BAGAICHA.COM

Home » General » Currently Reading:

आर्यसँस्कृति र फेदाङमा प्रवृति:

Apr 1, 2012 General No Comments

छविसुब्बा सङ्बाङ्फे, लिलिमहाङ

महाकवि लक्ष्मी प्रसाद देवकोटाले आफ्नो गीतिकाव्य मुनामदनमा भनेका छन् ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ । तत्कालीन राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव गोरेबहादुर खपाङ्गीले त्यसको ठीक उल्टो प्रचारमा ल्याए ‘मानिस ठूलो जातले हुन्छ’, देवकोटाको भनाई गलत हो, नत्र बाहुनमात्र कसरी ठूलो हुन्थ्यो यो देशमारु राजनीति, प्रशासन, न्याय लगायतका सबै क्षेत्रमा बाहुनबाहेक कुनचाहिं जातजाति ठूला पदमा छन् तरु के बाहुनबाहेकका अन्य जातजातिमा योग्यता र क्षमता छैनरु यी सवालहरू अहिलेसम्म सेलाउन नसक्दा मुलुकमा द्वन्द्वका गतिहरू चर्कँदै गएका छन् । उपन्यासकार डायमण्ड समशेर जवराले भन्थे ‘तिमी लिम्बूहरू काम नलाग्ने जाति हौ किनभने श्री ३ जङ्ग बहादुर राणाकै पालामा दुइजना लिम्बूहरू शाही नेपाली सेनामा कर्णेल दर्जामा थिए, एउटा कर्णेलको मातहतमा ७०० जना सेनाहरू हुन्थ्यो, दुइजना कर्णेलको सेना मिलाएर १४ सय पुग्थ्यो, त्यतिले त सिंगो देश नै कब्जा हुन्थ्यो त्यतिबेला, तर सोझा र इमान्दार लिम्बूहरूले सत्ता कब्जा गर्ने प्रयास कहिल्यै गरेनन, निमकको सोझो मात्र गरे, हाम्रा राणाहरुले त छोरीचेली शाहलाई बुझाएर नै सत्तामा कब्जा जमाएका हुन, लिम्बूहरूले एउटा काम कहिल्यै गरेनन त्यो के हो भने आफ्ना छोरीचेलीहरू दरवारलाई खुशीपार्न बुझाएनन्, बाँकी सबै जातले राम्री राम्री छोरीचेलीहरू दरवारलाई बुझाएर भए पनि शक्ति आफ्नो हातमा पारी छाडे ।’ यो भनाइ सेतो बाघ र वसन्ती जस्ता प्रसिद्ध उपन्यसका लेखक डयमण्ड समशेर जवराको हो । वास्तवमा जतिबेला वीरनरसिंह कुवर जङ्ग बहादुर राणा भएर बि.स. १९०३ मा सत्ता हत्याएका थिए त्यतिबेला राणाहरूको जनसंख्य कति थियो होला नेपालमा ? अहिले पनि नेपाल अधिराज्यभित्र भएका राणाहरूको जनसंख्या हिसाब गर्ने हो भने लिम्बूको कुल जनसंख्याको एक चौथाइ पनि पुग्दैन । त्यसैले शासनसत्ता हत्याउनलाई ठूलो जनसंख्याकै जरुरत पनि नहुँदो रहेछ भन्ने यो उदाहरण हो । सानो संख्यामा भएका जातिहरूले पनि सैन्य शक्तिको अभ्यास गरे भने देशभरकै राज्यसत्ता कब्जा गर्न कामयावी हुन सक्दारहेछन ।

नेपालमा शाहहरूको वास्तविक जनसंख्या कति हो ? मधेसी शाहहरुलाई छाडेर । सायद पचास हजार ननाघेको हुनसक्छ । तिनै शाहरूले सालाखाला मिलाएर नेपालमा चारसय वर्षभन्दा बढी राज्य गरे । इतिहासकारहरूको दावी अनुसार यी शाहहरू सुरुमा आर्यसँस्क्रितिका थिएनन । जय खान, जगदेव खान, खान्चा खान पछि नै कुलमण्डल खान भएका हुन । तिनै कुलमण्डल खानले नै शाहको उपाधी ग्रहणगरि कुलमण्डल शाह बनेपछि शाहवंशको जग बस्न गएको हो भन्ने इतिहासले बताउँछ । आजभन्दा लगभग पाँचसय वर्ष अघि स्थापना भएको शाहवंशको शासकीय निरन्तरता यतिका लामो समयसम्म टिक्नका पछाडि कुन शक्तिको आडभरोसा छ ? यस विषयमाथि प्राय: कसैको ध्यान गएको देखिंदैन । वास्तवमा यसकोपछि एउटा धार्मिक र साँस्क्रितिक शक्तिको गतिलो टेको थियो जसमा अडिएर राजसंस्था यूगयुगान्तरसम्म टिकएर आएको थियो । त्यो सँस्कृति भनेको आर्यसँस्कृति हो र त्यसलाई टेवादिने धर्म भनेको हिन्दुधर्म हो ।

 

के हो आर्यसँस्कृति ?

वर्णव्यबस्थाको आधारमा जातीय भेदभाव राख्ने, उच्चजातका ब्राह्मणहरू नीतिनिर्माण गर्ने र क्षेत्रीहरु शासन गर्ने, वैष्यहरू व्यापार गरेर देशको अर्थतन्त्रलाई टेवा दिने, शुद्रहरू सबैको सेवा गर्ने वा दास हुने । यस्तो थीतिको निर्माणकर्ता उच्चजात ब्राह्मणहरू हुन र आर्यसँस्कृतिका पालनहार शासक क्षेत्रीहरु हुन । यी जाति र वर्गहरूको बोलवाला रहेको देशमा कुनै पनि फाल्तु सँस्कृति भएका जातजातिहरु आफ्नै जातीय र साँस्कृतिक मूल्यमान्यता अनुसार् स्वतन्त्र रहन पाउने अधिकारबाट वञ्चित गरिएको हुन्छ । उनीहरूसँगै बस्नका लागि उनीहरुकै सँस्कृति र धर्म अनिवार्य ग्रहण गर्नु पर्दछ । यो धर्म र सँस्कृति बोकेका मानिसहरूको वरीपरि कम्जोर र निरिह छिमेकी भएर बस्नु पनि मनाही छ । बसियो भने पनि सदासर्वदा आत्मसमर्पण गर्नुपर्दछ होईन भने उनीहरुकै धर्मसँस्कृति कवुल गर्नु पर्दछ । उदाहरणका लागि नेपालमा अढाइसय वर्षसम्म हिन्दु-आर्यसँस्कृतिधारीहरूले गरेका आजसम्मको शासकीय चरित्र र त्यहि सँस्कृतिका भारतीय छिमेकी शक्तिराष्ट्रबाट नेपाल र नेपालीमाथि गरिएको व्यबहार प्रष्ट छ ।

यो मान्यतालाई निरन्तरता दिनेक्रममा नेपालको नयाँ राजालाई अभिषेक गराउँदा शुद्रको वर्णव्यबस्थाभित्र नपरेका जातिहरूलाई शुद्रलाई दीइने दान आदिवासी मूलवासीहरूलाई दिने प्रचलन राजा त्रीभुवनको अभिषेकबाट सुरु गरियो । जस अनुसार त्रीभुवनको अभिषेकमा गुरुङ जातिका ब्रिगेडियर जनरललाई शुद्रको तर्फबाट अभिषेक गर्न लगाइयो भने राजा महेन्द्र र बीरेन्द्रको शुभराज्य अभिषेकमा दिलमानसिंह थापामगर र पद्मसुन्दर लावती लिम्बूलाई शुद्रको दान थाप्न लगाएर अभिषेक गराइयो । यी दुवै मनुवाहरूले आफू हिन्दू आर्यसँस्कृतिका अनुयायी नहुँदा नहुँदै पनि पद र प्रतिष्ठाको प्रलोभनमा परेर आफ्नो जातिच्यूत हुने शर्तलाई स्वीकार गरे । युवराज दीपेन्द्र राजा भएका भए कुनै एकजना जातिद्रोही राईको पालो आउने थियो तर २०५८ जेठ १९ गतेको दरवार हत्याकाण्डले उनी लगायत बीरेन्द्रको वंशनास हुनु र त्यसपछि राजा भएका ज्ञानेन्द्रले पनि राज्य अभिषेक गर्ने मौका नपाउनाले शुद्रीकरणको प्रक्रिया स्वत: भङ्ग भयो । मोदनाथ प्रश्रीत भन्ने लेखकले आफू जवान क्रान्तिकारी कम्यूनिष्ट भएका बखत लेखेको देवासूर संग्राम भन्ने पूस्तकका अनुसार् आर्यसँस्कृति भन्नाले अरु कुनै भिन्न सँस्कृति भएका जातजातिहरुले गरेका प्रगति, उन्नति, संम्रिद्धि र बिकास देख्न नचाहने चरित्र र प्रव्रितिलाई आर्यसँस्कृति भनिन्छ । यो किताबमा उल्लेख भएको कथा अनुसार् आर्यदेवहरूले देखे-सुनेका स्थानहरुमा कुनै असूरहरूले हराभरा बस्ती बसाएका र बाली लगाएका रहेछन् भने त्यसलाई लूट्ने र कब्जा गर्ने आदि काम गर्दथे । नेपालको राजतन्त्रीय कार्यकालमा यहि प्रव्रिति कायमै थियो र राजतन्त्रको अन्त्यपश्चात पनि यो सँस्कृतिको निरन्तरता भङ्ग भएको छैन । यहि सँस्कृतिकै परिणाम हो नेपालका हिन्दू आर्यब्राह्मण शासकहरू उत्पीडित जातजातिहरुको राजनैतिक, आर्थिक, सामाजिक, धार्मिक, लैंगीक, भाषिक-साँस्कृतिक लगायतका अधिकार वहालिका लागि गरिने राज्य पुनस्संरचनाको संघीय प्रणाली स्वीकार गर्न नसक्नु । बरु यसो हुनुभन्दा यिनिहरु जातीय, क्षेत्रीय, धार्मिक, साँस्कृतिक तथा वर्गीय द्वन्द्वलाई जतिसुकै तन्काएर लान मञ्जुर छन् ।

 

फेदाङ्मा प्रवृति:

लिम्बू जातिको वैद्धिक कुल पूजारीलाई फेदाङ्मा भनिन्छ जसले लिम्बूका कुलदेवताहरूको अनुष्ठान विधिबाट मन्साउने काम गर्दछ । उनले जजमानी गरेवापत भक्तजनले केही नगद भेटीसहित पूजामा वली चढाइएको जिवादको केही अंश टक्राएर विदाइ गर्नुपर्छ । यो फेदाङ्माले परम्परागतरुपमा खाईपाई आएको सँस्कार नै हो । यस्ता फेदाङ्माहरू एउटै इलाकामा एकभन्दा धेरै संख्यामा रहेभने अस्वस्थ प्रतिस्पर्धा गर्दछन । यतिसम्म की उनीहरू आफूसँग भएका तन्त्रज्ञान प्रयोग गरेर हानाहान पनि गर्दछन । सकेसम्म आफ्नो जजमानी बजार अरु कसैले कब्जा नगरोस भन्ने चाहना राख्दछन । आफ्नो क्षमता जस्तोसुकै भए पनि एकले अर्काको अस्तित्व बन्दै पचाउँदैनन । आफ्नो प्रभावशाली भक्तजनलाई लगाएर होस् वा अन्य कुनै उपायले प्रतिस्पर्धी कसरी धपाउन सकिन्छ भन्ने सोच र चिन्तनमा ब्यग्र हुन्छन् फेदाङमाहरू । यतिमात्र होईन आफूलाई जान्ने देखाउनका लागि नानाभाँतिका खेलोखाँडो पनि गर्छन् उनीहरू । केही नलागेमा तन्त्रविध्या प्रयोग गरेर आफ्नो प्रतिस्पर्धीलाई सिध्याउने पनि काम गर्छन् ।

राजनीतिमा आजकाल देखिने चरित्र पनि यिनै आर्यसँस्कृति र फेदाङ्मा प्रव्रितिको वरीपरि घुमिरहेको देखिन्छ । सिंगो नेपालको राजनीतिक सेरोफेरोमा आर्यसँस्कृति हावि भैरहेको छ भने जातीय वा राष्ट्रिय मुक्ति आन्दोलनको राजनीति गर्ने पार्टी र समुदायमा फेदाङ्मा प्रव्रिति जरो गाडेकोछ । विषेश गरेर लिम्बुवानमा नेता भैटोपल्नेहरू फेदाङ्मा प्रव्रितिले ग्रस्त छन् भने ठूला पार्टीका बाहुन नेताहरू आर्यसँस्कृतिले ओतप्रोत छन् । यी दुवै प्रव्रिति सिंगो मुलुक र जातीय मुक्तिका लागि हानिकारक छ । मुखले कुरा गर्दा सह-अस्तित्ववादको खुवै माला जप्छन तर व्यबहारमा एकलकाँटेवाद लागू गर्छन् । यी प्रव्रितिहरूको अन्त्यका लागि जबसम्म आम कार्यकर्ता लगायत  मुक्ति चाहने सबैजना जनतामा जागरुकता ल्याउनैपर्छ र त्यसका लागि यी फेदाङ्माहरूलाई पहिचान गरेर थन्कोमन्कोमा राख्नै पर्छ ।

(लेखक संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका प्रवक्ता हुन्)

Search This Site:

Comment on this Article:







Related Articles