BAGAICHA.COM

Home » General » Currently Reading:

गगन थापालाई वेलायतमा कालो झण्डा र तासका जोकरहरु

Aug 6, 2013 General No Comments

काङमाङ नरेश राई
भनिन्छ प्रेम र राजनितीमा विश्वास हुदैन । जे पनि हुन सक्छ । धोका हुन सक्छ । आत्माहत्या हुन सक्छ । विछोड हुन सक्छ अथवा यसो भनौ नसोचेका कुराहरु हुन सक्छन् । यसलाई नै वास्तवमा प्रेम र राजनीति भनिन्छ ।
नेपाली राजनैति भुमीमा युवा पुस्ताले अतिनै रुचाएका लोकप्रीय नेताको रुपमा परिचय वनाएका युवा नेता हुन गगन थापा । आशाको केन्द्रविन्दु, आखाँको ज्योती, भरोसाको बाटो, विश्वासको पात्र, क्षमताको उचाई, जुझारु ब्यक्ति, प्रष्ट बक्ता हुन उनी । नेपाली कांग्रसले गणतन्त्र र लोकतन्त्रको अर्थ नबुझी सकेको अवस्थामा आफ्नो पार्टीलाई अर्थ बुझाउन खोज्ने नेता पनि हुन गगन थापा । गणतन्त्र र लोकतन्त्रको पक्षपाती, गणतन्त्र र लोकतन्त्रको आवाज उठाउने युवा नेता हुन उनी । नेविसंघको पोखरामा भएको महाधिवेशनमा गणतन्त्र र लोकतन्त्रको आवाज उठाउँदा उनलाई नेपाली कांग्रेसको एउटा परिचालीत समुहका ब्यक्तिहरुबाट उनलाई हातपात, ढुंगाले हान्ने प्रयास गरेका थिए भन्ने समाचार पढ्न पाउँदा हामीलाई दुःख मात्र हैन अति दुःख लागेको थियो । उनले युवाहरुलाई ठाउँ दिनु पर्छ, ६० वर्ष भन्दा माथिका नेताहरुले राजनैतिबाट सन्यास लीएर बस्नुपर्छ भन्ने धारणाहरु राख्दै आईरहेकाछन् । उनको यस्तो अग्रागामी आवाज नेपाली जनताको निम्ति स्वागत योग्य पक्कै पनि छ । देशलाई निकास दिन नसक्ने नेतृत्वपंतिमा रहेका सवै पार्टीका नेताहरुले उनको आवाजलाई सुन्ने मात्र हैन प्रयोग गर्नु पर्दछ । उनकै वोलीलाई जस्ताको तस्तै लेख्ने हो भने, दलहरु भनेको गुटहरुको संघ जस्तो भएको अवस्थामा उनले उठाउँदै आएको मुद्वालाई सबै नेपाली जनताले स्वागत गरिरहेको थियो तर पछिल्लो समयमा उनले मिडियाहरु दिएका अभिब्यक्तिहरुले अन्योल मात्र हैन विश्वासलाई अविश्वासमा परिणत गरिदिए ।
माथिनै भनियो प्रेम र राजनैतिमा विश्वास हुदैन भनेर । उनले नेपाली जनतालाई, विशेष गरेर आदिवासी जनजाती समुदाय र मधेसीहरुलाई धोका दिएको अभिब्यक्तिहरु मिडीयाहरुबाट सेतो हिमालको तस्विरहरु जस्तो प्रष्टै देखिए । उनले मिडियाहरुमा भने, “पहिचान सहितको संघियता मलाई मान्य हुने छैन” । जाती, भाषा र ऐतिहासिक पहिचानको आधारमा राज्यको पुनरसंम्रचना म कुनै पनि हालतमा हुन दिन्न यसले देश टुक्रयाउँछ । आदि प्रकारका अभिब्यक्तिहरु दिदै भनेका छन्, “मेरो पुख्यौली थलो सोलुखुम्बु हो” । त्यहाँ शेर्पा राज्य भयो भने, म त्यहाँ २ नम्बरको नागरिक हुने भए । काठमाण्डौ आएर म वसोबास गरिरहेको छु । काठमाण्डौलाई नेवा राज्य बनाएको खण्डमा त्यहाँ पनि म २ नम्बरको नागरिक हुने भए । यो मलाई स्किार्य छैन । यो कुनै पनि हालतमा हुन दिन्न जस्ता अभिब्यक्ति र विचारहरु दिन थालेका छन् ।
पहिचान के लाई भनिन्छ भन्ने प्रश्नहरु उठिरहेको अवस्था हो । नेताजीहरुलाई पहिचानको अर्थ थाहा नहुनु या थाहापाएर पनि नजान्ने जस्तो गर्नु कतिको जायज छ ? गगनजीको जातको पहिचान हो क्षेत्री, धर्मको पहिचान हो हिन्दु, भाषाको पहिचान हो नेपाली र उनको भुगोलको पहिचान हो खसान । असोक राईको जातको पहिचान हो राई, धर्मको पहिचान हो किरात, भाषाको पहिचान हो किरातराई, भुगोलको पहिचान हो, खम्बुवान÷किरात । कुमार लीङ्देनको जातको पहिचान हो लीम्बु, भाषाको पहिचान हो किरात÷लीम्बु भाषा, भुगोलको पहिचान हो लीम्बुवान । सुरेस आले मगरको जातको पहिचान हो मगर, भाषाको पहिचान हो मगर भाषा, धर्मको पहिचान हो बुद्व, भुगोलकोपहिचान हो मगरात । राजेन्द्र श्रेष्ठको जातको पहिचान हो नेवार, भाषाको पहिचान हो नेवाभाषा, धर्म हो गैर हिन्दु, भुगोलको पहिचान हो नेवा । डा. हर्क गुरुङ्गकोजातको पहिचान हो गुरुङ्ग, भाषाको पहिचान गुरुङ्ग भाषा, धर्मको पहिचान हो बुद्व, भुगोलको पहिचान हो तमुवान । प्रचण्डको जातको पहिचान हो दाहाल÷बाहुन, भाषाको पहिचान हो नेपाली, धर्मको पहिचान हो हिन्दु, भुगोलको पहिचान हो खसान ।
झलनाथ खनालको जातको पहिचान हो बाहुन, भाषाको पहिचान हो नेपाली, धर्मको पहिचान हो हिन्दु, भुगोलको पहिचान हो खसान । सुशिल कोईरालाको जातको पहिचान हो बाहुन, भाषाको पहिचान हो नेपाली, धर्मको पहिचान हो हिन्दु, भुगोलको पहिचान हो खसान । यी एकल पहिचानका केही उदाहरणहरु हुन् ।
बाहुनहरुको एकल पहिचान वाचीरहेको मात्र छैन देशमा हालीमुहाली गरिरहेको अवस्था छ । प्रचण्डको नेपाली भाषा राष्ट्रिय भाषा हुन पर्ने । उनको हिन्दु धर्म राष्ट्रिय धर्म हुन पर्ने । उनको भुगोल नेपाल अधिराज्य हुन पर्ने र उनको चाडहरुमा सरकारी कार्यलयहरु सबै बन्दा हुने । असोक राईको धर्मको पहिचान कहाँ छ ? कहाँ छ उसको भाषाको पहिचान ? कहाँ छ उसको भुगोलको पहिचान ? कहा छ उसको जातको पहिचान ? नाम मात्र सिमित रहेकोछ । ब्लाक वोर्डमा नेपाली पढाउने शिक्षकले चकले राई लेखेर छाडी दिए जस्तो । राई जातीको महान चाड साकेला उभौली उधौली मनाउन असोक राईको छोरीले स्कूलमा शिक्षकलाई कारण खुलाई पत्रचार गर्न पर्ने अथवा गयल हुनु पर्ने । असोक राईको छोरीले प्रचण्डको महान चाड दशैमा चाहि स्कूल जान नपाउने । जान्छु भनेपनि स्कूल सबै वन्दा हुने । यो कहाँ सम्मको पहिचानको न्याय हो ? प्रचण्ड जी, गगन जी, झलनाथ जी, सुसिल जीहरुलाई आदिवासी जनजातीहरुले गरिरहेको यहि प्रश्न हो ।
सिधै अलिक ठाडो भाषामा भन्ने हो भने सदियौ वर्ष अघिदेखि बाहुनहरुले घुमाउरो तरिकाले आफ्नो ऐकल पहिचान देशमा लादीरहेको अवस्था हो । नयाँ संबिधानमा एकल पहिचान सहितको संघीयता राख्नै हुन्न भनेर संबिधान सभा विगठन गर्ने यो कतिको न्यायपुर्ण काम थियो ? ऐकात्मकवादीहरुले भन्ने गरेका छन्, “देशमा १०० भन्दा धेरै जात जातीहरु छन् सबैलाई तेसो भए राज्य दिने” ? १०० भन्दा धेरै जातीहरुका आ–आफ्नै प्रकारका पहिचानहरु छन् भने जनसंख्याको अथवा भुगोलको आधारमा, भाषा, धर्म आदिको आधारमा उनीहरुको पहिचानलाई वचाउन राज्यले पहल गर्नु पर्दछ । १०० भन्दा धेरै जातीहरुको भाषाको पहिचान नेपाली, धर्मको पहिचान हिन्दु, छ भने उनीहरुको भुगोलको पहिचान हो सखान । गगनजीहरुले कुतर्क गर्दै मिडीयाहरुमा भनीरहेका छन एकल पहिचान सहितको संघियताले देश टुक्रयाउँछ तर उनीहरुले एकल रुपमा राज्य चलाई रहदा देश नटुक्रिने । अन्य जात जातीले पहिचान माग्दा चाहि देश टुक्रिन्छ भनी कुतर्कहरु गरिहेका छन् उनीहरु ।
एकात्मक राज्य ब्यवस्थाले हामीलाई हाम्रो भषा माग्यो । हामीले हाम्रो भाषा दिर्यौ । हाम्रो संस्कृति माग्यो संस्कृति दियौ । हाम्रो माटो माग्यो माटो दियौ । हाम्रा पुर्खाहरुले त्यो वेलामा सोँचेका थिए, “हामीले यी हाम्रा स्वामित्वमा रहेका चिजहरु दिँदा नेपाललाई उनीहरुले समृद्ववसाली बनाउँछन् भनेर” । तर अहिले आएर हाम्रो नेपाल राष्ट्रलाई क«नै राष्ट्रको प्रान्त जास्तो वनाउन लागेको विषम परिस्थिती हाम्रो अगाडी खडा भएको छ । राता कमिलाहरुले खन्युको सुरिलो विरुवालाई भित्र भित्र खाएर ढाले जस्तो हाम्रो पहिचानलाई पनि ढाल्न
लागेको अवस्था छ । केन्द्रिय कारागरमा सजाय भोगीरहेको भुपु मन्त्री सलीन मीयाँ अन्सारीको छोरो युनुस अन्सारीलाई अज्ञात ब्यक्तिद्वारा गोली हानीन्छ । सबै नेपालीले केही समय मौन भई सोँचौ देशको अवस्था कस्तो छ ? उच्च जातीले, एकात्मक रुपमा देशलाई चलाई रहँदा आदीवासी जनजातीहरु रमिते भएर हेरिरहे । उनीहरुले धेरै बर्ष धैर्य गरे । उच्च जातीले एकल रुपमा भने झै राज्य चलाए । उनीहरुको एकल पहिचानले किन देश टुक्रिएन ? किन खसानमा सबै प्रकारका जात जातीहरु वसिरहेका छन् ? उनीहरुले नै नेपाल राज्य चलाईरहेको छ । किन नेपाल राज्य टुक्रा टुक्रा भएन ? यी यस्ता तमाम प्रश्न एकात्मक वादीहरुलाई आदिवासीले गरिहेका छन् । आदीवासी जनजातीहरुले जातीय राज्य मागिरहेकोछ भनेर अर्को कुतर्क गरिरहेका छन् गगनजीहरु । जातीय राज्य कुनै पनि आदिवासी जनजातीहरुको माग हैन ।
यो आदीवासी जनजातीहरुलाई लगाईएको गम्भिर आरोप हो । आफ्नो पहिचान मागीरहेको अवस्था भने पक्का हो । जातीय राज्य मागेको भए लिम्बु राज्य, गुरुङ्ग राज्य भनिन्थो तर किन लीम्बुवान, तमुवान भनियो ? यो कुरो वुझ्न नितान्त आवश्यक छ गगनजीहरुले । वान भनेको ल्याण्ड हो । जस्तो उदाहरण संयुक्त अधिराज्य वेलायतमा ईगल्याण्ड भनियो किन ईगलीस राज्य भनिएन ? किन स्कट ल्याण्ड भनीयो किन स्कटीस् राज्य भनिएन ? नरदरआईल्याण्ड भनीयो किन आईरिस राज्य भनिएन ? ल्याण्ड भनेको भुमी माटोसंग जोडिएको पहिचानको साईनो हो । गगन थापाले मिडियाहरुमा पहिचान सहितको संघियता मलाई मान्य हुने छैन, जस्ता
अभिब्याक्तिहरु राख्दै आएको कारणले एकल पहिचान सहितको संघियतामा विश्वास राख्ने वेलायतवासी नेपालीहरु र आदिवासी जनजातीले उठाउदै आएको मुद्वालाई सधै साथ सहयोग गर्न तत्पर भईरहेका नेपालीहरुले उनलाई काजो झण्डा देखाएको कारण मध्यको एउटा कारण थियो । जव सबै जातजातीको पहिचानको सुनिश्चित हुन्छ त्यसपछि मात्र वहुल समाजको निर्माण हुने भएकोले गगन थापा वहुल समाज निर्माण गर्न नचाहने ब्यक्तिको प्रतिक भई मिडीयाहरुमा आएको कारण पनि वेलायतमा उनलाई कालो झण्डा देखाईएको पहिलो कारण थियो ।
गगन थापाले च्यारेटि डिनरमा सम्बोधन गर्ने समाचार बाहिर आएपछि गगन थापालाई आदिवासी जनजाती महासंघको नेतृत्वमा कालो झण्डा देखाउनु पर्छ भन्ने चौतर्फि दवाव आएको थिए । महासंघको मुद्वा पनि पहिचान सहितको संघीयता नै हो । च्यारेटि डिनरमा उपस्थित गराएपनि उनलाई मन्तब्य राख्न नदिएमा राम्रो हुन्छ, भन्ने आसाय थियो सबै संघीयता पक्षधरसंघ संगठनहरु र आदिवासी जनजाती महासंघ वेलायतको । एन.आर.एन. वेलायतका अध्यक्ष कुल आचार्यलाई फोनमा सम्पर्क गरि उक्त कुरो पनि महासंघको महासचिवको हैसियतमा राखको थिए । अध्यक्षले भने, “मिटीङ्गमा पारित गरि सकिएकोले उनले सम्बोधन गर्ने कार्यक्रम हटाउन नसकिने तर्क राखेका थिए” । गगन थापालाई वोल्न नदिनुहोस् भनी विरोधमा उत्रिएका संघसंगठनहरुले उक्त कार्यक्रमलाई विफल बनाउने मनासय कदापि पनि थिएन । गगन थापालाई महासंघको विरोध पत्र बुझाउन दिने एन.आर.एनले महासंघको अध्यक्ष श्रीप्रसाद लीम्बुसंग कसम खाएको थियो । कार्यक्रम उदघोषक तथा एन.आर.एन वेलातका संयोजक राम शरण सिम्खडालाई सोधेको थिएु “कतिवेला महासंघको विरोध पत्र वुझाउने समय आउँछ” भनी । उनले मलाई भने, “अध्यक्षलाई सोध्नु पर्छ” । त्यसको अर्थ थियो महासंघले गगन थापालाई विरोध पत्र वुझाउने समय एन.आर.एनको कार्यक्रमको तालीकामा राखिएको थिएन । केही वक्ताहरुको मन्तब्य पछि कार्यक्रमका बिशेष अथिती गगन थापालाई महासंघको
विरोध पत्र बुझाउने समय नदिई मंचमा मन्तब्य राख्न बोलाएपछि आदिवासी जनजातीहरुले कालो झण्डा देखाउनुको दोस्रो कारण थियो ।
कार्यक्रमका उद्घोषकले मंचबाट वेलायतका सबै मिडियाहरुको नाम उद्घोष गरिनु, नेपाल पत्रकार महांसंघ लगायत सबैलाई अथितीको रुपमा वोलाईनु तर जनजाती पत्रकार महासंघलाई पत्रचार पनि नगरिनु र त्यहाँ नाम सम्म नलीनु । एक लाख विस हजार भन्दा धेरै आदिवासी जनजातीहरुको साझा संगठनका अध्यक्ष श्रीप्रसाद लीम्बुलाई अथितीको रुपमा नस्विकार्नु । त्यहा वोल्ने अधिकांश एन.आर.एनका बक्ताहरुले जय नेपाल शब्दको उचारण गर्नु । एन.आर.एन वेलायतका अध्यक्ष कुल प्रसाद आचार्यलाई अध्यक्षको नाम लेखिएको माला लागाई दिदाँ मंगल धुन वजाउनु । गोरे बहादुर खपाङ्गी, आङ्गकाजी शेर्पा, मिना गुरुङ्ग, एमएस थापा मगर, अन्चल राई वेलायतमा आउँदा एन.आर. एन. वेलायतले उनीहरुलाई मंच प्रदान नगर्नुका ५ वटा अर्थहरु थिए ।
१. जय नेपाल शब्दले एन. आर. एन वेलायत नेपाली कांग्रेसको भात्री संगठन जस्तो देखिनु ।
२. मंगल धुन वजाएर एन. आर. एन वेलायतले हिन्दु करण गर्न खोज्नु ।
३. आदिवासी जनजाती महासंघका अध्यक्षलाई अथितीको रुपमा नस्विकार्नु र आदीवासी जनजाती पत्रकारसंघका अध्यक्ष पुर्ण गुरुङ्गको नाम नलीनु ।
४. एन.आर.एन वेलायत पहिचान सहितको संघियता विरोधी जस्तो देखिनु ।
५. एकलाख बिस हजार आदिवासी जनजातीको अपमान जस्तो गरिनु ।
यस्ता कारणहरुले उपस्थित आदिवासी जनजातीहरु झनै आक्रोसित भई कालो झण्डा देखाएका थिए । गगन थापालाई फेरी पनि वोल्न दिने बुझेपछि आक्रोसित आदिवासी जनजातीहरुले हल वहिसकार गरेका थिए । कार्यक्रमका विशेष अथिती, पुर्व सभासद, नेपाली कांग्रेसका युवा नेतालाई कालो झण्डा देखाईनु विशेष कारणहरु तिनै थिए । केही आदिवासी जनजातीहरु आफ्नो मुद्वामा अडिक हुन नसकेर तासको जोकर भई बाचिरहेको अवस्था पनि छ । क्यारेमवोर्डको गोटी भएको कारणले नै आदिवासी जनजातीहरुको आन्दोलनले उचाई लिन नसकेको वास्तविक कुरो हो । क्यारेमवोर्डको गोटी लाई स्टाईगरले हान्छ स्टाईगरलाई कुनै मान्छेको हातले हान्छ ।
क्यारेमवोर्डको गोटी भनेको तेस्रो निमित्त पात्र मात्रै हो भनी बुझ्न आवश्यक छ । उनीहरु किन तासका जोकर अथवा निमित्त पात्र भईरहेका छन् त ? १. पद, पैसा, प्रलोभनको कारणले २. आफ्नो योग्यता, क्षमता, कम्जोर भएको कारणले ३. आफ्नो कर्तब्य के हो थाहा नभएर ४. आफुलाई पहिचान ÷ आईडेन्टिटीको अर्थ थाहा नहुनु अथवा भएपनि अरुलाई धेरै विश्वास गर्ने प्रवृति जनजाती नेताहरुको कम्जोर मानसिक्ता हो र आफ्नै सन्तानहरुलाई दिईरहेको धोका भनी बुझ्न सकिन्छ । तासको जोकर अथवा निमित्त पात्र जस्तो भएर आदिवासी जनजातीहरुले वाटो विरायो भने एक दिनमा पुग्ने ठाउँ पुग्नलाई ७ दिन लाग्छ । मौका चुकायो भने शताब्दी गुम्छ । मौका चुकाउदै, बाटो विराउदै आदिवासी जनजाती नेताहरु मन्त्रि हुने आशामा, केन्द्रिय सदस्य हुने आशमा लोभिन्छन भने तिनीहरुलाई भावी सन्ततीहरुले थुक्ने छन् । तिनीहरुको चिहान खोजेर पनि थुकि दिने अवस्थाको सृजना भई सकेको अवस्थामा केही आदीवासी जनजातीहरु वेलायतमा पनि अझै तासको जोकर अथवा निमित्त मात्र बन्नेरहर पालेर वसिरहेका छन् ।

Search This Site:

Comment on this Article:







Related Articles