BAGAICHA.COM

Home » General » Currently Reading:

दिलदार इशाको सत्कर्म

Mar 4, 2014 General No Comments

IMG_39325587494181“आज म छु, भोलि मेरो याद रहनेछ जब म हुदिन तब मेरो चर्चा हुनेछ । कुनै दिन पल्टाउँनु मेरो फेसबुकको पन्ना शायद त्यो दिन त्यो बैगुनीको आँखामा पनि आँशु हुनेछ ।” यो मार्मिक उदगार बेलायत निवासी पोखराकी इशा गुरुङ्ले आफ्नो फेसबुकको भित्तामा लेखेकी Status हो । हो, उही इशा!, जो नाता-संबन्ध, जातभात, समारोह, सम्मान, फूलमाला, अविर, प्रमाण पत्र, खदा, दोसल्ला आदिको सामाजिक आतंकबाट टाढा बसेर निस्वार्थ गरीब, असहाय, अशक्त र दिन दु:खीको जीवनमा कान्ति ल्याउँने कोशिश गर्छिन् ।

को-कसलाई कति सहयोग गरें भन्ने कुराको हेक्का नराख्ने उनी काठमाण्डौंमा आमाघरकी संचालिका दिलशोभा श्रेष्टको बुढ्याउली र निर्दोष आँखालाई पत्रकारको “यौन दुर्व्यबहार”को सत्यतथ्यहीन समाचारले धुरुशुरु रुवाएको आँशुमा होस् या पवित्र समाजसेवाकी दिक्षा चापागाईको मुहारमा आफ्नो आश्रमको आर्थिक अभावले ल्याई दिएको बेचैनी, चिन्ता, नैराष्यता र सोचमग्नताको अँध्यारोपनामा होस् उनी उत्तिकै पींडादायी हुन्छिन् ।

खुल्ला विचार, कोमल मन र सहयोगी भावनाकी धनी इशाको स्नेहालु पवित्र साथ हेल्प नेपाल नेटवर्क, रक्षा नेपाल, सहाराको घर, पवित्र सेवा समाज आदि जस्ता मानवहितकारी संस्थाहरु र चलचित्र निर्देशक शिव रेग्मी,बौदिक अपांग भएर टाउकोमा पानी जमेको सानी नानी लगायतले पाइ सकेकाछन् ।

मान्छे विषेशत: नेपाली विश्वको कुनै पनि सम्पन्नदेशमा बसेर जत्तिसुकै कमाए पनि मन लोभी,चुइयाँ र व्यबहार लुच्चा छ भने त्यो अर्थहीन हुन्छ भन्ने इशा प्रेममा धोका खाएर वा अन्य कारणले आफ्नो शरीरको अन्त्य नगर्नुस्, जाने दिन आफैं आउँछ पनि भन्छिन् ।-Don’t leave until your time to come to leave.-Isha
मान्छेको उल्फट्याँग, असभ्य, अनैतिक चरित्र र व्यबहारदेखि दिक्दार भएर होला शायद एकपटक उनीले यसो पनि भनेकीछिन्-“Attitude मा मातेका मान्छेभन्दा alcohol ले मातेको मान्छे नै ठीक हुन्छ।”

इशाप्रति आभारी रहनेहरु मध्य हेल्प नेपाल नेटवर्कका रविन्द्र मीश्र लेख्छन्-“इशाजीलाई यसरी नै सुखले खान लाउन पुगोस्; सुखले दिन पुगोस् ।” त्यस्तै साहाराको घरले लेखेकोछ-“इशा दिज्यू धेरै धन्यवाद र आभारी छौं-हजुरको यो पवित्र सहयोगप्रति । सहाराको घरले हजुर जस्तो पवित्र मनको साक्षत्कार गर्न पाउनेछ । यही आशा अनि अभिलाशा लिएका छौं । दिज्यू हजुरलाई यसरी नै वेसाहाराको मुहारमा मुस्कान थप्ने शक्ती ईश्वरले प्रदान गरुन साहाराको घरको यही कामना छ।”

मेरो व्यक्तिगत र bagaicha.com, Hong Kong को तर्फबाट पनि हार्दिक शुभेच्छा, शुभकामना र सब्दशुमन धन्यवाद दिन:दुखीका सहाय इशाजी (इशा गुरुङ्)लाई ।

Search This Site:

Comment on this Article:

Related Articles