BAGAICHA.COM

Home » General » Currently Reading:

खण्ड-खण्ड-खण्डीत-नेपाली-नेपाल

Dec 10, 2009 General 2 Comments

दाजु गुरुङ

केही समय अगाडि एचनेपालडटकममा नियमित विहानी समाचार हेर्ने क्रममा स्व. दिल बहादुर हत्याकाण्ड सम्वन्धि न्यायिक सुनुवाई समाचार पढेको थिएँ । व्यस्तताले गर्दा समाचारको शिर्षक र भित्रिभागका केही हरफहरू पनि हतारमा पढेको र सो घटना निकै अगाडिको भएकोले समाचार प्रस्तोताको नाम उल्लेख गर्न नसकेकोमा क्षमा प्रार्थि छु । समाचार छोटै भए पनि त्यस्ले उब्जाएको केही प्रश्नहरू मनमा खड्की रह्यो ।

केही समय पछि त्यो समाचारलाई फेरी खोज्ने प्रयास गरें तर वेभ साईटबाट हटाई सकिएको रहेछ । सम्प्रेषणको असरले त्यो समाचार दोहोर्याएर हेर्न चाहेको थिएँ किनकी त्यो समाचार मैले ज्यादै हतारमा पढेको र खाली त्यस्को सारांश मात्र लिएको थिएँ । जहाँसम्म लाग्छ त्यो लेखमा स्व. दिल बहादुर हत्याकाण्डको न्यायिक सुनुवाईमा सहभागिहरूको कमिको वारेमा जोड दिइएको थियो ।

यो वर्षभरी हङकङबाट प्रकाशित नेपाली छापाहरूमा स्व. दिल बहादुर हत्याकाण्डले प्रमुखता पायो किनकी यो नेपाली समुदाय माथि घटेको पहिलो जघन्य  अपराधिक घटना थियो, जस्ले नेपालीहरूमा एउटा ठूलो आक्रोशको तरंग पैदा गरिदियो । एउटा समान्य विषयवस्तु माथिको विवाद मुत्युजन्य अपराधिक घटनामा वदलिंदा विरोधमा नेपाली समुदायले निकै ठूलो ऐक्यवद्धता देखाएका थिए, जुन सह्रानीय पक्ष थियो । जुन लगातार बनिरहोस् बनिरहोस् ।

आजभोली हङकङको नेपाली समुदायभित्र संघ संगठनहरू निर्माण गर्ने क्रम निक्कै तिव्र भएको छ जुन सकरात्मक पक्ष पनि हो जस्ले यहाँको समुदायहरूलाई सामाजिकिकरण र सुसँस्कृत गर्न सहयोग पुर्‍याउन सक्दछ । बढोत्तरी ज्यादै राम्रो पक्ष हुन् तर हिजो आज हाम्रो केही संघ संगठनहरूका आँखा कता-कता संकिर्णता तिर अल्मलिएको पाईन थालेको छ । त्यो पक्षलाई कलमजीवीहरूले निशाना मार्न जरुरी देखिन्छ किनकी यहाँका नेपाली समुदायहरू जात, जाती, धर्म, भाषा, क्षेत्र आदिको अघोषित अदृश्य सिमाङ्कनहरू खिचिएका गन्धहरू आउन थालेको देखिन्छ, जस्को फलस्वरुप हामी जातजाती बढी नेपाली कम, हामी क्षेत्र प्रदेश बढी नेपालवासी कम । के साँचो अर्थमा हाम्रो परिचय यस्तो हो र ? हामी संगठीत भएर के आभाष दिन खोजिरहेछौं ? खण्ड-खण्ड-खण्डित-नेपाली-नेपाल । लाग्छ यहाँ एउटा नेपालीको पिडाले अर्को नेपालीलाई छुँदैन, पटक्कै पोल्दैन किन ? अव त जाति, धर्म र क्षेत्रको नाताले मात्र मनलाई छुन्छ रे । त्यसरी मात्र सही पहिचान बन्छ रे । त्यसैले त यहाँ एउटा नेपालीको पिडा र घाउले अर्को नेपालीलाई छुँदैन रहेछ । अतः हामी यहाँ कसरी, कस्तो संगठित भैरहे छौं । खण्ड-खण्ड-खण्डित-नेपाली-नेपाल ।

प्रसंग दिल बहादुर हत्यकाण्डको सुनुवाईमा सहभागितमा कमीको उठान माथिको सन्दर्भलाई मैले सहभागितको कमिको मूल कारक मानेको छु । त्यसो त यहाँको ब्यस्त जीवन पनि कम कारक छैन तर जवसम्म हामी मूल विषयमा भावनात्मक रुपमा जोड दिदैनौं तवसम्म हामी समय अभावलाई दोष दिन्छौं तर यदि साँचो अर्थमा आपसी अपनत्वलाई साथ गर्‍यो भने समय अभाव आफै पूर्ति हुनेछ । यहाँ सहभागितको कमि नौलो लागेन किनकी हामी भावनात्मक एकताको प्रयासमा छैनौं किन ? हाम्रो सोँच खोई ? खाली भनिरहेछौं, पढिरहेछौं सहभागितामा कमी ! प्रष्ट भन्दा हाम्रो एकतामा सोंच पटक्कै छैन । स्वदेशकै फूटबन्दीको प्रवृति बोकेर आएको हामी अवश्य संकिर्ण छौं । लाग्छ सहभागिताको कमि त्यहि नियतीको परिणाम हो ।

Search This Site:

Comment on this Article:







Related Articles