BAGAICHA.COM

Home » General » Currently Reading:

एउटा यक्ष प्रश्न लिम्बू कमरेडलाई

Sep 6, 2011 General No Comments

प्रदीप कन्दङ्वा लिम्बू

इतिहासको अत्यन्तै संगिनमोडबाट देश गुज्रीरहेको बेला देशको राजतितिक घटनक्रमहरूले निर्घात चुटिएको नेपाली जनताको मन थिलथिलो यसै भएकै छ त्यसमा नेताहरू बेला-कुबेला नुनचुक छर्किरहन्छन्  । पिडाले चित्कार स्वयम त्रासदीमा डुबेको भान भइरहेको छ यस घडि । बिशेष नेता भएकैले बेला बखत तिनको दर्शन यहां समेत उति दुर्लभ रहेन तर यो सुखकर पनि भन्न नमिल्ने । वाक कला अर्थात चतुर्यांइको भरमा ठूलो नेता भइने देश रहेछ हाम्रो । देश बिकास र जनहितका कुरा तपसिलमा संधै परिरहन्छ । यसरी तिनका गुलियो कुरा सुन्न, चाहेर नचाहेर अकस्मात या जम्काभेटले परिरहन्छ । उग्र कम्युनिस्ट राजनितिमा मेरो घर चौबिसै घन्टा चुर्लुम्म डुबेको हुन्थ्यो तिनताक तर प्रकारान्तरले ममा त्यो छायाँको संघनता उति बाक्लो पर्न पाएन । बाउसँगको दुरत्व यसको प्रमुख कारण रहनगयो । तथापी त्यताको भेगमा बाम चेतनाले प्रत्येकलाई चिमोटिरहेको हुन्थ्यो । यसरी किशोरावस्था देखी युवाकाल हुँदै चार दसक आसपासको जीवनकालमा देशका सोकल्ड राष्ट्रिय राजनितिक पार्टिहरूसँग मेरो साइनो नामको कुनै रेखा कोरिएन । बितेका जीवनकालको आत्मामूल्यांकन गर्दा मैले गरेको सबसे राम्रो काम यहीं रहेछ जसतो आज लागीरहेको छ । झोले हुनबाट बालबाल बचेको यथार्थ यसरी उजागर गर्न चाहान्छु म । वास्तवमा अर्काले सिर्जना गरेको घरमा प्रवेश गरेपछि झोले हुनुत सबको नियती बन्छनै, मालिक हुनुत केवल मृगत्रिष्णा न हो । नत्र यो साठि बर्षको राजनितिक दौरानमा कोही जनजातीको छोरा काँग्रेस पार्टिको सभापती किन हुन सकेन ? एमाले पार्टिमा किन हुन सकेन ? माओवादीमा किन हुन सकेन ? कमरेड बादलहरूको हविगत किन यस्तो भयो ? हामी झोले हुनको बलियो प्रमाण यो भन्दा बढि म जुटाउन सक्दिनँ ।

गोर्खाली राजा पृथ्बि नारायण शाहको बादशाह अर्थात सम्राट बन्ने उग्र सनकले निम्त्याएको परिणामस्वरुप देशले निर्बाध २५० बर्ष एकात्मक शासन ब्याबस्था खेप्नुपर्यो । फलतः मुलक असफलताको रसातालतिर दिनरात भास्सिरह्यो सफल भयोत केबल सामन्तवाद अर्थात रुपान्तरमा बाहुनवाद । निस्कर्समा जनताले एकात्मक राज्य ब्यावस्थालाई बर्जित गरे र संघात्मक राज्य ब्याबस्थालाई अनुमोदन गरे तर अझैपनी सामन्त अर्थात बाहनुवादीहरू बरबराइरहेकाछन् । देश टुक्रिन्छ भन्छन् देश भत्किन्छ भन्छन् देश डुब्छ भन्छन् । साँठ गाँठ गरिरहेकाछन् । षड्यन्त्र गरिरहेका छन् । शान्ति प्रक्रिया भन्छन् हतियार ब्याबस्थापन भन्छन् । सेना समायोजन भन्छन् । राष्ट्रिय सहमती भन्छन् । थोरै ढाडेहरू मिलेर धेरै आदीबासी जनजती मुसाहरूलाई पञ्जा का पञ्जा हानिरहेका छन् । खेलाइरहेका छन् । क्या गजवको नाटक मञ्चन् भइरहेको छ । यो नाटकमा आदीवासी, दलित, उत्पिडित, महिला र मधेसेहरूको मुद्धा कुहिरोको काग जसतो हुन थालिसकेको छ । बाक्लो कालो र घना बादल मडारिरहेको छ । षड्यन्त्र र खुराफातको गन्ध चारैतिर ब्याप्त छ । आदिवासी जनजातीहरू दलित उत्पिडितहरू, महिला मधेसेहरू हार गुहार गरिरहेका छन् मुर्छित प्राय धरातालबाट ।

यो देशमा संघियताको मुद्धालाई सबसे पहिला उठाएको लिम्बूवानले हो, कोइ सक ? माओवादीले यो मुद्धालाई बोक्यो, आफ्नो बनायो, आन्दोलन उत्कर्समा पर्यायो, पछार्यो, फेरी बोक्यो । हामी यो तमासा मुक पशुलेझैं हेरीरहेका छौं । के हो हाम्रो वजुद, हाम्रो औकात, हाम्रो हैसियत ? माओवादीले हात झिक्योकि हामी सखाप याने हामी खरानी ? माओवादीमा लाग्ने हाम्रा साथिहरू भन्छन् हामीसँग भावना मात्र छ, । इच्छा मात्र छ । चाहाना मात्र छ । शक्ति छैन जो हामीले भने जसतो लिम्बूवान प्राप्तीको निम्ति हामीलाइ चाहिन्छ । मुलतः यसकारणले माओवादीले जे गर्छ हामी त्यसैमा सिमित रहनुपर्छ । ५२ सालमा माओवादीले जनयुद्ध सुरु ग्र्दा माओवादीसँग के थियो ? आजको शक्ति थियो ? आजको जनाधार थियो ? अवश्य थिएन । केबल  बिचार र भावनाको बलमा माओवादीले युद्ध जसतो जोखिमपर्ण खेल सुरुगरेको थियो । त्यतीखेर माओवादीले माखो मार्ला मा-कसम कसैलाई लागेको थिएन । आज लिम्बूवानमा उठेको आवाजलाई यसरीनै जिस्क्याइादै छ । बडो गमदारी तालमा साथिहरू भन्छन् साथिहरूहो भावनाले मात्र चाहानाले मात्र लिम्बूवान आउादैन, त्यसको निम्ति शक्ति चाहिन्छ जो हामीसँग छैन माओवादीसँग छ । भोली माओवादीले हात झिक्यो भने के गर्ने ? लिम्बू कमरेडहरूले सोच्नुभएको छ ? यदी सोच्नुभएको छैन भने सोच्नुहोस र माओवादीको काँधमा चढेर जुन सपना देखिरहनुभएको छ त्यो सपना आफ्नो खुट्टामा उभिएर आफै देख्ने प्रयत्न गर्नुहोस । भोली त्यसको हो जसले आज सपना देख्छ र देख्छ केबल आफ्नो बल बुतामा, आफ्नो बाहुबलमा । अरुको भरोषामा, बिश्वाषमा सपना देख्नु किमार्थ ठिक परोइन । 

जातिय मुक्तिको निम्ति बलिदान गर्ने सबसे स्वणिर्म समय हाम्रो दैलो ठेलोमा आइपुगेको छ तर हामी घोर निन्द्रामा सुतिरहेकाछौं । जस्तै सुवास नेम्वाङ लिम्बू एमाले छोडेर सभामुख पद त्यागेर जातिय मुक्तिको निम्ति लिम्बूवान आएभने के हुन्छ ? पदम सुन्दर लावती लिम्बू आएभने, तुलसी सुब्बा लिम्बूहरू आएभने ? अहिलेका साना ठूला लिम्बूवान सम्बद्ध पार्टि सँगठनहरू उनिहरूको पछि लाग्लान ? बुदिजिवि, श्रमजीवि, मजदुर किसान ब्यापारी बिधार्थी एकै ठाउँमा आउलान ? यो यक्ष प्रश्न मैले एकजना लिम्बू कमरेडलाइ सोधें, उनले भने मलाई लिम्बूवानी जनताको विश्वास छैन । म चैं लाग्दीन हाउ । अरे लिम्बूवानमा बसेर लिम्बूवानको राजनिती गरेर लिम्बूवानी जनतालाई अविश्वाष गर्ने ? आफैले टेकेको धरातालमाथी शंका गर्ने ? जनता जस्तो सास्वत शक्तिलाई अविश्वास गरेर ओ कमरेड, अर्को कुन त्यसतो शक्ति छ जसको बलमा तपाई राजनिती गरिरहनुभएको छ ? मधेसे नेताहरूलाई जनताले कसरी साथ दिए ? दृष्टान्त सामुन्ने छ तर हामीसँग आँट छैन, विश्वास छैन, एकता छैन, आफ्नो स्टेटस गुम्ने भय छ । शक्तिबाट बिमुख भइन्छ भन्ने डर छ । तर जुन शक्ति र जुन स्टेटसको भ्रम खिपिएको छ त्यो पानीफोका भन्दा किमार्थ फरक छैन । आज सुवास नेम्वाङ लिम्बू मुलुककै गरिमामय पदमा छन् हामी गौरव गरिरहेकाछौ तर यो सेरोमोनियल हो कसलाई थाहा छैन । भोली अर्को कुनै सुवास नेम्वाङ लिम्बू जस्तो प्रभावसाली नेता आवोस उसको पनी यसैगरी दाँत झारिन्छ र सेरोमोनियल बनाइन्छ । यदि यो कुरा झुठो हो भने सुवास नेम्वाङ लिम्बूलाई एमालेको तर्फबाट प्रधान मन्त्रिको निम्ति अगाडि सारियोस अथवा भावि एमाले अध्यक्षको रुपमा हेरियोस । यो सम्भव छ ? छैन, बरु एमाले पार्टि बिलिन हुनसक्छ बरु यो देश भारतमा सहसा गाभिन सक्छ तर एमाले लगायतका कुनै पनि पार्टिले यो काम गर्नेछैन यो मेरो बझाइ कम र दावी ज्यादा हो । कमरेड बादलको बढ्दो प्रभावलाइ माओवादी पार्टिमा कसरी दमन गरियो यो दृष्टान्त कसको अगाडि छिपेको छ ? भ्रस्टाचारको स्वर्ण युगमा पदम सुन्दर लावती लिम्बूले भ्रस्टाचारको मुद्दा खेप्नपर्यो । के यो देशमा पदम सुन्दर लावती लिम्बूले भन्दा अगाडि कुनै मन्त्रिले भ्रस्टाचार गरेको थिएन ? एउटा लिम्बूको छोराको राजनितिक प्रभाव बढ्यो, त्यसलाई नष्ट गर्न उसलाई भ्रष्टाचार जस्तो कलङकको टिका लगाइयो । यसरी एउटा मट्यांग्राले दुईटा चरा एकसाथ झरेको छ । एउटा पदम सुन्दर लावती लिम्बूको राजनितिक चुरीफुरीको दोहोलो काढियो, अर्को लिम्बू पनि भ्रस्टाचारि हुन्छ भन्ने नजिर स्थापित गरियो । यस्ता थप्रै दुखान्त दृष्टान्तहरू हाम्रो सामुन्ने छरपस्ट छन् तथापी झोला हाम्रो काँधबाट हटेको छैन । निष्कर्षमा हामीले संधै अर्काको घरको रखवारी गर्यौं तर आफ्नो घर भत्केको हामीले कदाचित देखेनौं । कहिले सम्म ? यो यक्ष प्रश्न पुनः एक पटक लिम्बू कमरेडलाई सोधिराखेर म यो लेखबाट बिदा चाहान्छु ।

आसेवारो ।

Search This Site:

Comment on this Article:







Related Articles