BAGAICHA.COM

Home » General » Currently Reading:

मीनाश्रीको बारेमा

Mar 7, 2014 General No Comments

Meenashree

लेबानोनको प्रबासी जीवनसँग पौठेजोरी खेल्दै नेपाली गीत/संगीत र साहित्यको क्षेत्रमा आफ्नो भविष्यको धरोहरा उभ्याउन तल्लिन खोटाङ्, दिप्लुङगकी किराती चेलि हुन् मीना पुमा राई अर्थात मिनाश्री ।

उनी मुख्यतया गीत/गजल र मुक्तक लेख्छिन् । उनका गीतहरुमा संगीतकार पारस मुकारुङ्, डि.आर. अटु र स्वयले संगीत भरेकाछन् भने अशोक राई र चन्दु गोर्खालीले अरेन्ज गरेकाछन् ।

निकट भविष्यमै स्वदेश फर्केर गीत रेकर्डको काममा आफू ब्यस्त राख्ने योजनामा छिन् उनी । रेकर्ड हुने गीतहरुमा संगीतकार पारस मुकारुङ्,डि.आर. अटु र स्वयले संगीत भर्नेछिन् भने गायक/गायिकामा राजेशपायल राई, अनिल कोयू राई र स्वयम् पनि रहनेछिन् ।

उनको एउटा गीत पस्कन चाहें यहाँ-

ए हावा आएर मलाई छोएर जाउ
ए बर्साद भिजेको यो परेली धोएर जाउ

सुस्तरी-सुस्तरी बहकिन्छ यो मेरो मन
बिर्सु भन्छु त्यो कहानी बल्झिन्छ झन्
ए मौसम दुखेको यो दिलमा झुमेर जाउ
ए बर्साद भिजेको यो परेली धोएर जाउ

भौतारी हिड्छु सधै म बसमा छैन किन
आज भन्दै भोलि भन्दै काटेकै छु दिन
ए बादल दुखेको यो मनलाई चुमेर जाउ
ए बर्साद भिजेको यो परेली धोएर जाउ
यति सदाबहार गीत लेख्ने मीनाश्रीको कलम गजल लेखनमा पनि स्तरीय छ।

म रुदा मसंगै रुन्छिन् मेरी आमा ।
आशुले परेली धुन्छिन् मेरी आमा।

कहिले नि शान्ति आएन नेपालमा
पुर्पुरा थमाई गुन्छिन् मेरी आमा।

एकान्तमा टोलाई एक्लै अनि आफै
ति मिठा सपना बुन्छिन्मेरी आमा।

धर्ति हुन् उनि संसार सिर्ष्टि कर्ता
एकदिन शिखर चुम्छिन्मेरी आमा।

आमा हुन् उनि आमा मेरो देशको
निस्चय सफल हुन्छिन् मेरी आमा।

यो यथार्थपरक गजल उनले दुई बर्ष अघि लेखेकी हुन् । जुनसुकै परिस्थितिमा पनि नेपाली गीत/संगीत र साहित्यको साधना अनि सिर्जनामा अनाबरत रुपमा लागि रहेकी मीनाश्रीलाई मेरो र बगैंचा डट कम हङ्कङ्को हार्दिक शुभकमना!

बज्र कुमार थुलुङ् राई

Search This Site:

Comment on this Article:







Related Articles