BAGAICHA.COM

Home » General » Currently Reading:

माराम समिक्षा: माराम हङकङमा एकै महिनामा पाँच पटक प्रर्दशन

Jun 16, 2012 General No Comments

रविन लिङदेन “आम्भु जेठा”

माराम हङकङमा एकै महिनामा पाँच ठाउँमा प्रदर्शन भएको छ । लिम्बू जातीको संस्कृतिमा आधारित चलचित्र माराम प्रवासमा पहिलो पल्ट हङकङमा प्रर्दशन भएको हो । चलचित्रका लेखक तथा निर्देशक सुर्य प्रकाश चेमजोङ हङकङ आएको एक महिना नवित्दै पाँचपल्ट प्रदर्शन भइसकेको छ । चार वर्ष अगाडि निर्माण भएको चलचित्र माराम नेपाली र लिम्बू भाषामा छ भने सवटाइटल अंग्रेजीमा छ ।

आफ्नो पहिलो चलचित्र मारामले हङकङमा राम्रै आमदानी भएको निर्देशक चेम्जोङ बताउँनुहुन्छ । उहाँले अब चाडैंनै यु. के, अष्ट्रेलिया, सिङ्गापूर, कोरिया, कतार, मलेसिया जस्ता देशहरुमा लाने तयारी भइरहेको बताउनु भएकोछ ।

मारामको नेपाली अर्थ मूलबाटो हो । लिम्बू जातिको संस्कृतिलाई आधार बनाएर निर्माण भएको चलचित्रमा परम्परागत संस्कार र किरात धर्म अन्तर्गत सुधार गरिएको संस्कारालाई मुख्य भाग बनाइएको छ । चलचित्र माराममा किरातीहरु दुई किसिमले संस्कार मनाउछन् भन्ने देखाएको छ । मूलबाटो नाम गरेको चलचित्रले लिम्बू संस्किृतिको मूलबाटो कुन हो भनेर प्रस्ट्याएको खासै पाईदैन । मूलबाटो खुट्याउने जिम्मा दर्शकलाईनै छोडिएको आभास हुन्छ । लिम्बू जातिको संस्कृतिको मूलबाटो के हो त भनि खुट्याउन म आफै पनि दुई-दुई पल्ट युनलाङबाट जोर्डन पुगेको छु ।

लिम्बू संस्कृतिको (माराम) मूलबाटो छुट्टयाउन भन्दा पहिला लिम्बूहरुले मान्दै आएको परंपरागत सस्कृति र किरात धर्मको संस्कृतिलाई दाजेर नजिक बाट हेर्नै पर्ने हुन्छ ।

के छ त किरात धर्ममा ?

लिम्बू जातिको संस्कृतिमा कान्देनहाङ, मावोहाङ, श्रीजङ्गा हुँदै वि.सं. १९८८ सालमा महागुरु फाल्गुनन्द लिङदेनले याक्थुङ चुम्लङ गरि सत्र थुम दश लिम्बूवानका लिम्बूहरुलाई भेला गराई शान्तिको बाटो हिड्नु पर्ने, छोरिचेलिको मोल स्वतरित नखानु, हिंसा नगर्नु, लिम्बू संस्कृति मिल्दो जुल्दो हुनुपर्ने, जन्म सुतक मृत्यु सुतक वार्ने, अर्काको घर-परिवार विगार्नु नहुने, जाड रक्सि खान नहुने जस्ता दश वटा बुँदा तयार पारि किरातीहरुलाई सुधारको मार्गमा ल्याएका थिए । सोह्रौं राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनले दश बुँदे सत्य धर्म मुचुल्का मार्फत किराती माझ भएको कुरिति, कुसंस्कार जस्ता संस्कारको अन्त्य गरि समाज सुधारको सुरुवात गरेका थिए जसलाई आजपनि समाज सुधार दिवसको रुपमा मान्ने गरिन्छ । यसैको आधारमा किरात धर्मगुरु आत्मानन्द लिङदेनले लारुम्बामा किरात धर्मको केन्द्रीय माङहिम निर्माण गर्नु भएको छ, त्यहाँ सुधार गरिएको किरात धर्म, भाषा, लिपि, संस्कृति सुरक्षित छ ।

साम्योक (धर्म, संस्कृति) को माराम (मूलबाटो)

मारामका मुख्य नायिका सिमाङ ‘माया तुम्बापो’ को स-परिवार सुभा (मुखिया)को सामन्ति सासनको कारण गाउँ छाडेर गएको चलचित्र सुरु हुन्छ । मुखियाले भनेको कुरा नमानेकोमा जर्वजस्ति भएको वाख्रा काटिन्छ, पाकेको खेति मुखिायाले नै उठाउछ र गाउँ निकाला गरिन्छ । हुनेखानेहरुको सबैतिर सम्मान हुने र हुदामात्र खानेहरुको हालत ठिक यस्तै नै थियो, कुनैबेलाको संस्कारमा । चलचित्र नुमाफुङमा पनि संस्कारको कारणलेनै नायिकाको माइतिले गाउँ छोडेका छन् । लिम्बू संस्कृतिमा आधारित चलचित्रमा यस्ता खालका दृष्य धेरै देख्न पाईन्छ । यो लेखक स्वयंले कुम्लो कुटुरो बोकेर गाउँ छोडेको वास्तविक्तामा आफ्नै आखाँले देखेकोले प्राय: लिम्बूहरुलाई यस्तो चलचित्र आफ्नै कथा जस्तो लाग्न सक्छ ।

लिम्बू भाषा वोल्ने, पुजा, ध्यान गर्ने ‘सिमाङ’ किरात धर्मको संस्कारमा हुर्किएको हुन्छिन । नायक समिप (रोहित थेवे) परंपरागत संस्कारमा हुर्किएको हुन्छ । एक आपसमा उनिहरुको सम्वन्ध गहिरा मायाको वन्धनमा बाँधिएको हुन्छ । उनिहरुको गहिरो प्रेम हुँदाहुँदै समिप लाहुरे हुन्छ । लाहुरे तीन वर्ष पछि छुट्टीमा घर फर्कन्छ । समिपलाई ब्यापारीकी छोरी लुनाले मन पराएकी हुन्छे । तर, लाहुरेले आफ्नो प्रेमिका सिमाङसंग विहे गर्ने प्रस्ताव राख्छ । प्रेमिका, सिमाङले किरात धर्मको व्याख्या गर्दै धर्ममा लागे मात्र विहे हुन सक्ने वताउछिन । समिपले आफ्नो बा-आमाको खुसिको लागि किरात धर्ममा नलाग्ने भन्दै प्रेमिकाको प्रस्तावलाई अश्विकार गर्दै घर र्फकन्छ ।

लाहुरेको बा-आमा उनको प्रमिकाको कुरासंग असहमत हुदै अर्कै केटिसंग विहे गर्ने प्रस्ताव राख्छन् । समिप लुनासंग विवाह गर्न मान्दैन, उनले सिमाङलाई माया गर्छ । धर्मको कारण उनिहरुको विहे हुन सक्दैन । समिपको लुनासंग विहे भएको हल्ला हुन्छ । त्यसपछि समिप र सिमाङ विछोडको पिडामा पागल जस्तै हुन्छन् । लाहुरेले प्रेम पिडा मेटाउन रक्सीको सहारा लिन थाल्छ । त्यतिकैमा समिप लाहुरमै विमार भई र वेहोस हुन्छ । वेहोस भएको खवर गाउँ-घरमा आइपुग्छ । उनको बाबु युकेमा भेट्न जाँदैगर्दा बाटोमा सिमाङले किरात धर्म अनुसार वाडिएको हाङवा-माङवा दिएर पठाउछिन । त्यहि हाङवा-माङवाले समिप निको भएको चलचित्रमा देखाइएको छ ।

समिपको विहे भएको हुँदैन, सिमाङले समिपको विहे भइसकेको ठानी साम्योक केदङवा (धर्म मिल्ने) विरेन सोल्टिसंग विहे गर्ने निधो गर्छिन् । त्यतिकैमा लुना र समिप सिमाङको मगनी हुँदै गरेको ठाउँमा आइपुग्छन् । लुनाले सिमाङलाई सम्झाउछिन् । फेरिपनि धर्मको कुराले दन्द्घ मच्चाउछ, दुवै परिवार र गाउँमा वहस हुन्छ । दुवैको वहसमा मेल खादैन, अन्त्यमा लुनाले मानिस एउटै हो धर्मले प्रेमलाई छेक्न सक्दैन भन्दै सिमाङ र समिप आफैले निर्णय गर्नु पर्ने सम्झाउछ । वहस राकिदैन, अडान आ-आफ्नै हुन्छ, यो वहसले (माराम) मूलबाटो खुट्यादैन । तर, एकअर्कामा वसेको गहिरो प्रेमको कारण सिमाङ र समिपको मिलन हुन्छ, चलचित्र समाप्त हुन्छ ।

चलचित्रले प्रेमको निम्ति संस्कार र संस्कृति अवरोधक हुँदैन भन्न खोजेको छ । मारामले लिम्बू संस्कृतिको प्रवद्घर्न गर्न चाहेकोले पनि हुनसक्छ, चलचित्रले लिम्बू संस्कृतिको प्रमूखताकासाथ वकालत गरेकोछ । संस्कृतिले प्रेमलाई कमजोर हैन बढी परिस्कृत र समृद्घ बनाउछ भन्न खोजेको छ ।

Search This Site:

Comment on this Article:







Related Articles