BAGAICHA.COM

Home » General » Currently Reading:

सगरमाथामा ३२ घन्टा विताउनुहुने श्री स्वामी बाल तपस्वी सतगुरुको प्रवचन्

Sep 17, 2011 General No Comments

चन्द्र मादेन ”आन्छन्‌”

”जब म वालक थिए मेरो घरछेउ (उदयपुर) को वन जंगलको रमणिय वातावरणले आकर्षित पारी म मुग्ध हुन्थे र त्यहाँ एक्लै जान्थे र चराचुरुंगी बन्य जन्तुहरुसँग रमाउथे खेल्थे र अलिक म किशोर हुदै गएपछि भित्रि आत्माबाटै ध्यान तपस्या गर्नुको लागि सुरुमा एकदिन दुइदिन गर्दै पछि पछि कयौं दिन घर त्यागेर वनमै रमाउथे र जसले गर्दा मेरो बाल सखा संगी गाउलेहरुसंग पनि बिछोडिएको थिएँ र मलाई यो पृथ्वीमा हत्या, हिंसा, लडाई, झगडा, अशान्ति देखेर ज्यादै चिन्ता लाग्थ्यो ।

प्रथम र दोश्रो विश्व युद्धमा लाखौ निर्दोष मानव र कयौं प्राणीको हत्या भयो । आजपनि यस्ता निन्दनीय कुकार्य संसारमा भैरहेको छ, त्यो हामी सवैले देखिरहेको भोगिरहेको छौ । मेरो कुनै स्वार्थ छैन र म चाहन्छु यहाहरु प्रत्येक मानब केवल एकआपस सवैमा प्रेम गर्नुहोस, सधैं खुशी रहनुहोस्‌, यदि जाड रक्सी पिउनु हुन्छ भने सकभर कम प्रयोग गर्नुहोस्, परिवारमा राम्रो माया गर्नुहोस्, नानीहरुलाई राम्रो सम्रक्षण गर्नुहोस् र रोगि, बदमास, मुर्ख, शत्रु, बिपक्षी, बिरोधी आदि जोसुकैलाई पगाल्ने र शान्ति

ल्याउने केवल ‘प्रेम’ हो” ।

यी माथिका हरफहरु स्वर्गिक मार्ग ‘प्रेमवाद’ सिदान्त प्रतिपादन् गरि प्रचार प्रसारमै बहत्तरवटा विभिन्न राष्ट्र घुमी भारत भएर हङकङ आउनु भएका २६ वर्षे वाल तपस्वी, स्वामी, सतगुरु, गड् एन्जल ऊँ नन्दगुरुबाट सेप्टेम्वर १३ मा वृहत हङकङे नेपाली लगायत केही गैर नेपालीहरुलाई वताउनुभयो । उक्त कार्यक्रमको आयोजक हेवेन्लीपथ हङकङले करिव एक हप्ताको छोटो औपचारिक कार्यक्रममा प्रचारप्रसार गरि तयार गरेता पनि विशेस अतिथि युन्लोंग डिस्टिक अफिसर केन चाउ (चिना) प्रमुख अतिथि नेपाली महाबाणिज्यदुत बिनोद कुमार नेपाल, सत्य साईकी अध्यक्ष कान्ताराई, नमोबुद्ध आमा समुहकी अध्यक्ष पदम कुमारी गुरुङ, आमस अध्यायको अध्यक्षशिव प्रसाद गुरुङ, किरात याक्थुङ चुम्लुङका अध्यक्ष कृष्णराज लावती, तामाङ घेदुङ अध्यक्ष दुर्गा प्रसाद तामाङ, पाचथर मञ्चका अध्यक्ष प्रताप राई, पर्बत मंचका अध्यक्ष बिसन गुरुङ लगायत उल्लेख्य संघ सस्थाका प्रतिनिधि र जनसमुदायको उपस्थित भएको थियो ।

चोमोलुङमा मल्टीकल्चर कम्युनेटी सेन्टर, युनलोंगमा पब्लिक होलिडे (मुनकेक फेस्टिभल) मंगलबारको दिन भएको कार्यक्रममा उपस्थित बिशेष अथिति, प्रमुख अतिथि लगायत संघ संस्थाको मन्तव्यपछि सवैको आकर्षण र कौतुहलका प्रतिक तीनवटा आश्रम खोलि करिव ५०० जना असहाय र टुहुरा टुहुरीहरुलाई संरक्षण गर्दै आउनु भएका स्वामी गडएन्जलद्वारा निकट अगामी दिनमा सयुक्त राष्ट्रसंघका महासचिव वानकी मुन र अमेरिकी राष्ट्रपति वाराक ओबामालाई भेट्ने कार्यक्रम भएको कुरा ब्यक्त गर्नुभयो । गत जेस्ठ गते बुद्ध जयन्तिको दिन बिहान ०४:३३ बजे विश्वको अग्लो शिखर सगरमाथा चोमोलुन्गमामा पाईला टेकी आरोहण गरि ३२ घण्टा २७ मिनेट रही साढे २७ घण्टा निरन्तर तपस्या गर्नुभएका स्वामी गडएन्जेलका प्रवचन सुन्न र दर्शन गर्न टन्टलापुर ३२ डिग्रीको पट्यार लाग्दो चर्को घाममा पनि कोहि कुर्सीमा कोहि कुर्सि नपाउने त्यसै उभिएका थिए । सो कार्यक्रमको अध्यक्षता हेभेन्लीपाथ हङकङका अध्यक्ष एन्जल बाल कुमार राईद्वारा सचिव एन्जल गायचेली राईद्वारा स्वागत मन्तव्य, युता लिम्वू, सुकु लिम्वू र साथीहरुद्वारा नृत्य र महासचिव एन्जल मोति चाम्लिंगद्वारा कार्यक्रम प्रस्तुत गरिएको थियो ।

आयोजकहरुले दिउँसो ०१:०० वजेदेखि राती ०९:०० वजेसम्म भनेर प्रचार गरेतापनि दिउसो ०२:३० पछि मात्र गन्यमान अतिथिहरुको मन्तव्यपछि वाल तपस्वीगुरु गडएन्जल ऊँनन्दबाट ०५:३० सम्म प्रवचन सुनाइएको थियो त्यसपछि उपस्थित इच्छुकहरुलाई स्वर्ग देख्ने ध्यानमा ४५ मिनेट वस्नु लगाई ०७ बजेनै कार्यक्रम टुंग्याइएको थियो । त्यतिलामो एकान्त विकट (केही किनी खान नपाइने) वृद र वालकहरुको पनि नगन्य सहभागी भएको ठाउँमा आयोजकबट खाजा नास्ताको व्यवस्ता नगरिएको गुनासो केही उपस्थितबाट भएतापनि सुद्ध पानीको निशुल्क ब्यबस्ता भने समाजसेविहरु दुर्गा लिंखा, सांग्रिला कारीहाउसका इन्द्र खड्का र सिजन स्टोरका इन्द्रमान श्रेष्ठद्वारा व्यवस्था गरिएकोथियो । सो कार्यक्रमको विशेसता गुरु ऊँनन्दका अंगरक्षकहरू जीवन श्रेष्ठ र जय प्रसाद राईद्वारा ठिन्ग्रिंग नचटपटाई पछाडि दुइपट्टिबाट पहरा दिइएको दृश्यले स्वाभिमानी बीर नेपालीहरु कसरी आफ्नो नोकरी गर्छन् भन्ने आकर्षण ज्वलन्त उदाहरण बनेकाथिए ।

Search This Site:

Comment on this Article:







Related Articles