BAGAICHA.COM

Home » General » Currently Reading:

….अविश्वसनीय प्रेम कथा

May 21, 2014 General No Comments

mogendra raiमगेन राई भोजपुरे
ईश्वी सम्वत् 1982, December 4 तारीक अष्ट्रेलियामा जन्मेका Nick Vujicic जन्मजात हातखुट्टा विहीन थिए। सैसवकालमा उनले अनेकौं शारीरिक, मानसिक तथा भावनात्मक चुनौतीका सगरमाथाहरुको सामना गरे। उनका स्कूले जीवन आँसुमा डुबेको थियो। आफ्नै सहपाटीहरुबाट बारम्बार तिरस्कार र अपहेलनाको सामना गर्नुपर्दा दश बर्षको उमेरमा एक पटक असफल आत्महत्या प्रयास समेत गरेका थिए । तैपनि उनले त्यो कठिन जीवनलाई साहसका साथ घिसारिरहे।
अन्ततः 17 बर्षकै कलिलो उमेरमा “हात खुट्टा बिनाको जीवन” नामक गैह्र नाफा कमाउने संस्था खोली अपांगहरुको पक्षमा काम गर्न थाले।
उनले 21 बर्षको उमेरमा उनले Griffith University बाट “लेखा” र “आर्थीक योजना” मा स्नातक गरे पश्चात उनी किशोर किशोरीको विषयमा संसार भरिका पाचै महादेशका 44 देशहरुमा तीस लाख भन्दा बढि जनसमुदायहरुलाई सम्बोधन गरिसकेका छन्। अहिले उनी “प्रेरक वक़्ता” को रुपमा विभिन्न कर्पोरेट दर्शकहरु, मन्डली तथा विद्यालयहरुमा माँझ चर्चीत छन्।
उनी आफ्नो कार्यलाई टेलीभिजन र लेख मार्फ़त प्रवर्दन गर्दछन। उनको प्रथम पुस्तक Life Without Limits, Unstoppable, Limitless, Attitude is Everything जस्तो प्रेरणादायी पुस्तक लेखेका छन् । अर्को पुस्तक Inspiration for a Ridiculously Good Life (Random House, 2010) 2010 मा प्रकाशित गरे । विभिन्न वृत्तचित्रहरु लगायत किशोर किशोरीहरुको निम्ती तयार पारीएको दृश्य चित्र No Arms, No Legs, No Worries! दृश्य चित्र अती नै प्रेरणादायी छन् ।
उनी अमेरीकी चर्चीत talk show host “Bob Cummings को 20/20 मा समेत अतिथि बनेका थिए । उनीद्वारा अभिनित लघु चलचित्र The Butterfly Circus ले Doorpost Film Project को 2009 को प्रथम पुरस्कारका साथै Best Short Film award जितेको थियो Method Fest Film Festival मा । उनी Best Actor of short film समेतले विभूषित बनेका थिए। उनी 2005 मैं “बर्षको अष्ट्रेलियाली” मा मनोनयनमा परेका थिए। यिनी अहिले संसारभरका अपांगहरुको मात्र हैन जीवनसंग हार खाएर विरक्तीएकाहरु लक्ष हराएको सपांगहरुको समेत प्रेरणाको मुहान बनेका छन् ।
जीवनमा बिहे गर्न त के कहिल्यै कुनै स्त्रीको माया पाउन कल्पना समेत नगरेका यीनले सन् 2012 फेब्रुअरीमा मेक्सिकन आमा र जापानिज पिताको छोरी विछट्टै सुन्दरी Kanae Miyahara नामक जापानी युवतीसंग घरजाम गरि अहिले एक बर्षे छोरा सहित अमेरिकामा बसोबास गर्दछन् । यति सुन्दरी युवतीले कसरी ती अपांग ब्यक्तीसंग लगनगाठो कस्न पुगिन ? आउनोस तिनीहरुको प्रेम प्रसंग कोट्याउ।
यिनीहरु एक आपस मायाजालमा फस्नु भन्दा पहिले नजानिदो किसीमले एक अर्कालाई पाउनको निम्ति ईश्वरसंग प्रार्थना गर्थे रे । तर यी कुरा दुबैलाई थाहा थिएन रे । एक साँझको प्रवचन भेलामा Nick का साथी Tammy को साथमा Kanae र तीनकी दिदी Yoshie संगै आएकी ती सुन्दरी माथी आँखा चार भए पछि यीनको मुटु र मष्तिष्कमा आतिसबाजी शुरु भयो रे। यीनि यति फ़िदा बनेछन कि उनि प्रवचन दिई रहे तापनी उनले ति सुन्दरी माथी एक निमेष पनि आँखा हटाउन सकेनन् रे । आफुले के भन्दैछु भन्ने कुरामा समेत ध्यान दिन गारो भो रे । जव प्रवचन समाप्त भए पछि दर्शक तथा श्रोताहरुसंग कुरा गरिरहेको बेला समीप भएर आएर ती दिदी बैनिले उनलाई हल्लो भन्दै नजीक आए रे त्यस बेला उ खुवै रमाए रे। तत् पश्चात तिनीहरु अरुहरुलाई पनि वोल्नको निम्ती स्थान वनाईदिन केही पर सर्न खोज्दा स्वयं Nick ले यति राम्रो मनले खाएको सुन्दरी त्यसरी तर्किदा मन भित्र चलिरहेको आँधीलाई थाम्दै नजीकै रहन अनुरओध गर्यो रे ताकी एक आपसमा अझ जानकारी आदान प्रदान गर्न सकियोस। अनि मौका मिल्नासाथ केही शब्दहरु भन्न चाहान्थयो रे। अनि ती आत्म आश्वासन र मायालु मुटुले भरिएकी ती मोहनी लगाउने केटीको विषयमा जान्न चाहान्थ्यो उनि । र सम्वादको पुल निर्माण गर्न चाहान्थ्यो ऊ जब छुट्टीने घड़ी आयो, उनको मन त्यतीकै अतालिन थाल्यो, उकुश मुकुस हुन थाल्यो, अब फेरी कहिले कसरी भेंट हुने ? भेंट हुन्छै भन्ने पनि के ग्यारन्टी ? यसरी तनाव र अत्तालिएको भारी मन लिएर उनि मनमनै तड्पीए, भित्रभित्रै जलेर रोए । उनि प्रेमको भीख माग्न चाहान्थे रे । तर बाबाको उपदेश मर्दको छोरोले कहिल्यै दयाको भिख माग्दैन भन्ने कुरा गाढ़ा बनेर मनमा बसेको कारण ती मनहर्ने आकर्षक युवतीलाई त्यसो गर्न चाहेनन।अन्तत: भएभरको साहस वटुलेर ईमेल ठेगाना कागजको एक टुक्रामा लेखि थमाउन चाहँदा Kanae ले म आवश्यक परे तपाईकै साथीबाट लिन्छु भन्दा उनि छागाबाट खसे। मुटुमा तिर गाढिएको महसुस गरे। भारी मन लिएर तीनले भने, “ठिकै छ नि त्यसो भए, कुराकानी गर्दै गर्नु पर्छ है” मात्र भन्न सके रे ।
जब उनका साथीसंगै तिनीहरु फर्के तत्पश्चात उदास टोलाईरहेको Nick एकाएक मोबाईलमा आएको सन्देश पढ्न हतारिए। तर त्यो उसको साथी Tammy ले पठाएको सन्देश थियो।सायद मित्रको मनोभाव बुझेर होला र लेखिएको थियो” Nick तिमीलाई कस्तो लागिरहेछ ?” तब तत्काल उनले जवाफ फर्काई हाले “Tammy ! तिनी ईश्वरले बनाएको यो संसारको सर्बोत्कृष्ट सुन्दरी युवती हो,तीनमा भित्र बाहिर दुवैमा अद्दितीय सुन्दरता झल्कन्छ, साच्चै भन्नु पर्दा तीनले मेरो मुटु र श्वास लिएर गईन, तीनमा अकल्पनिय अनुग्रह, प्रेम, धैर्यता र नम्रताले बास गरेको छ।
त्यसपछी यिनीहरुको भेटघाट बाक्लिदै गयो। Kanae पनि प्रवचन र मिनिष्ट्री भेलामा सरिक हुदै गईन। Nick संगको चिनजान पहिल्यै तीनका Boyfriend संग Dating चलिरहेको थियो तर उनि मोजमस्ती र सारिरीक सम्बन्धमा मात्र जोड दिने भएकोले तीनले ख़ास फ़रक किसिमका पुरुष खोजीरहेकी थिईन जो संग ख़ुशी साथ सारा ज़िन्दगी बिताउन सकियोस । त्यसो त तिनी पनि पहिलो भेटमा आँखा जुझ्दा Nick को आत्मविश्वास, विद्वता र सुन्दर अनुहार देखेर मोहित बनेकी थिईन । तिनले खोजेको सपनाको राजकुमार फेला पारेका थिईन।
story picture<
बिस्तारै यिनीहरुको प्रेम झ्यागींदै गयो । कहिले यिनीहरु समुद्री तटहरुमा उर्लिएर आएको छालसंगै प्रेम साटासाट गरे । क्षितीजमा डुब्दै गरेको घामलाई साक्षि राखेर गोधुलीमा कहिल्यै नछुटिने वाचा क़सम खाए। समुद्रको छातीमा लडिबडी गर्दै नौका विहार गरे, सर्फिंग गरे, रोमान्टीक क्षणहरु बिताएपछि एक दिन Nick ले दाँतको साहराले Kanae को औंलामा औठी सजाएर प्रस्ताव राखे पछि तिनी आँखा भरि खुशीको बलिद्र आँसु बहाउदै भनिन, "Nick, के मसंग विहाह बन्धनमा बाधिएर बाँक़ी सारा जीन्दगी बिताउछौ ?"
अहिले यिनीहरु एक बर्षिय छोरो सहित California को उत्तरी Los Angeles मा एक सफल,सबल र सुखी परिवार भन्दा उच्च र अर्थपूर्ण जीवन विताईरहेका छन्।

Search This Site:

Comment on this Article:







Related Articles