BAGAICHA.COM

Home » General » Currently Reading:

संघीयताले देश बिखन्डन होइन राष्ट्रिय एकता झन् मजबुत हुन्छ

Nov 5, 2011 General No Comments

मंगकके थोप्रा

देश संघीयतामा गयो भने बिखन्डनतिर धकेलिन्छ भन्ने हल्लाहरु पनि सुन्निन्छ । तर त्यसमा सत्यता छैन । त्यो संघीयता विरोधीहरुले ठाडै बिरोध गर्न नमिलेर घुमाउरो तरिकाबाट स्वीकार नगरेको बुझ्नुपर्छ । विश्वका २८ वटा रास्ट्रहरुले प्रयोगमा ल्याइसकेको संघीय प्रणाली हाम्रो मुलुकमा लागु गर्दा मुलुक बिखन्डन हुने कुरा कुनै पनि हालतमा सत्य होइन ।

संघीयताले मुलुकलाई बिखण्डनतिर धकेल्ने होइन बरु यसले त राष्ट्रिय एकतालाई झन् मजबुत बनाउछ । विभिन्न जातजातीहरु, भाषाभाषीहरु, धर्माबलाम्बीहरु बसोबास गरेको हाम्रो जस्तो देशमा संघीय राज्य प्रणाली भन्दा उत्तम अन्य कुनै प्रणाली हुनै सक्दैन । संघीय राज्य प्रणालीमा सबै जात-जातीहरुको भाषा, धर्म तथा संस्कृतिहरुको समान आदर हुन्छ र त्यहाँ बसोबास गर्ने सबै जातीहरुले समानुपातिक अधिकार प्राप्त गर्छन ।

नेपाल सानो, गरीब छ त्यसैले संघीय राज्य प्रणाली हाम्रो देशमा सुहाउदैन भन्ने तर्कहरु पनि अघि सारेको पाइन्छ । संघीयता प्रणाली अपनाउनको लागि मुलुक ठुलो अनि सम्पन्न हुनु जरुरी छैन । समृद्ध, गरीब, बिशाल, साथै साना मुलुकहरुले पनि संघीयता प्रयोगमा ल्याईरहेको उदाहरणहरु विश्वमा थुप्रै छन् । एकातिर अमेरिका जस्तो समृद्ध मुलुक अर्कातिर इथियोपिया जस्तो गरीब राष्ट्रलाई लिन सकिन्छ । यि दुबै मुलुकमा संघीय प्रणालीको प्रयोग भैरहेको छ ।

अर्कोतिर चीन र कोमोरसलाई लिन सकिन्छ । चीन बिशाल राष्ट्र हो भने कोमोरस सानो टापूको देश हो । चीनमा एकात्मक प्रणाली छ भने कोमोरसमा संघीय प्रणाली छ ।त्यस्तै बेल्जियम र स्वीटजरल्याण्ड जस्तो राजा भएको राष्ट्रहरुले पनि संघीय प्रणाली अपनाएको पाइन्छ । तसर्थ संघीयतामा जान मुलुक सानो-ठूलो, धनी- गरीब, जनसंख्या बढी-कमी आदि केहिले पनि रोक्दैन, त्यो मुलुक अनि त्यहाँको जनताको आबश्याकताको कुराहरु हुन् ।

हाम्रो शासकहरुको एक देश एक भाषाको शोषणको नतिजा स्वरूप अहिले संघीय राज्य प्रणालीको माग तिब्र रुपमा भएको हो । संघीय राज्य प्रणाली प्राप्तिको लागि देश तथा बिदेशमा रहने हामी सबैले आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नु पर्ने बेला आएको छ ।

 आशफोर्ड युके

Search This Site:

Comment on this Article:







Related Articles