BAGAICHA.COM

Home » General » Currently Reading:

अब वैधानिकताको प्रश्नमा होइन राष्ट्रिय सहमतिको सरकारमा जाउ

Jun 1, 2012 General No Comments

जेवी ओख्रावु

निरर्थक कार्यमा लगानी गर्नको कुनै अर्थ छैन  (Let’s not make effort for nothing) । समय सिमा भित्र नयाँ संविधान ल्याउनु पथ्र्यो, ल्याउन सकेनौ । तिमीहरु चाहान्थ्यौ तर सर्वोच्च अदालतले संविधानसभाको आयु तोकि दिएको थियो तसर्थ त्यसको मृत्यु भै सकेको छ, । जो कोहीले ढुंगामा टाउकै पछारे पनि त्यो ब्युँतिनेवाला छैन । सिधासिधी र हाका हाकी कुरा गर्नु पर्दा वहालवाला प्रधानमन्त्रि र उसको मन्त्रिपरिषदले ताजा जनादेश (Fresh mandate)  नै उत्तम् विकल्प देख्यो, निर्वाचनमा फाल हान्यो । यो नितान्तै राजनैतिक निर्णय र धर्म (Political decision & action)  थियो । दलहरु वीच सहमतिको वातावरण हुँदो हो त नयाँ संविधान ल्याईहाल्थे नि अन्तिम समय सम्ममा, तर ल्याउन सकेनन्, नेपाल र नेपालीको दुर्भाग्य नै हो । त्यसपछिको हुने गर्ने भनेकै जे पर्ला, आफू वहाल छदै निर्वाचनको घोषणा गर्नु श्रेयस्कर देखे प्रधानमन्त्रिले गरे । यदि प्रधानमन्त्रिको नया निर्वाचनमा जाने निर्णय गर्न गलत थियो भने जनताले किन बाकि राख्छन् र, प्रधानमन्त्रिको दल माओवादीलाई । यसर्थ जनताबाटै फैसला गरि माग्नका (Peoples’ mandate)  को लागि निर्वाचनमा जानु लोकतन्त्रको उत्तम विधी नै हो । त्यसबाट खुट्टा काम्ने र भाग्ने सवालै आउदैन यदि जनताको सार्वभौमसत्तालाई सर्वोपरि ठान्छौं भने । होईन भने तिमीहरु जनता माझ जान डराईरहेको हुनु पर्दछ । देश जनतालाई आगे खण्डमा राखेर परिवर्तन र समयको मागलाई सामना गर्ने ऑट गर, राजनैतिक दल र तिनका नेताले । तसर्थ अब प्रधानमन्त्रि डा। बाबराम भट्टराईको सिफारिस वैधानिक थियो थिएन भनेर पछाडि फर्किने बे्ला होइन । यदि त्यो ठाउँ र समयमा बाबुरामको सट्टामा साधुराम भए पनि प्रधानमन्त्रि भएको हैसियतले गर्ने र हुने त्यहि हो । एउटा मुनासिब माफिकको सवाल के छ भने कथंकदाचित डा। बाबुराम भट्टराईले गरेको सिफारिस र निर्वाचनको घोषणा अवैधानिक मानिन्छ भने अरु कुन अमूक ब्यक्ति र निकायको वैधानिकता र आधिकारिता प्रदत्त प्रधानमन्त्रिले गरेको सिफारिस मात्र मान्य हुने हो, वैधानिक हुने हो रु मलाई लाग्छ राष्ट्रपति रामबरण यादव त्यसतो प्रत्यक्ष कार्यकारिणी अधिकार राख्दछन् भन्नेमा विश्वस्त छैन र उनि त्यतिको जोखिमी उठाउन पुग्लान भन्नेमा कमै मात्र विश्वास छ ।

बरु आफूले लगानि गर्नै पर्ने विषय र सन्दर्भ के छ भने जति सक्दो मिलीजली सरकार भनौं अर्थात राष्ट्रिय सहमतिको सरकार जे भनौं गठन गरेर जानु परिस्थितिले वारेण्ट गरिरहेको छ । हिजको अनुभवहरुलाई सकारात्क रुपमा लगानी (Positively employed) गर्दै स्वतन्त्र निष्पक्ष र भयमक्त निर्वाचनको लागि वर्तमान आन्तरिम संविधान र ऐन काननमा आवश्यक शंसोधन निर्माण तथा फेरवदल गर्दै सहमति र सहकार्य गरेर जानुको बिकल्प छैन । ताजा जनादेशको लािग गरेको सिफारिसको विरद्धमा जति नै लामो समय जति नै ठूलो आन्दोलन डिङ्ग हाँके पनि त्यसको कुनै गञ्जायस छैन । फेरी सहमति र सहकार्य नगरि धरै छैन । त्यसैले सबै मिलेर सके सम्म सानो चुस्त दुरुस्त आकारको सरकार बनाउन नै राष्टको हितमा छ जनताको हितमा छ । देश र जनताको खातिर केही उपलब्धि हुन नसक्ने बिषयमा समय शक्ति खेर फालेर कुनै अर्थ छैन ।

अर्को कुरा अब अन्यान्य बिषयमा धेरै अलमल गर्नु भन्दा राजनैतिक दल तिनका नेताहरुले आजको परिवर्तित सन्दर्भमा आ-आफ्नो एजेण्डाहरुलाई अहिले देखिनै परिमार्जन गर्दै परिवर्तित सन्दर्भमा देश जनताको चाहाना र आकांक्षालाई कसरि अधित्तम रुपमा सम्बोधन गर्न सकिन्छ भन्ने योजना र कार्यक्रमका साथ प्रतिस्पर्धामा उत्र, नकि पुरातनवादी यथास्थितिवादी सोच तदनुरुपको कृयाकलापको सुगा-रटान (Parroting) मा रमाउ । राजनैतिक दल तिनका नेताले अब नयाँ परिस्थितिमा देशको मौलिक अग्रगामी प्रगतिशील र नेपालको बिशिष्टतामा आधारित ब्याबहारिक (Pragmatic)  नीति तथा कार्यक्रमका साथ प्रतिस्पर्धामा खरो उत्रन हिम्मत गर्‍यौ भने तिमीहरु र तिमीहरुका पार्टीलाई फेरी पनि जनताले साथ दिने छन् ।

लेखक न्यू होराईजनका कन्सल्टेन्सीका कन्सल्टेण्ट हुन् ।

Search This Site:

Comment on this Article:







Related Articles