BAGAICHA.COM

Home » Political » Currently Reading:

फलामे राजनीति तातिएको छ, नेपाली आदिवासी जनजातिहरुको लागि

Oct 25, 2012 Political No Comments

भूपेन्द्र चेम्जोङ
फलाम तातिएको वेला हिर्काउँदा मात्र आफूले भनेको जस्तो आकारमा ढाल्न सकिन्छ भन्ने भनाइ नेपालीमा निक्कै चर्चित छ । आज नेपालको राजनीतिमा नेपाली आदिवासी जनजातिहरुकोलागि फलामे राजनीति तातिएको महसूस हुन्छ । वर्षौको पार्टी लगानी त्यागेर अशोक र्राई, रकम चेम्जोङ, विजय सुव्वा, अजम्वर काममाङ लागयत हजारौं कार्यकर्ता तथा लाखौं भोर्टसले नेकपा एमालेले आदिवासी पहिचान र अधिकारको लागि कुनै माखो नमार्ने भन्दै पार्टी परित्याग गरेकाछन् । उनीहरुको साहस तथा हिम्मतलाई सम्पूर्ण आदिवासीले सलाम गर्नुपर्दछ । एमालेमा मात्र नभएर नेपाली कांग्रेसका पनि पार्टीका कैयौं नेताहरुले पार्टी छोडेकाछन् । छोड्ने क्रम जारी छ । यो प्रकृया देशमा मात्र नभएर विदेश सम्म पनि द्रुत गतिकासाथ अघि वढेको छ । गत आइतवार हङकङ एमलेका १२१ पार्टी सदस्य तथा कार्यकर्ताहरुले सामूहिक रुपमा फियोनको कार्यालयमा पार्टी परित्याग गरेको घोषणा गरे । तर हातीको भुत्लाको रुपमा रहेका केही आदिवासी जनजातिहरुले भुत्लै भएर रहने निर्णय गरे । उनीहरु कहिले भुत्ला नभएर हाती वन्ने निर्णय गर्लान समयले देखाउला । हालै मात्र असन्तुष्ट आदिवासी जनाजतिहरुले एमाले त्याग गरेपछि झलनाथ खनालले भुत्ला झरेको घोषणा गरे । हो उसले भनेको ठीकै नै थियो । किनभने आदिवासी जनजातिहरु एमालेमा हातीको भुत्लाको रुपमा थिए । उनीहरु झरे । हातीलाई वाहिरी वातावरण तथा आक्रमणवाट वचाउन यी भुत्लाहरुले कम काम गरेका थिएनन् ।आफुतिर झलनाथले तेर्स्याएको व्यंग्य नवुझेर झलनाथ, माकुने र खडग ओलीका भुत्लाको रुपमा रहेका र्झन नमान्ने भुत्लाहरुले वेस्सरी ताली पिटे र हाँसे । हो हो भुत्ला झर्यो । तर झरेको भुत्ला त अव व्हेल हुनलाई झरेको हुनुपर्दछ । नझर्ने भुत्लाहरुले एमालेभित्र जातीय अहंकारवादी नेताहरुको भुत्ला भएर कहिले सम्म एकलजातीय संस्कृतिको रक्षा गर्नसक्लान समयले देखाउने छ । अवको युग न कंग्रेस, एमाले, माओवादी वा कुनै पार्टीको भुत्ला भएर वस्ने नभएर दिमाग भएर रहने वेला हो, हात खुट्टा र मुख भएर रहने वेला हो सिंगो. शरीर भएर रहने वेला हो । आदिवासी जनजातिहरु भुत्ला भएर हातीमा वसिरहने कि शरीर हुनलाई झर्ने हो ?

लेखक सनराईज साप्तहिकका सम्पादक हुन् ।

Search This Site:

Comment on this Article:







Related Articles