BAGAICHA.COM

Home » Political » Currently Reading:

जहाँ पुगेन नेपाल सरकार र विश्व समुदाय त्यहाँ पुग्यो भुटानी ढुकढुकी

May 28, 2015 Political No Comments

अमेरिका आइओवा राज्यमा उत्पादन भइरहेको कार्यक्रम भूटानी ढुकढुकीका सञ्चालक तथा निर्देशक राकेश काफ्लेको नेतृत्वमा नेपालमा गत बैशाख १२ गते शनिबार नेपालमा गएको महाभुकम्पका पिडितहरूलाई तत्काल राहात उपलब्ध गराउने अभियान सम्पन्न भएको उक्त राहात कार्यक्रममा अभियान्ता मध्येका एक अन्तर्राष्ट्रिय भूटानी सृजनशिल मञ्चका अध्यक्ष गोविन्द फुँयालले बताएका छन । वैशाख १४ गते सोमबारबाट जेष्ठ १४ गते बुधबारसम्म सञ्चालन भएको उक्त राहात वितरण कार्यक्रम चौथो चरणसम्म दुर्गम जिल्लाका महाभुकम्पबाट अति प्रभावित भएका विकट बस्तीहरूमा राहात वितरण गरिएको जानइएको छ ।

चार चरणसम्म सञ्चालन भएको राहात वितरणमा व्यक्ति र संस्थान गरी १६५ जनाबाट संकलन भएको कुल रकम १८, ३३९ डलर अर्थात १८ लाख ४३ हजार ४३६ रूपयाँबाट १७, ६४० डलर अर्थात १७ लाख ७३ हजार १७२ रूपयाँ वितरण गरिएको छ भने ६६९ डलर अर्थात ६७ हजार २४७ रूपयाँ रकम बचेको राहात संकलन तथा वितरणमा प्रमुख भूमिका निर्वाह गरेको राकेश काफ्ले बताउनु भयो ।

मेइ महिनाको आठ तारिक नुवाकोट जिल्लाको खड्का भञ्ज्याङ्ग गाबिसमा पहिलो चरणमा रू चार लाख १० हजारको अस्थाइ टहरा बनाउन जस्तापाता, प्राथमिक खाद्यान्न, लगायतको राहात बितरण गरिएको थियो । यस चरणमा जम्मा ७५ पीडित परिवार लाभान्वित भएका थिए । राहात लिए पश्चात स्थानिय जयन्त खड्काले प्रतिक्रिया दिदै भनें, “जहाँ पुगेन नेपाल सरकार र अन्तर्राष्ट्रिय जगत त्यहाँ पुग्यो भूटानी ढुकढुकी । यस्तो विकट अवस्थामा हाम्रो अवस्थालाई सम्झेर राहात पठाइदिनु भएकोमा दाताहरू, भूटानी ढुकढुकी परिवार र विशेष गरेर भूटानी साहित्यकार राकेश काफ्ले प्रति हामी कृतज्ञ छौं ।”

यसै गरी दोस्रो चरणमा नेपालको गोर्खा जिल्लाको श्रीनाथकोट गाबिसका १५१ भुकम्प पिडित परिवारलाई प्रति परिवार चार हजारका दरले नगद वितरण गरिएको थियो । यस चरणमा जम्मा छ लाख चार हजारको नगद राहात बाँडिएको थियो । मेइ २४ तारिकका दिन सम्पन्न भएको तेस्रो चरणमा नुवाकोट जिल्लाको पञ्चकन्या गाबिसका ४५० महाभुकम्प पिडित परिवारलाई मच्छटधानी अथवा झुल बितरण गरिएको थियो ।

मेइ २७ तारिक अन्तिम चरणको राहात धादिङ जिल्लाको कटुन्जे गाबिसको बडा नम्बर २मा रहेको माथिल्लो घुर्मु गाउँका १८० परिवारका पिडितहरूलाई कुल छ लाख नेपाली रूपायाँको राहात सामाग्रीहरू वितरण गरिएको थियो । उक्त राहात वितरणमा स्वयम सेवकका रूपमा गएका साहित्यकार टंक सुब्बाले पिडितहरूसँग कुरा गर्दै भने, “हुन त उहाँहरू पनि नेपाली नै हो । नेपाल र नेपालीलाई पिडा भएको बेला स्वय नेपालको राजनीति भन्दा माथि उठेर राहात पठाउनु हुने अमेरिका, बेलायत, क्यानाडा र संसारभरिका नेपालीहरूलाई र खास गरेर यो कामको नेतृत्व गर्नु भएका भूटानबाट नेपाल हुँदै अमेरिका पुग्नु भएका साहित्यकार राकेश काफ्लेप्रति समस्त महाभुकम्प पिडित नेपालीहरूका तर्फबाट म आभार व्यक्त गर्दछु । ”

अमेरिका, वेलायत, क्यानाडा लगायतका देशहरूबाट राहात संकलन गर्न राकेश काफ्लेको नेतृत्वमा कार्यक्रम भूटानी ढुकढुकी परिवार, आइओवा भूटानी समाज, र अन्तर्राष्ट्रिय भूटानी सृर्जनशील मञ्चले सक्रिया भूमिका निर्वाह गरेका थिए भने नेपालमा राहात वितरणका निम्ति गायक सिडि विजय अधिकारी र संगीतकार धनु ग्याङ्ग्मीको नेतृत्व अनि ब्यबस्थापनमा साहित्यकार टंक शुब्बा, लोक गुरूङ, अनुप गुरूङ, सीता अधिकारी, मनिसा राई, खगेन गजमेर, कुबेर डंगोल, नारायण मगर, श्याम मगर, भिम घले, रामहरि भण्डारी, मिना राई,अर्जुन दुम्मिन, टिकाराम तितुङ, इश्वर गुरङ, सुरज गुरूङ, रमिला ग्याङमी, सुक तुमरूक, निरोज थापामगर, रामचन्द्र थापामगर, समीर तामाङ, श्याम थापामगर र बिनोद मगर समलग्न रहेको स्वयम सेवक दल तयार गरिएको थियो ।

राहात वितरण समापन कार्यक्रममा बोल्दै गायक सिडि विजय अधिकारीले भने, “हुन त म स्वय पनि महाभुकम्पबाट पिडित छु तर मेरो भन्दा जटिल अवस्था हामीले राहात वितरण गरेका ठाउँमा भएकाले मैले स्वयसेवक दललाई नेतृत्व गरेर विभिन्न ठाउँहरूमा गएको हुँ । हामीलाई लाग्छ, यस अभियानबाट नेपालीको दुखमा नेपालीले मलम लगाएको स्पष्ट भएको छ तर हाम्रो देशमा जनताका नाममा राजनीति गर्नेहरूले पनि यसबाट त्याग, निष्ठा, र जिम्मेदारिता महशुष गर्नु पर्छ । ”

हामीसँग फोनमा कुरा गर्दै यस राहात वितरण अभियानको नेतृत्व गरिरहेका भुटानी ढुकढुकी कार्यक्रमका निर्देशक राकेश काफ्लेले भने, “राहात वितरणमा संकलन भएको जम्मा रकमबाट वितरण भएकोबाट जम्मा ६६९ अमेरिकी डलर बाँचेको छ । उक्त बचत रकम नेपालमा पुनर्निर्माण परियोजना लिएर जाने कुनै एक संस्थालाई दिइने छ र हाम्रो राहात वितरण अभियान सकिएको म यहाँमार्फत जानकारी गराउन चाहान्छु ।”

विज्ञ र विश्लेषकहरूका अनुसार भूटानी ढुकढुकी अगुवाइमा सञ्चालन भएको यो राहात संकलन तथा वितरण कार्यक्रम निकै प्रभावकारी भएको बुझिन्छ ।

Search This Site:

Comment on this Article:







Related Articles