BAGAICHA.COM

Home » General » Currently Reading:

बहुप्रतिभाशाली कुङ्गा

Mar 7, 2014 General No Comments

kunga

आफ्नो मौलिक संस्कार-संस्क्रितिलाई गीत/संगीतको माध्यमबाट दुनियाँभरमा फैलाउन हर प्रयत्न गर्ने नेपाली चेलिको नाम हो कुङ्गा ङिमा शेर्पा । उनको जन्म २०४७ साल वैशाख २३ गते सोलुखुम्बुको गुदेल-४, सनाममा भएको हो ।

काठमाण्डौं बौद्धमा स्थायी निवास भएकी उनी विश्वको विभिन्न मुलुकमा घुमफिर गरि रहन्छीन् । साइप्रस, जर्मनी, पोर्चुगाल, स्वीजरल्याण्ड, इटाली, भुटान, चीन आदि हुँदै हाल उनी रुसमा पुगेकीछीन् ।

“सेरवाई ताम्जि” गीती एल्बम र दर्जनौ म्युजिक भिडियो बजारमा ल्याई सकेकी कुङ्गा राम्रो गीतकार/गजलकार,गायिका र मोडल पनि हुन् । उनी खुब मज्जाले गिटार र किबोड पनि बजाउँछीन् । उनको म्युजिक भिडियोहरुमा विदेशका गगनचुम्बी महलहरु,नाटकीय तमझम र समुद्रमाथि दौडी रहेका पानीजहाजहरुको रमीता देखिंदैन । आफ्नो जन्मथलो सोलुखुम्बुलाई अत्यन्तै माया गर्ने उनको म्युजिक भिडियोहरुमा आफ्नै डाँडाकाँडा,पहाड-पर्वत,धर्म-संस्कार,भाषा-लिपी इत्यादिको जिवन्तता पाइन्छ ।

सल्लेन,लुक्ला,नाम्चे है बजार हाँखेल गर्दै डुलौंला।
टुङ्नाको धूनमा अंगालो हाल्दै,गाउँदै च्याब्रुक नाँचौंला।

यु ट्युवमा हजारौंले हेरी सकेका उनको म्युजिक भिडियोको गीतांश हो यो ।

उनी गजल पनि उत्तिकै बेजोड लेख्छिन्।

छातीभित्र दनदनी आगो बलेकोछ।
निष्ठुरीको यादमा मनमुटु जलेकोछ।

मेरा सारा यथार्थ उडाउनलाई होला
जिन्दगीमा बेस्सरी आँधिहुरी चलेकोछ।

अघिसम्म मास्तिष्कमा विश्वाश जिउँदै थियो
भर्खरै त्यो लाश बनी चितामाथि ढलेकोछ।

नयाँ होइन पुरानै नातागतले हिजोआज
मेरो पौरखी,परिश्रमी नौनारी गलेकोछ।

जिउँछु जिन्दगी यसरी नै जिउँछु सधैं
भन्दिन यो भाग्यलाई दैवले छलेकोछ।

अंग्रेजी साहित्यमा पनि राम्रो दख्खल राख्ने कुङ्गाले दर्जनौ अंग्रेजी गीतहरु आफ्नै शब्द/संगीत र स्वरमा प्रस्तुत गरी सकेकीछीन् । २३ बर्षे यौवना कुङ्गा बिशेषत: युवाबर्गका लागि प्रेरणाका स्रोत हुन् भन्दा अतियुक्त्ति नहोला । उनको साहित्यिक र सांगितिक यात्रा निरन्तर रहोस् यो पंङ्तिकार र बगैंचा डटको हार्दिक शुभकामना!

Search This Site:

Comment on this Article:







Related Articles