BAGAICHA.COM

Home » General » Currently Reading:

नेपाली राजनितिमा अनदेखा षडयन्त्र छैन

Nov 3, 2012 General No Comments

मोती चाम्लिङ

प्रतिगामीले अग्रगमनलाई कदापि स्वीकार्दैन । सोंच, इरादा, नियत तमगुणी भएपछि सकारात्मक भन्ने उज्यालो पक्षले मनबाट सधैंको लागी वसार्इं हिंड्छ । तमोगुणीका पनि मन त हुन्छ तर ढुंगा जस्तै चाम्रो । करुणा, दया, त्याग, मेलमिलाप, समानता, समन्वय आदि आदि जस्ता मानवीय चरित्रमा कुनै न कुनै एक गुण मान्छेमा जो हुनु पर्ने हो त्यो समाप्तप्राय गिदि भरिएको टाउको सिवाय दुष्चरित्रताका खलनायकहरूसंग वांकि केही रहन्न । उनीहरूको चर्यामा षडयन्त्रको अभाव भयो भने आफूलाई मरेतुल्य संझन्छन् । आफूलाई अस्तित्व नास भएर जीउदै लडिरहेको लास हो की भनेर विघ्न शंका संगै वेहोसिमा चिच्याउंछन् । के के वोलें र के वोल्ने नवोल्ने भन्ने कुनै हेक्का राख्दैनन् । नेपालको राजनिति परिदृश्यमा तिनै वहोसि खलपात्रहरूको जगजगी छ । यो हिजो थियो, आज त्यस्तै छ, भोली रहन्न होला भनि वोल्ने र ढुक्क हुने आधार केही छैन ।
दुइ सय पचास वर्षे कालरात्रिलाई दश वर्षसम्मको भाइमारा जघन्य अपराधिक युद्धले विस्थापित त गर्यो, यो सत्य हो कि दश वर्षे युद्धकालको कारण थियो राजतन्त्रको अन्त्य, तर परिपाटिको अन्त्य थिएन भन्ने अहिले स्पष्ट भइरहेकोछ । हजारौं निमुखालाई द्वन्द्वमा भुटेर प्रमुख शत्रु राजालाई विना शर्त, विना हिसाव, विना पूछताछ उन्मुक्ति दिलाउने चलाखि तिनै खलपात्रहरूले अपनाए । जनअदालतमा उभ्याउनै पर्ने ज्ञानेन्द्रलाई दरवारबाट निकालिएको नाटक मञ्चन गरेर उसलाई अझ सुरक्षित र वलियो पार्ने षडयन्त्र वाहेक त्यो हर्कतको अर्को अर्थ लाग्दैन ।ज्ञानेन्द्रका हरेक कदमहरूमा देशद्रोह थियो कि थिएन ? २०४७ को संवैधानिक अधिकारको दुरुपयोग गरे कि गरेनन् ? रहस्यमा लुकाइएको नारायणहिटि हत्याकाण्डसंगको सीधा तालुक उसंग छ कि छैन ? राष्ट्रियकरण गरिनुपर्ने सम्पदाहरू जस्तो महेन्द्र प्रकृति संरक्षण कोष अनतर्गतका राष्ट्रिय निकुञ्जहरूको लागत, पुराना हिसाव सहित राज्यले ज्ञानेन्द्रसित धनजीव गरि लियो कि लिएन ? तर खलपात्रहरूले यी सब प्रश्नहरूको औचित्य केही देखेनन् । यसर्थ जेसुकै नामसहितको राजनिति दलबाट चलखेल गर्ने यी धुर्तहरू आफनै निर्दिष्ट राजनिति सिद्धान्तदेखि विचलित भइसकेका मात्र होइनन् निति र दर्शन त केवल आफ्नो नियत छोप्ने कात्रोको रुपमा प्रयोग गरी मखुण्डोको रुप मात्र अपनाएका तथ्य अब कसैबाट लुकेन । नेपाली कांग्रेसमा समाजवादका प्रस्तोता स्व. वि पी. बाबुले मुलुक भनेको नदि नाला, ढुंगा माटो, हिमाल, जंगल मात्र होइनन्, मुलुक भनेको त समग्रमा त्यस देशका नागरीक हुन् र राजनिति भनेको नागरीकप्रति उत्तरदायि हुनुपर्ने यथार्थको जिकिर गरेका छन् । समाजवादमा जातीय तथा सांस्कृतिक विभेदको प्रसंग पनि आउनु पर्दछ । तर वि पि र जि पी को अन्त्यपछि नेपाली कांग्रेस दल गिदि विनाको खोपडि जस्तै मात्र वांकी छ । जिन्दगी भर वि पीले राजतन्त्र सहितको समाजवादी प्रजातन्त्रको व्याख्या त गरे तर दरवारले उनलाई जेल नेल र निर्वासनको पुरस्कार वाहेक के दियो ? आज वि पीको फोटा र शालिकमा माल्यार्पण गर्ने कांग्रेसी मित्रहरूलाई सोध्न मन लाग्छ कि वी पी बाबुको लक्ष्य र राजनिति दर्शन कति वुझ्नु भयो र कति सम्मान दिनु भयो र त्यो दर्शनमा दीक्षित छु भन्नेले यतिखेर आफ्नो पाइलाले कहां टेक्नु भएको छ ? राजा विनाको देश र राजा विनाको कांग्रेस उस्तै हो भनेर नेपाली कांग्रेसले व्याख्या गर्दागर्दै जि पी कोइरालाले त्यो नारा गलतै नारा रहेछ भनी जीवनको उत्तर्रार्द्धमा स्विकारे पनि कांग्रेसले राजा विनाको देश र कांग्रेस नुन विनाको दाल जस्तै ठानेको छ यति वेला । तर एक दिन त्यो अबश्य आउंछ यदि कांग्रेसले जातीय अधिकार र पहिचानको आवाज सुनेन भने कांग्रेस समाप्त हुनेछ, ठोकुवा गरी छातिमा हात राखि भन्न सकिन्छ त्यो दिनको प्रतिक्षाको अन्त्य अब त्यति दूर छैन ।
केही मार्क्सवादी सिद्धान्तलाई गुरु मन्त्र मान्ने नेपाली कम्युनिष्टहरूको वेहालत देख्दा यति दया लागेर आउंछ यतिवेला कि उनीहरूको वुझाई त मार्क्सवादमा भर्खर कखरा मात्र रहेछ । वर्गीय मुक्तिभित्र जातीय र सांस्कृतिक उत्पिडनको मिहिन व्याख्या र अध्ययन अनि मुक्ति विना मार्क्सवादी दर्शन पूर्ण हुन सक्तैन भनी कसरी नवुझेका हुन् । सांस्कृतिक आन्दोलनलाई आत्मसात गर्ने महान चिनिया नेता स्व. माओलाई उल्लु बनाएर ठूलै डंका पिट्ने नेपालका छदम कम्युनिष्ट र तिनका राजनिति दोकानहरू भटाभट वन्द हुनेछन् अब । कसम खाएर वोले हुन्छ कि जातीय अधिकार र पहिचानको आवाजलाई दमन गर्ने कम्युनिष्टहरूको दिन सकियो अब । नाराभित्र सिमित गरेर भएपनि माओवादीहरूले जातीय संवेदनशीलतालाई सम्मान गरे झै देखिन्छ तर यो यस्तै उसको अडानमा टिकिरहने छैन । उसले मान्यता र दृष्टिकोण परिवर्तन गर्नेछ किन भने देशी विदेशी चलखेलको चेपुवामा परि आन्तरीक निति तथा सिद्धान्त अनि एकतालाई धुजा धुजा वनाइसकेको नेकपा माओवादी पतनोन्मुख छ यो भविष्यमा टिक्न सक्तैन र पतनको प्रमुख कारण खिचातानी तथा आन्तरीक निति हुनेछ ।
कांग्रेस, कम्युनिष्ट नामधारी दल लगायत ज्ञानेन्द्र पन्थीहरू भविष्यमा ऐक्यवद्ध हुने संभावना एकातिर प्रवल छ । अब उनीहरू भविष्यप्रति चिन्तित छन् । किनभने आर्य प्रभुता र प्रभुत्वमा चलिरहेको, व्याख्यानमा टिकिरिहेको विज्ञान र राजनिति दर्शनको अनिवार्य परिपाटिलाई अनार्य आदिवासी जनजातीहरूले हरहालतमा नस्विकारेपछि उनीहरूको राजनिति वर्चश्व समाप्त हुनेछ । अब गर कि मर भन्ने कटु सत्यलाई आत्मसात गरि हतियार उठाउने संभावना पनि यीनैले पहिला शुरु गर्नेछन् र मुलुक कुरुक्षेत्र वन्न पनि सक्नेछ । तर अबको युद्धमा कृष्णलीलाको काम छैन । अब त न्याय र अन्यायको प्रश्न प्रमुख हो । तर्क र वैचारिकताको संभावना बँकि रहुञ्जेल जनजातीहरूले हतियार उठाउने छैनन् ।
नेपालका आदिवासि जनजातीहरू इतिहासमा इमान्दार सोझा र नैतिकवान छन् । संभावनाका सबै ढोका वन्द भएपछि चाहिं माटो पहिचान र अधिकारका निम्ति अन्तिम युद्धमा लामवद्ध हुने नै छन् त्यतिवेला पनि अन्तिम विजय आदिवासि जनजाती कै हुनेछ । चाहे देश रहोस या नरहोस, जनजातीहरूले मेरो देश भन्न र गौरव गर्न लायक अबसरै कहिल्यै पाएनन् भने त्यस्तो देशको के अर्थ रहन्छ ? अब यी आर्यवंशी खलनायकहरूले आदिवासि जनजातीहरूमा विकसित भइसकेको पहिचान अधिकारको चेतना वारे थाहा पाउनै सकेनन् र पाएपनि थाहा नभएको नाटक रचिरहने छन् थाहा पाइहाले या देखीहाले पनि आफू असुरक्षित र अलोकप्रिय । जसका कारण मुलुकमा वचेखुचेको अकुत सम्पति हत्याएर रातारात पुस्तौं पुग्ने प्रोपर्टि जोहो गरि भ्रष्ट र वेइमानीको कालो धनलाई सेतो पार्न हतार गरिरहेछन् । ज्ञानेन्द्रले वेला वेला भन्ने गरेका छन् , “मेरो र सात दल संगको संझौतामा कवूल अनुसार उनै दलिय नेता चुके । संझौता उल्लंघन गर्ने जस्तो जघन्य काम म बाट भएको छैन जवकि दलका ठेकदारहरू पटक पटक चुकिरहेका छन् ।” यसको मतलवभित्र रुमलिंदा धेरै ठूला षडयन्त्रका गन्धको वुद्वुले नाक उधिनेर ल्यांउछ । वास्तवमा अपवित्र गठवन्धनको कारणले नै सबैकुरा जनहितविपरीत वेलगाम चलिरहेको यथार्थ वर्तमान राजनिति परिदृश्यले किटानी गर्छ । तर यी सबै सबै नाटक मात्र हुन् । मिलिभगतमा चरित्रहरू विभाजन गरेर कोही ढाल्ने, कोही थामे जस्तो गर्ने, कोही थिचिए जस्तो गर्ने, कोही टुटेजस्तो भइदिने, कोही ग्वांग्वाती रुने, कोही खित्का छाडि हांस्ने, कोही लम्पसार धोती खोलेर निदाए जस्तो, कोही अर्तिवुद्धि दिने जस्तो वनि टोपल्ने । गतिछाडा नाटकमा नैतिकहिन पात्रहरू अरु कोही नभएर उनै जनैवादी व्राहमण हुन् । वाहुनलाई होइन व्राम्हणवादको विरोध गर्ने भनेर यहां भन्ने गरिएको छ वजारमा, जोर्डनको नाइट मार्केट वरीपरीबाट पटक पटक आवाज आउंछ यस्तै यस्तै । तर के व्राम्हणको चरित्रलाई नै व्राम्हणवाद भनिएको होइन र ? कुटिल र धोखाधडि, अल्पमतले वहुमतमाथि शासन गर्ने अपजातान्त्रिक अत्यन्तै कुरुप परिपाटिका सुत्रधार व्राम्हण । व्राम्हण र क्षेत्रि यी दुनै मिलेर देशलाई शदियौं चुसेका होइनन् र ? आफनै संस्कार संस्कृति जवर्जस्ती लादेर आदिवासि जनजातीहरूलाई राजनिति अधिकारको त कुरै छोडौं नैर्सर्गिक अधिकारहरूबाट पनि वन्चित वनाइएका होइनौं र ? त्यसैले मुलुकमा व्याप्त राजनिति षडयन्त्र अनदेखा छैन । यो घाम झै छर्लंग वुझिने देखीने र स्प्ष्ट छ । ३ अक्टोवर २०१२ ।

पंक्तिकार नेप्लिज चेस सोसाइटि हङकङका अध्यक्ष हुन् ।

Search This Site:

Comment on this Article:







Related Articles