BAGAICHA.COM

Home » General » Currently Reading:

लोकेन्द्रको लोभलाग्दो काम,

Jan 31, 2016 General No Comments

मगेन किरात “भोजपुरे” सन
1974 नोभेम्बर महिनाको 28 तारीखका दिन हङकङमा जन्मिएका लोकेन्द्र परियार नेपाली बडिबिल्डिङको जगतमा सुपरिचित नाम हो।जन्मिएको 6 बर्ष पछि हङकङ बाट आफ्नो पुर्ख्यौली थातथलो सौरपानी – 1, गोर्खा फर्किए। शैशवकाल र लक्का जवानी उनले त्यही छिचोले।कलेज पढ्दा पढ्दै हङकङ आईडीको भेल बढे पछि यिनी सन 1997 मा हङकङ हानिए। स्कुले जीवनबाटै खेलकुदको रसमा भिजेका यिनले जिल्ला खेलकुद बिरेन्द्र शिल्ड प्रतियोगिताको दौड, भलिबल आदिमा पदक थापे।मार्शल आर्ट पनि राम्रै खेल्दथे।उनको मन भित्र गढिएको खेलको खिल पनि हङकङ आउदा साथैमा लिएर आए ।
शुरुको दिनहरुमा हङकङ सहज थिएन । म्याराथन दौडने सोच बनाएका यिनी शुरुमा हङकङको सडक गोरेटोहरुमा दौड्को अभ्यास समेत गरे । रोजगारीको शिलशिलामा निर्माण क्षेत्रमा काम गर्दा साह्रै स्किनी (पिलन्धरे) भएकै कारण सहकर्मीहरुबाटै कहिलेकाही हेपिन्थे । त्यसो त निर्माण क्षेत्रमा बलियोबाङ्गोकै ज्यादा माग भएकोले उनी त्यति छनौटमा समेत पर्दैनथे । त्यसैले ज्यान हट्टाकट्टा बनाउन 1998 बाट कोठैमा भएको डम्बेल र बारबेल उचालेर बडिबिल्डिङ तर्फ डाईभर्ट भए। 5′10″ को लोभलाग्दो (नेपालीहरुको तुलनामा) उचाई भए पनि 59 किलोको फुकिढल ज्यान भएका यिनको शरीरले शुरुमा त्यति आकार ग्रहण गर्न सकेन । जिमखाना धाउने सिनियरहरुले समेत ज्यान बनाउने सुत्र नबताईदिए यिनी रनभुल्लमा परे । रहदा बस्दा एक चाईनिज सिफु (बडिबिल्डर गुरु) दाहिने परेपछी उनले ज्यान बनाउने कला सिक्दै गए । हेर्दाहेर्दै खाईलाग्दो हुँदै गए । शरीरमा यसरी लोभलाग्दो मसल मास बढ्दै गएपछी यिनी थप उत्साहित बन्दै गए।त्यो उत्साहले उनलाई स्टेज सम्म तानेर शारिरिक सुसङ्गठनको प्रतियोगीको रुपमा लग्यो । हङकङको स्थानिय नेपाली समुदायद्वारा आयोजित Mr. Hong Kong Nepal 2008 को प्रतियोगितामा पहिलो एटेम्प्टमै यिनी ओभरअल च्याम्पियनसिपको ट्रफी उचाले । 2009 मा सोहि प्रतियोगितामा “भिवर्स चोईस”मा परे पनि रनर अपमा चित्त बुझाए । तर मनमा बडिबिल्डिङ प्रतीको मोह मनमा मह जत्तिकै बाक्लिएर गयो।त्यो महत्वाकांक्षाले उनलाई 2010 मा Hong Kong China Bodybuilding Association द्वारा आयोजित प्रतिष्ठित प्रतियोगिताको 80kg तौल समुहमा बिजेता बन्ने पहिलो नेपाली बडिबिल्डरको शौभाग्य प्राप्त गरे।उनको कन्स्युकेटिभ ब्याक टु ब्याक बिजययात्राले विश्राम लिएन ।
2011 मा Hong Kong Federation of Bodybuilding & Fitness ले आयोजना गरेको प्रतियोगितामा 85 kg तौल समूहमा रनरअप बने।सोही साल उनी नेपालका सारिरिक सुसङ्गठनका प्रतिष्ठित प्रतियोगितामा ओभरअल “धर्मश्री” को उपाधी पनि कब्जा गरे। खेलाडीको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सफलताको स्वाद चाखे पनि नेपाली खेलाडीहरुलाई कसरी अन्तर्राष्ट्रिय स्टेज सम्म पुर्याएर नेपाली झन्डा फहराई नेपाल र नेपालीहरुको सान बढाउने भन्ने उनी भित्र सोच पलायो।त्यसैले नेपाली खेलाडीहरुलाई अन्तर्राष्ट्रिय स्तरमा अवसर दिलाउने अभिप्रायले उनले 2010 बाटै Sports governing body को रुपमा प्रतिष्ठित International Fedetation of Bodybuilding & Fitness(IFBB)मा नजिक रहेर काम गर्दै गए। यो सस्थाको सम्बन्धन प्राप्त गरि हालसम्म विश्वका 191 राष्ट्रहरुमा बिस्तारित छ्न र यसले वर्षमा 2500 वटा विभिन्न स्तरका प्रतियोगिता आयोजना गर्दै आईरहेको छ।
यसरी सारा नेपाली बडिबिल्डरहरुलाई अन्तर्राष्ट्रिय प्लेट्फर्म बनाउनको निम्ति यिनीले International Judge को तालिम लिएर सर्टिफाईड भए भने अझै प्रतियोगिताहरु जित्ने सम्भावना हुँदाहुँदै मुटु मिचेर सकृय खेल जीवनलाई तिलान्जली दिदै 2013 मा IFBB सँग सम्बन्धन प्राप्त गरेर नेपालमा आफ्नै नेतृत्वमा Himalayan Kingdom Nepalese Federation of Bodybuilding & Finess स्थापना गरेर Founder President को रुपमा यसको बिकासको निम्ति मरिहत्ते गरिरहेका छ्न।सँस्था स्थापना गर्नै पर्ने कारण चाहिँ किन भन्ने प्रश्नको जवाफमा- स्थानिय रुपमा मात्र भएको प्रतियोगिताहरुले मात्र यस क्षेत्रका खेलाडीहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्ने उपर्युक्त मौकाहरु पाउदैनन,जस्तो नेपालमा धर्मश्री जित्यो त्यस पछि हात बाँधेर बस्यो, जाने ठाउँ पनि छैन, त्यसै गरि सन्सारभर छरिएर रहेको नेपाली बडिबिल्डरहरुको स्थिती पनि यस्तै छ । तर HKNFBF को सिफारिसमा सन्सारका 191 वटा देशहरुमा निर्धक्क भाग लिन पाउँछन् । बर्षमा 2500 भन्दा बढी प्रतियोगिता हुने भएकोले प्रसस्त अवसरहरु छन् ।
हार्नु जित्नु खेलमा स्वभाबिक हो।तर लक्ष निर्धारण गरेर लगातार लागि परे कुनै न कुनै दिन जित अवस्य हात पर्ने कुरामा बिश्वस्त छन।बडिबिल्डिङ सङ्ग सम्बन्धित सबै नेपालीहरुलाई यहि सस्था मार्फत हातेमालो गर्दै बृहत्तर हितको निम्ति अगाडि बढ्न आग्रह समेत गर्दछन। काम गर्नु उत्तिकै चुनौतीहरु छ।खेलकुदमा समेत राजनितीको हावी भएको छ, जसले गर्दा राम्रो काम गर्नेहरुको लागि बाताबरण राम्रो नभएको उनको ठहर छ । तरै पनि बिस्तारै आम नेपालीहरुले यसको महत्त्व बुझ्ने अनि उनको कार्यको उचित मुल्यांकन हुने कुरामा उनी आशावादी छ्न।त्यसैले त मुठी खाएर मुरि उब्जाउन सकिने मौकालाई लठिभद्र छाडेर, काठमाडौंमा आलिसान महल ठड्याउन सकिने पैसा कमाउने लोभको भाडा रित्याएर भएको खल्ती समेत खलास गर्दै नेपाली बडिबिल्डिङको निम्ति काँधमा चन्द्र सृर्य अङ्कित नेपाली झन्डा बोकेर अहोरात्र भगिरत प्रयासमा लागि परेका छ्न लोकेन्द्र हङकङमा।

(बगैँचा डटकमका खेलकुद बिभागकाlokendra 2 प्रमुख मगेन्द्र राईले लोकेन्द्र परियार सङ्गको कुराकानीमा आधारित तयार पारिएको)

Search This Site:

Comment on this Article:







Related Articles