BAGAICHA.COM

Home » General » Currently Reading:

किरातहरुको महान चाँड चासोक तङनाम-उधौंली

Dec 18, 2013 General No Comments

krishna
कृष्णराज लाओती
सम्पूर्ण किरातहरुको महान चाँड चासोक तङनाम उधौंलीको बारेमा आज यहाँ चर्चा गर्ने जमर्को गर्ने छु । उधौली सम्पूर्ण किरातहरुले आ-आफ्नो तरिकाले मनाउदै आएका छन् । आफ्नो भाषा अनुरुप नामकरण गरेर मानिए पनि यसको तौर तरिका एकै प्रकारको नै रहेको छ । आज यहाँ याक्थुङबाहरुले कसरी र के का लागि चासोक तङनाम उधौंली मनाउने गरिएको छ यसको बारेमा अग्रजहरुको भनाई अनुरुप प्रष्टाउने जमर्को गर्नेछु ।
जब खेतबारीमा अन्नबाली लगाएर पाक्छ । त्यो पाकेको अन्न तागेरा निङ्वाफुमाङ्लाई धन्यवाद दिदैं ब्यक्त गर्दै नयाँ अन्न खानलाई तागेरा निङ्वाफुमाङ्संग स्वीकृति लिन गरिने पूजालाई नै चासोक तङ्नाम् भने गरिएको छ । यसमा माङलाई धन्यवाद दिने चलन पनि छ । मुन्धुम वाचन यसरी गर्ने गरिएको छ, तपाईले घाम पानी मिलाई दिनुभयो र हामीले लगाएको अन्नबाली अब पाक्यो, सो पाकेको नयाँ अन्न खान अनुमति पाऊ भनि गरिने सेवालाई नै चासोक भन्ने गरिन्छ । ठेट लिम्बू बोलीचालीमा यो चाडलाई चाभिन तङनाम भन्ने गरिएको छ । यसको अर्थ पाकेको अन्न चढाउने चाड हुन्छ । यस पुजामा माङसंग अन्न, धन सम्पति बढोस भने माग पनि गरिन्छ । यस पुजामा चढाउने चामल कुनै ढिकी वा ओखलीमा कुटेको नभई धानको राम्रो बाला टिपी नङले बोक्रा छोडाएर निकालीएको चामल केराको पात (लास्सो) मा राखी चढाइन्छ भने कोदोलाई पनि राम्रो बाला टिपी हातले माडी निकालिएको गेडालाई बाँसको टुप्पाबाट नयाँ बनाइएको चोखो तङबा (सानो नमुनामात्र ) माहाली त्यसैमा खेसुङ (मर्चा) र पानी हाली पूजाथानमा राखी चढाइन्छ ।
किरात यान्थुङ लिम्बूहरुले आफूले उत्पादन गरेको कुनै पनि अन्न तागेरा निङवाफुमाङलाई नचर्ढाई खाँदैनन् । चासोक आ-आफ्नो घरघरमा र सामुहिक र सामुहिक रुपले पनिगर्ने चलन छ । यो पूजाविशेष गरेर मङसिर महिनामा गरिन्छ किनभने यस पुजामा कोदो र धानलाई चढाउन महत्व दिइन्छ । कि.या.चु. नेपालको निर्णय अनुशार चासोक तङनामको पूजा मङसिरे पूणिर्मामा गर्ने गरेको छ । यो चाढ कृतज्ञताको चाढ पनि हो । चासोक पूजा गर्ने चलन किरात मुन्धुम अनुशार राजा माङहाङको पालामा उनैका आदेशानुसार सुरु भएको देखिन्छ । हाल आएर केही बर्षदेखि नेपाल सरकारले पनि १ दिन बिदा दिने गरेको छ । हङकङमा पनि कि.या.चु. हङकङले प्रत्येक बर्ष समय मिलाएर चासोक मनाउने गरेको छ । यस बर्ष २५ डिसेम्बरमा २०१३ को दिन मंकिहिलमा आयोजना गरेको छ ।

Search This Site:

Comment on this Article:







Related Articles