BAGAICHA.COM

Home » General » Currently Reading:

मंगोल नेशनल अर्गनाइजेशन र प्रेसिडेन्ट गोपाल गुरुङ

Feb 12, 2012 General No Comments

छबी सुब्बा साङ्बाङ्फे

गोपाल गुरुङ नेपालका पुराना बासिन्दा होइनन उसलाई दार्जिलिङबाट राजा महेन्द्रले नेपालमा ल्याएर गृहा मन्त्रालयमा जासूसको जागीर दिएका व्यक्ति हुन र २०४३ सालमा जागीर छाडेपछि उनले नेपालको राजनीतिमा अदेखा सच्चाइ भन्ने किताब लेखे । त्यो किताबले निक्कै नै चर्चा पाएको थियो । कतिपयले के पनि भन्छन भने त्यो किताब प्रकाशन भएपछि गैरबाहुन्-क्षेत्रीको साथ सहयोग पाउनका लागि उनले दरवारका प्रमुख सचिव रन्जनराज खनालसँग आफुलाइ थुनाउन आग्रह पनि गरे र त्यसपछी उनी थुनिए पनि । २०४६ सालमा वहुदल आएपछि उनी थुनामुक्त भए र यही मंगोल नेशनल अर्गनाईजेशन भन्ने संस्था खोलेर झापा र ईलाममा उधुम पनि मच्चाएका हुन । अहिले पनि ईलाममा  मंगोल नेशनल अर्गनाईजेशनका केही पाँच-सात जना जती  कार्यकर्ताहरु छन ।

मान्छेहरु भन्छन सामान्य बोलचालको भाषामा पनि गोपाल गुरुङ्लाई प्रेसिडेन्ट भनेर सम्बोधन गर्नुपर्छ नत्र वहाँ बेस्सरी रिसाउनुहुन्छ । प्रायस् खानदानका  मंगोल नश्लका मनिसहरुमा यस्तोखालको बानिव्यहोरा धेरैमा पाईन्छ । कवि बिक्रम सुब्बाको राजतन्त्र कविता जस्तो मान्छेको मनभित्र लुकेर बसेको राजतन्त्र नै भन्नुपर्छ त्यसखाले चाहना पनि । हुन त आफुलाइ  मंगोल नश्लका भन्ने सबै मनिसहरुमा राजखान्दानी अहमता र ठाँट नभएका कमै देखिन्छन । त्यसमा त झन प्रेसिडेन्ट गोपाल गुरुङजी त जातीय विभेद विरोधी आन्दोलनका जमानाका महानायक नै  भईहाले नि । त्यसोभएपछि त्यतिको सम्मानको भोको नहुने कुरै भएन । २०४७ सलामा बाहुन काट्ने आन्दोलनले झापामा तहल्का मच्चिएकै हो । अचम्म त्यत्रो तहल्का मच्चिदा पनि एउटै बाहुनको छालासम्म पनि खुकुरीको धारले नपिल्सिएको देख्दा बि.पी. कोइरालाले २०१८ सालमा गरेको सशस्त्र क्रान्तिलाई डा. भूदेब राईले यो केवल ढाढस देखाएर सत्ता कब्जा गर्ने मेलोमात्र हो भनेका थिए सैवरी  मंगोल नेशनल  अर्गनाइजेशनको पनि बाहुन काट्ने अभियान त्यस्तै होकी भन्ने लाग्छ । बरु झापा पृथ्बीनगरमा भएको आमसभामा अहिलेका सँस्कृतिमन्त्री गोपाल किराती राष्ट्रिय जनमुक्ती पार्टीबाट अतिथि भएर भाषण गर्न जाँदा उनले म त जनजाति पनि होइन  मंगोल पनि होइन म हुँ भने किरात हुँ मेरो पुर्खा र रगत सिर्फ किरात हो भन्दा मंगोल नेशनल अर्गनाइजेशनका तत्कालिन महासचिव एबं बर्तामान मंगोल डेमोक्रेटिक पार्टीको अध्यक्षा  किरण एक्तेनले खुकुरी निकालेर खेदेको कहानि मलाई ताजै लाग्छ ।

मंगोलको दुश्मन बाहुन हो भने बाहुन विरुद्द क्रान्तिको जेहाद छेड्ने रणनीतीक योजना के हो र राजनैतिक मार्गदर्शन के हो त्यो अहिलेसम्म कुनै टुङ्गो छैन । संसारमा कुनै एक जातले अर्को जातलाई समाप्त पारेर राज्य गरेको सायद जर्मनिको नाजी र याहूदिको हिंसा होकी भन्न सकिन्छ । तर त्यसपछिका अन्य घट्नाक्रमहरु विरलै छन । नाजीवाद कहिल्यै नउदाउनेगरी संसारबाट विदा लिएर गैसक्यो । समाजमा रहेका सबै जाति र वर्गहरु मिलेर बस्नुपर्छ भन्ने नयाँ चाहना र आकांक्षाहरु यो शताब्दीका उपलब्धी हुन । अहिलेको राजनीतिक मुद्दा भनेको सबै उत्पीडित जाति, वर्ग, लिङ्ग र समुदायहरुले शक्तिका सबै श्रोत र अवसरहरुमा समान साझेदारी पाउनु पर्छ भन्ने हो । हिन्दूअतिवादलाई राजनीतिक मार्गदर्शन बनाउने जाति, वर्ग र समुदायहरु आफ्नो पकडमा भएको सत्ता र शक्ति कसैलाई साझेदारी गर्न नचाहेको कारणबाट नै जातीय दबदबाले प्राथमिकता पाउदै गएको छ । आफ्नो थातथलो र पहिचान भएका नेपालका मूलबासीहरु जो गोर्खाली उपनिवेसिकरणपछि राजनैतिक, आर्थिक, धार्मिक, भाषिक, साँस्कृतिक, लैंगीक तथा जातीय र वर्गीय विभेदले अन्याय, अत्याचार र उत्पीडनमा पर्दैआए उनीहरुको मुक्तिको प्रस्थानविन्दु जातीय एतिहासिक पृष्ठाभूमिको आधारमा पहिचानसहितको स्वायत्त राज्य कायम गर्यो भने सहज हुनसक्छ भन्ने आजको मान्यता हो । यो मान्यतालाई वहुलराष्ट्रिय लोकतान्त्रिक सङ्घीय समाजवादको राजनैतिक मार्गदर्शनले निर्देश गर्न सकिने आधारहरु प्रसस्त छन । यो मार्गदर्शनले समाजमा रहेका कुनै पनि वर्ग, धर्मी, लिङ्ग र जातजातिहरुलाई राजनीतिक अभ्यास गर्नुबाट निषेध गर्दैन । आफ्नो परम्परागत मुल्यमान्यता र जातीय इतिहासको आधार र पृष्ठाभूमिलाई सँगसँगै राजनीतिक प्रकृयाहरुमा स्थापित गर्दै पहिचान संस्थागत गर्न यो मार्गदर्शनले मार्गप्रसस्त गर्दछ । वहुलजातीय सह अस्तित्वयुक्त नेपाली समाजलाई कुनै एकजातिकोमात्र शासकीय हैकम स्थापित हुनेगरी बनेको आजको राजनीतिक संरचणानै उत्पीडनको सबैभन्दा ठूलो कारक हो भन्ने कुरा सर्वविदितै भईसकेकोछ । त्यसकारण यो उत्पीडन अन्त्यका लागि गरिने सङ्घर्षका प्रकृयाहरु कस्तो हुनुपर्छरु भन्ने नै आजको मुल बिषय हो । जहाँसम्म प्रेसिडेन्ट गोपाल गुरुङ्जीको तर्क छ मूलबासीहरुलाई राजनैतिकरुपमा समाप्त गर्ने जात भनेका हिन्दू आर्यानहरु भएकोले तीनिहरुलाई समुलरुपमा समाप्त नगरी मुलवासीको मुक्ति हुँदैन । यो मान्यता २० वर्ष अगाडिको हो र यसले आफुलाई जातीय कारणबाट उत्पीडित सम्झनेहरुलाई ठूलो झस्का परेकै हो । राजनीतिमा यतिनै बुझाईहरु काफी हुँदैन । वैचारिक, सैद्दान्तिक, दार्शनिक लगायत रणनीतिक तथा कुटनीतिक र सङ्घर्षका परिपक्व कार्ययोजनाविना कुनै पनि मुक्तिसङ्ग्राम विजय गर्न मुस्किल पर्दछ । मुक्तिसँग जोडिएका सबै सन्दर्भहरु राजनीतिक नै हुनेगर्दछ । त्यसकारण कसैलाई कोहितत्वबाट मुक्तिनै चाहिएको खण्डमा त्यसका आधारभूत् कुराहरु तय नगरी आक्रोस र भावनालाई नै प्रधान बनायो भने कुनै पनि क्रान्ति जित्न सकिंदैन । प्रेसिडेन्टजीको पहिलो कुरा त मूलबासी शब्दसँग धेरैको असहमति छ । यो शब्द गणितीय होकि एतिहासिक हो भन्ने कुरामै आँफैमा द्वुविधायुक्त छ ।

मानवशास्त्र तथा समाजशास्त्रका सबै विज्ञहरुले कतै पनि यो शब्दलाई उच्चारण गरेको देखिंदैन । जातीय बसोबास र थातथालोसहितको इतिहसको आधारमा नेपालका पुराना बासिन्दालाई मूलबासी भनियो । राजनैतिक, आर्थिक, धार्मिक, लैंगिक, सामाजिक तथा भाषिक साँस्कृतिक विभेदबाट उत्पीडनमा परेका समुदायहरुलाई जनजाति भनियो । मूलबासीहरुनै यी विभेदमा पर्दैआएकोले समग्रमा मूलबासी भन्ने मुलनारा बनाइयो र सङ्घर्षमार्फत सरकारलाइ दवाव दिएपछि कानूनिरुपमा मूलबासी भनेर सम्बोधन पनि भएको छ । यो कुरालाई प्रेसिडेन्टजीले आजसम्म स्वीकार गर्नु भएको छैन । वहाँ आफुलाइ आदिवासी भन्न रुचाउनुहुन्न । यस बिषयमा प्रेसिडेन्टजीसँग त मैले भेटेको छैन तर वहाँको बिषयमा पुराना राजनीतिज्ञ खगेन्द्रजङ्ग गुरुङसँग २०४७ सलमा कुराहुँदा थाहा भयो कि गोपाल गुरुङ नेपालका पुराना बासिन्दा होइनन उसलाई दार्जिलिङबाट राजा महेन्द्रले नेपालमा ल्याएर गृहा मन्त्रालयमा जासूसको जागीर दिएका व्यक्ति हुन र २०४३ सालमा जागीर छाडेपछि उनले नेपालको राजनीतिमा अदेखा सच्चाइ भन्ने किताब लेखे । त्यो किताबले निक्कै नै चर्चा पाएको थियो ।

कतिपयले के पनि भन्छन भने त्यो किताब प्रकाशन भएपछि गैरबाहुन्-क्षेत्रीको साथ सहयोग पाउनका लागि उनले दरवारका प्रमुख सचिव रन्जनराज खनालसँग आफुलाइ थुनाउन आग्रह पनि गरे र त्यसपछी उनी थुनिए पनि । २०४६ सालमा वहुदल आएपछि उनी थुनामुक्त भए र यही मंगोल नेशनल अर्गनाईजेशन भन्ने संस्था खोलेर झापा र ईलाममा उधुम पनि मच्चाएका हुन । अहिले पनि ईलाममा  मंगोल नेशनल अर्गनाईजेशनका केही पाँच-सात जना जती  कार्यकर्ताहरु छन । उनीहरुको विरोध हिजो हुन्दुआर्यन भन्ने शब्द थियो भने आज थपिएर आदिवासी  भन्ने शब्दको विरोधमा ठाडै उत्रने गर्दछन । यो चरित्र र प्रबृतीले उत्पीडितहरुको मर्म, भावना, र चाहनालाई कसरी राजनैतिक रङ्ग रोगन दिन सक्ला ?

आफ्नो समुदायगत मुक्ति र अन्य समुदायहरुको पनि सहअस्तित्व र पहिचानसमेत कायम हुनेगरी राजनीतिक एजेन्डा बोकेका लिम्बुवान, खम्बुवान, तामाङसालिङ, थरुहट, नेवा, मगरात, तमुवान, खसान, मिथिला आदिको स्वायत्तताको मुद्दालाई स्थापित गर्न शक्तिशाली पार्टी र संगठन निर्माण भएका छन । शाब्दिक अर्थले पहिचान नै नखुल्ने गोपाल गुरुङलाई  दरबारियाहरुले लगाउन सिकाएको नारा  नारा म्याद नाघेको औषधी भईसकेको छ । यो ओखती पिलाएर विरामी निको हुनको सट्टा मृत्यु ग्रहण गर्दछ । तसर्थ प्रेसिडेन्टजीले आफू जीवितै हुँदा बिकसित र कामलाग्ने फर्मुला पत्ता लगाइ आफ्नो कार्यकर्ताहरुलाई छोड्नुभयो भने उत्तम होला, नभए गोपाल गुरुङ र मंगोल नेशनल अर्गनाईजेशन  ईतिहासमा मात्रै सिमित रहने छन ।  । यस समय मंगोल नेशनल अर्गानाइजेशनका अधिकांश कार्यकर्ताहरु गोपाल गुरुङबाट अलग्गिएर  मंगोल डेमोक्रेटिक पार्टीमा प्रबेश गरिरहेकाछन ।

Search This Site:

Comment on this Article:







Related Articles