BAGAICHA.COM

Home » General » Currently Reading:

ईश्वर पोखरेलको ‘कालो कनेक्शन’

Oct 29, 2013 General No Comments

बुधवार साँझ कालीमाटीमा भेटिएका थिए एक पूर्व सभासद् । एमालेका जिल्ला तहका नेता रहेका उनीसँग चुनावी कुराकानी पनि भए । आगामी चुनावको हारजितमाथि उनले अनेकौं टिप्पणी सुनाए । एमाले शीर्ष नेताको बेडरुमसम्मको सूचना राख्ने हैसियत भएका ती नेताले एउटा डरलाग्दो तर सत्य घटना पनि हामीलाई सुनाए ।
एमाले महासचिव ईश्वर पोखरेल यतिबेला काठमाडौं-५ को निर्वाचन क्षेत्रमा खटिएका छन् । गत संविधानसभामा उनले कांग्रेस नेता नरहरि आचार्यसँग नराम्रोसँग हार व्यहोरेका थिए । जनआन्दोलनपछि भएको चुनावमा समेत हार खाएका पोखरेलले अहिले पनि चुनाव हार्ने बलियो सम्भावना रहेको ती पूर्व सभासद्ले बताए । पोखरेलले चुनाव
अरुको भन्दा पनि आफ्नै कारणले हार्ने सम्भावना रहेको उनले सुनाए । आखिर के कारण हो त पोखरेललाई चुनाव हार्न बाध्य पार्ने फ्याक्टर रु एमाले महासचिव ईश्वर पोखरेलका ससुरा दुई सय किलो चरेससहित अमेरिकामा गिरफ्तार भए । अनुसन्धानबाट त्यो अवैध कारोबारमा तात्कालीन एमाले स्थायी समितिका सदस्य ईश्वर पोखरेल पनि संलग्न भएको रहस्य खुल्यो । ससुराको आडमा ईश्वर नै अवैध लागूपदार्थ ओसारपसारमा संलग्न भएको प्रमाण फेला पर्यो। नेपालको एउटा जिम्मेवार नेता नै लागूपदार्थ ओसारपसारको कारोबारमा लागेको खबरले विश्वका सुरक्षा निकाय स्तब्ध
भए । इन्टरपोलले तत्काल ईश्वरलाई गिरफ्तार गर्न आदेश दियो । तर, एमाले नेता केपी ओली र माधव नेपालले तत्कालीन प्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेल मार्फत विभिन्न हतकण्डा अपनाएर ईश्वरलाई जोगाए । यसरी ईश्वरलाई कारबाही हुनबाट बचाई एमालेले अवैध लागूऔषध कारोबारलाई प्रश्रय दिएको थियो ।’ यी भनाइ तिनै पूर्व सभासद्का हुन् जसले हामीसँग एक घण्टा लामो संवादमा भनेका थिए । त्यसो त अहिले पनि खरेल ईश्वरसँग असन्तुष्ट रहेछन् । माओवादीले पूर्व आईजीपी रवीन्द्र्र शाहलाई समानुपातिकमा हालेपछि खरेल एमालेसँग आगो भएको पूर्व अधिकारीहरूबीच चर्चा समेत छ । त्यसो त ईश्वरका अरु पनि पाटा छन्, जसले गर्दा उनलाई चुनाव जित्न महाभारत नै छ ।

पानी ट्यांकीमा पैसा
ती सभासद्ले भने जस्तै लागूपदार्थको कारोबार मात्र हैन, एमाले महासचिव ईश्वर पोखरेलले सरकारमा रहँदा अनेक ढंगले भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएको पनि चर्चा सेलाएको छैन । काठमाडौं क्षेत्र नम्बर ५ मा भोट माग्दै हिंडिरहेका पोखरेलसँग जनताले प्रश्न सोध्न थालेका छन्, ‘कमरेड पानी ट्यांकीमा लुकाएको करोडौं रुपैयाँ कहाँ छ ? पहिला त्यसको हिसाब दिनुस् अनि भोट दिउँला ।’ ईश्वरले विभिन्न पटक मन्त्री हुँदा भ्रष्टाचार गरेर कमाएको रकमको खोजीनिती भइरहेको छ । अख्तियारले पनि उनीमाथि अनुसन्धान थालेको बुझिएको छ । केही वर्षअघि ईश्वरको निवासमा अख्तियारले छापा मार्ने तयारी गरेको थियो । अख्तियारमै कार्यरत एमाले निकट एक कर्मचारीले ईश्वरलाई पूर्व सूचना दिएका थिए । त्यसपछि रातारात ईश्वरले घरमा थुपारेको रकम पानी ट्यांकीमा लगेर लुकाएका थिए । २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा ईश्वरले मनमोहनको सोझोपनको फाइदा उठाई अकुत सम्पत्ति कमाएको आरोप थियो । २०५६ सालतिर ईश्वरको घरबाट १० लाख रुपैयाँ चोरी भयो । तर, ईश्वरले त्यसबारेमा प्रहरीलाई कुनै खबर गरेनन् । प्रहरीलाई खबर गरेमा आफूले अकुत सम्पत्ति कमाएको पोल खुल्ने डरले उनले त्यो घटना गुपचुप राखेको एमाले स्रोत बताउँछ । तर, निकट सहयोगी हुँदै यो घटनाको खबर आम जनतासम्म पुगेरै छाड्यो ।

पार्टी कोषमै भ्रष्टाचार
सरकारमा रहँदा मात्र हैन, ईश्वरले आफ्नै पार्टीमा समेत भ्रष्टाचार गर्ने गरेको बल्खुमा चर्चा छ । एमालेको छैटौं महाधिवेशनको लेखाको हिसाबमा एक करोड एकचालीस लाख रुपैयाँ बेरुजु देखियो । कार्यालय र आर्थिक फाँट हेर्ने जिम्मा लिएका ईश्वर पोखरेलले माधव नेपाल र प्रदीप नेपालसँग मिलेर त्यो रकम हिनामिना गरेको आरोप स्वयं बामदेव गौतमले लगाएका थिए । एमाले विभाजन भएर माले गठन गर्दा बामदेवले भनेका थिए, पार्टीको करोडौं हिनामिना गरेर आलिशान महल बनाउने ईश्वर पोखरेल र प्रदीप नेपालहरू मलाई भ्रष्टाचार भन्दैछन् । हामीसँग उनीहरूले गरेका भ्रष्टाचारको एक-एक फेहरिस्त छ ।’

जनजातिको भाग खोसे
एमालेसँग जनजाति भड्किनुमा ईश्वरको पनि भूमिका छ । डा. बाबुराम भट्टराईको सरकारमा एमाले जाने निश्चित भएपछिको प्रसंग हो । एमाले अध्यक्ष झलनाथ खनालले उपाध्यक्ष अशोक राईलाई सम्पर्क गरे । पत्नी सुशीला श्रेष्ठसहित हङकङ घुमिरहेका राईलाई खनालले फोन गरेर भने, ‘कमरेड, पार्टी सरकारमा जाने निश्चित भो, तपाईंको
नेतृत्वमा जाने भन्ने निर्णय भएको छ । उपप्रधानमन्त्री पदको शपथ ग्रहण गर्न तुरुन्त आउनुपर्यो ।’ अशोक राई श्रीमतीलाई उतै छाडेर त्यही दिन काठमाडौंमा उत्रिए, तर विडम्बना यता ईश्वर पोखरेलले ‘खलनायकी’ भूमिका निर्वाह गरिसकेका रहेछन् । झलनाथले ईश्वर पोखरेललाई उपप्रधान तथा परराष्ट्रमन्त्रीका रूपमा शपथ गराए । अशोक राईले आफूमाथिको अपमानलाई जनजाति समुदायकै अपमानको रुपमा लिए । मौका पर्दा जनजातिलाई सरकारको नेतृत्व गर्न नदिने एमाले रवैयाकै कारण अशोक राईले एमाले छाडे । जनजाति नेताको भाग खोस्ने ईश्वर पोखरेलले पछि एमालेलाई पहिचान सहितको संघीयताको मुद्दामा पनि ढुलमुले बनाइरहे । भ्रष्ट चरित्र, लागूपदार्थ कारोबार र जनजातिको अपमान लगायतका कारण ईश्वर पोखरेलको चुनावी गणित यसपालि झन् कमजोर भएको काठमाडौं ५ का जनताको आकलन छ । गत संविधानसभा निर्वाचनमा ईश्वरले हार व्यहोर्नुपरेको थियो । एमालेको बलियो संगठन रहेको भनिएको काठमाडौं ५ का जनताले कांग्रेस उम्मेदवार नरहरि आचार्यलाई १३ हजार २४५ मत दिएर जिताए । ईश्वरले भने ९ हजार १२० मत मात्र ल्याए ।

source: sambad.com

Search This Site:

Comment on this Article:







Related Articles