BAGAICHA.COM

Home » General » Currently Reading:

शेर्पा भाषाका चलाचित्रहरुको चर्चा

Apr 5, 2014 General No Comments

sherpaकुङ्गा ङिमा शेर्पा, रुस
नेपाल र नेपालीलाई विश्वसामू चिनाउने नेपालका अनेक भाषा सँस्कृतिहरू पनि हुन् । यसमा शेर्पा भाषा र सँस्कृति पनि पर्दछ । शेर्पा भाषामा निर्मित ‘खाङ्ग्री’ चलचित्रले पनि यसका निमित्त अहम भूमिका खेलेकोछ ।
नविन सुब्बाको निर्देशनमा बनेको यो चलचित्रमा आङफुर्वा शेर्पा र सुन्दर जोशीले लागानी गरेका थिए । २०५२ साल मै अन्तराष्ट्रिय रुपमा रिलिज भएको यो चलचित्र नै शेर्पा भाषाको पहिलो चलचित्रको रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा स्थापित हुन पुग्यो । यो फ्रान्स, इटाली, अष्ट्रिया, जर्मनी, बेलायत, अमेरिका, क्यानाडा र स्लोभाकिया जस्ता देशहरूमा समेत प्रदर्शन भएको थियो । इटालीमा सम्पन्न “टेन्ट्रो अन्तराष्ट्रिय चलचित्र महोत्सव” मा १४० राष्ट्रको चलचित्रहरूबीच “खाँङ्ग्री” चलचित्रले विशेष सम्मान पाएको थियो । अष्ट्रियामा प्रदान गरिने पाँचवटा विशेष पुरस्कारहरू मध्ये “खाँङ्ग्री” चलचित्रले “प्राइज अफ जुरी” हासिल गर्न सफल भएको थियो ।
गैर शेर्पा निर्देशक नविन सुब्बाबाट निर्देशित यो चलचित्र १ घण्टा १७ मिनेटको मात्र रहे पनि यसले खुम्जुङ फूङ्गिवाङ, खुम्बु क्षेत्र र तेङबोचे जस्तो लोकपृय पर्यटकीय स्थलहरूका शेर्पा जीवनलाई राम्ररी समेटेकोछ । यो शेर्पाजाति र तमाम नेपालीहरूको ऐतिहासिक काम हो । हिमालय र पर्यटन जीवनमा अन्तराष्ट्रि जगतमा समेत चर्चित शेर्पाजातिहरू आफैँमा लोक सँस्कृतिले सम्पन्न हुँदा-हुँदै पनि शेर्पा भाषाको चलचित्रहरू भने अरु गुरुङ, मगर, लिम्बूहरूको जस्तो धेरै नबनीरहेको अवस्थामा खाङ्ग्री बनेको धेरै बर्षपछि फराडेण्डी शेर्पाले कथा, सङ्गीत, गीत र लगानी समेत गरेर निर्माण गरेको ‘कु-सुम’ शेर्पा भाषाको चलचित्र पनि गैर शेर्पा निर्देशक सागर सुब्बाले गरेका छन् । यो पनि शेर्पा जातिकोलागि मात्र तमाम नेपालीहरूको गर्बको कुरा हो ।
यस शेर्पा भाषाको चलचित्रले पनि खाङ्ग्रीले जस्तै राष्ट्रिय-अन्तराष्ट्रिय रुपमा चर्चा र सम्मान पाउनु पर्दछ । यसले पनि तमाम शेर्पाजातिको सँस्कृतिलाई बोकेर राष्ट्रिय- अन्तराष्ट्रिय सम्मानहरू बटुल्नु पर्दछ । यो ‘कु-सुम’ चलचित्रको कारणले शेर्पा भाषाको चलचित्र तथा अन्य भाषाभाषिका चलचित्रहरू पनि बन्ने प्रेरणा प्रदान गर्नुपर्दछ । नेपालमा प्रदर्शनले भईसकेको यो चलचित्रले पनि लोकपृयता क्रमश: हासिल गरिरहेको छ । यस चलचित्रका निर्माता, निर्देशक तथा सबै कलाकाहरूले गरेको यो सह्रानीय कार्यले नेपाली तथा शेर्पा जाति, भाषा र सँस्कृतिमा अहम भूमिका निर्बाह गर्दछ भन्ने सबैलाई हेक्का छ ।

Search This Site:

Comment on this Article:







Related Articles