BAGAICHA.COM

Home » General » Currently Reading:

‘बगैंचा नाईट २ हङकङ २०१७’ अगामी फेब्रवरी ५ मा हुने

Jan 12, 2017 General No Comments

नरेश ठूले

गत सन २०१५ देखि बगैंचा संचार हङकङले बगैंचा अक्षयकोष निर्माणार्थ आयोजना गर्दै आएको बहुचर्तित तथा लोकपृय सांगितीक कार्यक्रम ‘बगैंचा नाईट २ हङकङ २०१७’ अगामी फेब्रवरी ५ तारिक आईतबार सॉझ ७ बजे युनलों थेटर हलमा सम्पन्न गर्ने भएको छ । उक्त कुरा ८ जनवरीका दिन बगैंचा रेष्टुरेण्ट एण्ड पाटी प्यालेशमा जानकारी सभा गरि सार्बजनिक गरिएको छ ।
सामाजिक हितको लागि गरिने उक्त सांगितीक कार्यक्रमबाट आर्जन भएको कुल रकम मध्ये लागत खर्च कटाएर बॉकि रहेको रकमको ५० प्रतिशत ‘बगैंचा परोपकार कोषमा’ जम्मा गर्ने र ५० प्रतिशत बगैंचा संचार (bagaicha.com) को पूर्बाधार निर्माणमा खर्च गरिने प्रवधान रहेको छ ।
बगैंचा अक्षय कोषमा जम्मा गरिएको रकमबाट प्राप्त ब्याज- शिक्षा, कला, साहित्य र गरीबी ४ क्षेत्रमा योगदान दिने ब्यक्ती तथा संस्थालाई प्रोत्साहन र सम्मान स्वरूप प्रत्येक बर्ष प्रदान गरिने छ ।
पहिलो कार्यक्रमबाट प्राप्त मुनाफा रकम हङकङ डलर ८० हजार मध्ये ४० हजार बगैंचा संचारको पूर्बाधार निर्माणमा लगानी र ४० हजार बगैंचा अक्षय कोष स्थापना गरि नेपाल फाईनान्समा जम्मा गरि सकेको छ । उक्त रकमको गत आर्थिक बर्षमा जम्मा भएको ‘ब्याज रकम’ बगैंचा नाईट २ मा सम्मान तथा प्रोत्साहन स्वरूप प्रमाण पत्र सहित बितरण गरिने भएको छ ।
शिक्षा, कला, साहित्य र गरिबी ४ बिधामा बिरण गरिने सो पुरस्कार यस बर्ष कला क्षेत्रलाई प्रदान गरिने भएको छ। जसमा नेपाल देखि चित्रकलामा कुचि र रंग चलाउदै बिगत १ दशक देखि हङकङमा रहेर निरन्तर कलामा समर्पित कलाकार दिपेन्द्र राईलाई यस बर्षको पुरस्कार दिने घोषणा गरेको छ ।
बगैंचा नाईट २ का लागि नेपालका अग्रज तथा बरिष्ठ गायिका तारा थापा, दार्जेलिंका चर्चित हास्यकलाकार महेन्द्र बागदास, चर्चित गायिका आस्था राउत, गायक तथा संगिकार पुष्कर सुनुवार, नव चर्चित गायिका सुनिता थेगिम, नव युवा गायक बिनोद राई र छमछमी २ नृत्यकार सुरेश यक्खा लगायत कलाकार रहेका छन भने हङकङका स्थानीय कलाकारहरू लोकप्रीय गायक तथा गायिका लोक बीक्रम सुनुवार (एल बि मुखिया) र पबित्र राईको बेजोड प्रस्तुति रहने छ ।
गीत, संगित, हाँस्य र नृत्यको अभूतपूर्ब संगम ‘बगैंचा नाईट-२ हङकङ २०१७’ सांगीतिक कार्यक्रममा सम्पूर्ण हंगकंगेली नेपाली मनहरूलाई पूर्ण मनोरन्जन लिनका लागि हार्दिक आमन्त्रण गरेको छ ।
उक्त कार्यक्रम हेर्नका लागि हङकङ डलर ३ सय र २ सय दरका टिकटहरू उपलब्ध छन।
bahaicha nite 1

Search This Site:

Comment on this Article:







Related Articles