधिकारी ज्यूहरुको सक्रियतमा साथै प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्‍याउने सम्पूर्ण महानुभावहरूमा २०६७ येले तङबे ५०७० को सफल लारीङगेक नाम्लिङगेकबाट संकलन भएको रकम मात्रै नभए र सबै तह र तप्काबाट स्वेच्छा र सफा मनले कियाचुको हितको लागि अझ भनौ (तुम्देन रेष्टुरेन्टका ) प्रोपोरईटर बिजय कुमार बखिमको जस्तो विशाल हृदयका धनी र उद्धार भावना भएका हेम लिम्बू र आँधीखोला स्टोर चुन वानका चेत गुरुङ जस्ता ब्यक्तित्वहरूको जस्तै हङकङबासी सम्पूर्ण याक्थुङ याक्थुङबाहरू लगायत अन्य गैर याक्थुङबाहरूको सहयोग मिले हङकङमा पनि एउटा चुम्लुङहीम्को परिकल्पना गर्न सकिन्थ्यो, यो विचार र धारणा प्रस्तुत गर्दै संकलित रकम सही ठाउँमा सदुपयोग होस्, पब्लिकले आक्षेप लगाउँने ठाउँ नराखीकन सही ढंगले प्रयोग गरियोस् भन्ने शुभकामना सहित आउँदो वर्षहरूमा पनि यो पर्वलाई मात्रै नभएर सम्पूर्ण याक्थुङ भाषा, लिपी, धर्म, संस्कार, संस्कृतीलाई अरु समृद्ध पार्न कियाचु हङकङ सफल रहोस् भन्ने शुभकामना सहीत तागेरा निङवाफुमाङले यो जगतमा हामी सबैको कल्याण गरुन । सेवारो ।                                                

लेखक कियाचु हङकङका भु पु सदस्य हुन्

Search This Site:

Comment on this Article:







Related Articles