BAGAICHA.COM

Home » General » Currently Reading:

HIGH ISLAND RESERVOIR “मान ई सोई फू”

Feb 26, 2016 General No Comments

पूर्ण याक्खा, हङकङ
खोला, खोल्साहरूमा बाँध बाँधेर निर्माण गरिएको मानव निर्मित बिशाल सरोवर हो High Island Reservoir अथार्त स्थानीय चिनियाँ भाषामा “मान ई सोई फू” भनिन्छ । मूख्य शहरी क्षेत्रबाट टाढा अवस्थित यो सरोवर तीनवटा लामो लामो बाँधहरूले छेकेर निर्माण गरिएको छ ।
हङकङको साईकुङ जिल्लाको पुर्बी साईकुङ निकुञ्ज अन्तर्गत पर्ने यो क्षेत्र पदयात्रीहरू र पारिवारिक घुमफिरको लागि अति रमणीय ठाउँ हुनका साथै भूतत्व बिधा (Geological) सम्बन्धि अध्ययान र चासो राख्नेहरू जो कोहीको लागि पुग्नै पर्ने ठाउँ हो ।
पूर्ब-पश्चिम भई फैलिएका बिशाल बाँधहरू माथि निर्मित फराकिलो बाटोहरू हुँदै दृश्य अवलोकन गर्दा निलो आकाश जस्तै देखिने सुनसान यो सरोवर हरियो पहाडहरूको फेदी सेरोफेरो लमतन्न भई फैलिरहेकोछ भने यस्को दक्षिणतिर पेनोरामिक (Panoramic) दृश्यहरूमा बिशाल समुन्द्रतटहरू देख्न सकिन्छ ।
सामन्य घुमफिरका लागि आउनेहरूको यात्रा यो सरोवरको पश्चिमतिरको बाटो भएर अथार्त पहिलो बाँधबाट शुरू हुन्छ र पूर्बतिरको पहाडहरू जहाँ अन्तिम बाँधको साँध जोडिएको ठाउँमा पुगेर सकिन्छ । जस्लाई यो सरोवर घुम्न आउनेहरूको लागि अन्तिम साँध मानिन्छ । यो अन्तिम साँधमा पुगेपछि फेरि पहिला आएकै बाटो पश्चिम तिर फर्कनु पर्दछ । हङकङमा आयोजना हुने विभिन्न Trail run प्रतियोगिताहरू मध्येका कठिन कतिपय Ultra Marathon पनि यहि सरोवर हुँदै जाने Maclehose Trail मा नै आयोजना गरिन्छ ।
यो सरोवरको पूर्ब दिशा तिरका डाँडाहरू जहाँ सरोवरको अन्तिम बाँध जोडिएको छ । त्यो डाँडाहरूको भित्तामा देखिने प्राचीन पत्रे चट्टाने ढुङ्गाहरू कुनै धारिला हतियारले Hexagonal shapes मा आकर मिलाएर काटे जस्तो देखिन्छ खुबै हेर्न लायक छन । पृथ्वीको गर्भ भित्रका भू-खण्डहरूमा आउने परिवर्तनहरूले ल्याउने ज्वालामुखि जस्तो बिस्फोटहरू हङकङको यो क्षेत्रमा पनि करोडौं बर्ष पहिले भएको थियो भन्ने बैज्ञानिकहरूले यहाँ पाईने ती पत्रे चट्टानहरू प्रमाणको रूपमा पेश गर्दै व्याख्या गरेका छन्
nullpurna yakkha
सन् 2009 देखि Hong Kong Global Geopark of China नामकरण गरि यस क्षेत्रलाई “भौगर्भिक अध्यायन बिशेष क्षेत्र” मानिएको छ । यो सरोवरको बाँधहरू माथि निर्मित फराकिला बाटोहरूबाट हिँडदा देखिने दृश्यहरू विशेष गरि यसको अन्तिम पूर्बी साँधका डाँडाहरूमा देखिने ती Hexagonal Ancient Rocks हेर्ने मौका चुकाउनु हुँदैन ।
High Island Reservoir घुम्न आउनेहरूको लागि सुनसान निलो बिशाल सरोवर सितै एउटा मूख्य आकर्षणको केन्द्र त्यहाँ देखिने Hexagonal Ancient Rocks र यस्को वरिपरिको भू-स्वरूप हो । यो सरोवरको पदयात्रामा आउनेहरूले यस स्थानसम्म आएर मात्रै उनीहरूको यात्राले पूर्णता पाउँछन् भन्ने मलाई लागेकोछ ।
सन् 1971 मा यो विशाल सरोवरको निर्माण कार्यको क्रममा बैज्ञानिकहरूका लागि एउटा चासो र अध्ययनको पाटा उत्खनन भएर आएको कुरा यहाँ टाँसिएका जानकारी पेटिकाहरूमा सचित्र उल्लेख गरेको पाईन्छ । हङकङको यश क्षेत्रमा ज्वालामुखी बिस्फोटन भएका थिए र यहाँ देखिने प्राचीन पत्रे चट्टानहरू यहाँ को भू-स्वरूप ज्वालमुखी बिस्फोटन भई निस्केका लाभा अनि त्यसका खरानीबाट निर्माण भएको हो भनी लेखिएको छ ।
सन् 2015 मा ” UNESCO World Heritage Committee ” ले यश क्षेत्रलाई हङकङ सरकारले महत्व नदिएको भन्ने टिप्पणी हङकङको समचारहरूमा आएको केही महिना पछि Oct 2015 मा म फेरि त्यहाँ पुगेको थिए । त्यसदिन यहाँ मानिसहरूको चहलपहल पहिला आउँदाको भन्दा निकै ठूलो थियो ।
purna yakkha 1विशेष गरि सार्बजनिक बिदा र आईतबारका दिन यहाँ घुम्न आउने मानिसहरूको भिड लाग्छ । यसको इतिहास – High Island Reservoir को इतिहास सन् 1967 को मध्यतिर हङकङमा घटेका अशान्ति र बिद्रोहको घटनाहरूबाट शुरु हुन्छ । पानीको निम्ति पूर्णरूपमा मूख्य भूमि चीनमा आस्रीत हङकङको पानी आपूर्ती 1967 घटनाको समयमा चीनले बन्द गरिदियो ।
सन् 1950 देखि नै हङकङको जनसंख्या तिब्र ढाँचामा बृदि भईरहेको थियो र हङकङले दैनिक पानीको अभाव भोगीरहेको थियो । सन् 1967 को घटनाक्रमले हङकङमा पानीको समस्या झन जटिल बनाई दियो । बढदो जनसंख्याको चाप र 1967 को घटनालाई ध्यानमा राख्दै तत्कालीन हङकङ सरकारले हङकङको विभिन्न भागहरूमा मानव निर्मित ठूलठूला जल सरोवरहरू (Water Reservoir) बनाउने योजना अनुरूप यो बिशाल जल सरोवर “मान ई सोई फू” को निर्माण कार्य सन् 1971 मा शुरू भएर 1978 मा पूरा भएको थियो ।
purna yakkha 2हङकङमा भएका अन्य विभिन्न मानव निर्मित जल सरोवरहरू मध्ये High Island Reservoir सबैभन्दा ठूलो हो । रमणीय पदयात्राको आनन्द- हङकङमा मैले देखेको, पुगेको मानव निर्मित विभिन्न सरोवरहरू मध्ये मलाई अति मनोरम लागेको High Island Reservoir हो । स्वाच्छ शान्त तलाउमा निलो आकसको प्रतिबिम्ब देख्दा आकससितै यो दह टाँसिएको होकि भन्ने आभस हुन्छ ।
हङकङको अति ब्यस्त जीवनलाई एकैछिन बिसाएर एक्लै, साथीभाइहरू, वा परिवार सहित घुम्न जानको लागि सहज,सुरक्षित र उपयुक्त स्थान हो । दृश्यलोकन गर्दै बिस्तारै हिडने हो भने यो सराेवरको पश्चिमी बाँधदेखि यसको पूर्बी बाँध भएको डाँडाहरूसम्मको सात किलोमिटरको दुरि पूरा गर्न दुई घण्टा बढी पनि लाग्नसक्छ ।
पदयात्राको स्तर बर्गीकरणमन High Island Reservoir को पदयात्रा सजिलो कोटिमा पर्दछ । यहाँ कुनै पसलहरू छैन आवश्यक खानेकुरा र पानी आफैले लानु भएमा राम्रो हुन्छ । बसेर खानुकोलागि प्रसस्त रमणीय ठाँउहरू छन । सिमित शौचलयको ब्यवस्थ गरिएको छ ।
purna yakkha 2यो सरोवर घुम्न जाँदा बिहान पुगेर मध्यान्हमा फर्किन्दा राम्रो हुन्छ, गर्मी महिनामा भन्दा हिँउदमा जानू उपयुक्त हुन्छ । पदयात्रामा पक्कै रमाउनेहरूको त्यस्तो कुनै समय र महिनाको बन्देज छैन । Sai Kung बाट ट्याक्सीमा जान सकिन्छ । ट्याक्सी चालकलाई प्रस्टसित अंग्रेजीमा High Island Reservoir वा चिनियाँमा “मान ई सोई फू” भन्नू पर्नेछ ।
बसबाट जानको लागि Sai Kung Market बाट Wong Shek Pier जाने बस नम्बर 94 को बस लिने र Pak Tam Chung भन्ने ठाउँमा ओर्लिने, छेउको Tai Mong Tsai Road समातेर पूर्बतिर पैदल अगाडि जाने । बस नम्बर 94 को सेवा प्रत्येक दिन बिहानैदेखि बेलुकासम्म उपलब्ध हुन्छ । आईतबार र सार्बजनिक बिदाको दिन Diamond Hill MTR Station “C” Exit छेउको बस पार्कबाट बस नम्बर 96R को Wong Shek Pier जाने बसबाट Pak Tam Chung भन्ने ठाउँमा ओर्लिएर Tai Mong Tsai Road समातेर पूर्बतिर पैदल अगाडि हिड्ने ।
purna yakkha 3

Search This Site:

Comment on this Article:







Related Articles