BAGAICHA.COM

Home » General » Currently Reading:

बगैंचा सॉझ २ का सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद

Feb 18, 2017 General No Comments

नरेश ठूले
सामाजिक सहयोग, सदभावका साथै बिषेश उद्देश्य लिएर आयोजना गरिएको सांगीतिक कार्यक्रम बगैंचा नाईटको भाग २ सम्पन्न भएको छ । बगैंचा अक्षयकोष निर्माणार्थ आयोजना गर्दै आएको बहुचर्तित तथा लोकपृय सांगितीक कार्यक्रम ‘बगैंचा नाईट २ हंगकंग २०१७’ गत ५ फेब्रवरी २०१७ आईतबार सॉझ युनलोङ थेटर हलमा सम्पन्न भएको हो।
सांगितिक कार्यक्रम सुन्नमा सहज र रमाईलो लाग्छ । तर कार्यक्रम नै आयोजना गरेर सफल्तापूर्बक सम्पन्न गर्न निक्कै अप्ठ्यारो र चुनौतिपूर्ण छ । हङकङको परिवेशलाई हेर्दा कार्यक्रम आयोजकले कम्तिमा ६ महिना तनाव ब्यहोर्नु पर्ने हुन्छ । जसमा हलको ब्यवस्था देखि लिएर कलाकार छनोट र त्यससँग लस्करै गाँसिएर आउने बिबिध कुराहरूको गन्जागोलले टाउको भित्रको गिदी मज्जाले पाक्छ ।
कार्यक्रम आयोजना गर्ने कुनै संस्था वा समूह हुन्छ तर यसको भागिदार तथा शिकार भने अन्य धेरै संघ, संस्था, ब्यापारी र ब्यक्तिहरू हुन पुग्दछन । किन भने यो कार्यक्रमको चरित्र तथा बस्तु स्थिति नै त्यो खालको हुन्छ । जो धेरैको साथ सहयोग र सहभागिताले मात्र कार्यक्रम सफल हुने गर्दछ । आयोजकले राम्रो ब्यवस्था मिलाउन सकेन वा जानेन भने कार्यक्रम सजिलै विफल हुन्छ । यस परिप्रेक्षमा बगैंचा नाईट २ को आयोजकले ब्यवस्थापन राम्रै मिलाएको हो । त्यसैले गर्दा नै कार्यक्रम सफल्तापूर्वक सम्पन्न भयो । तथापि केही कमि कमजोरी पनि भएकै हो । यो कमि कमजोरीले अगामी कार्यक्रमको लागि राम्रो टिप्स दिएर गएको छ । हाललाई यसरी नै मन बुझाउँ ।
समाजिक सेवा अन्तर्गत हङकङमा बगैंचा अक्षयको कोष निर्माण गर्ने र उक्त कोषबाट प्राप्त ब्याज- साहित्य, कला, संगीत शिक्षा तथा गरिवी निवारणमा योगदान दिने ब्यक्ति वा संस्थालाई सम्मान तथा पुरस्कार प्रादान गर्ने र प्रत्येक पल्ट बगैचा नाईट कार्यक्रममा नेपाली संगित जगतमा अनवरत योगदान दिने सिनियर तथा बरिष्ठ (स्रष्टा) कलाकारलाई सम्मान गर्ने र नव प्रतिभा कलाकारहरूलाई प्रोत्साहित गरेर नेपाली संगित र कला जगतलाई फराकिलो बानाउने बगैंचा संचारको मूल उद्देश्य हो ।
यसै उद्देश्य अनुरूप ‘बगैंचा नाईट २ हङकङ २०१७’ मा चित्रकारितामा लामो समयदेखि निरन्तर लागि परेर नेपाली कला जगतमा योगदान पुर्याए वापत चित्रकार श्री दिपेन्द्र राईलाई यस बर्ष सम्मान पत्र सहित नगद पुरस्कार प्रदान गरिएको छ । त्यसै गरि नेपाली संगित जगतमा ४ दशक भन्दा बढी गायन क्षेत्रमा अनवरत रूपमा योगदान दिनु भएकी बरिष्ठ गायिका श्रीमती तारा थापालाई श्रष्टा सम्मान गरिएको छ । त्यसैगरी चर्चित गायिका आस्था राउत, गायक तथा संगीतकार पुष्कर सुनुवार, नव गायक बिनोद राई, नव गायिका सुनिता थेगिम लिम्बू र युवा नृत्यकार सुरेश राई याक्खा, हङकङका गायक लोक बिक्रम सुनुवार (एल बि मुखिया) र गायिक पवित्र राई लगायतलाई आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रादान गरिएको थियो । यता भिसा समेत लागि सकेको अवस्थामा सरकारी जागिरको बिशेष कारणले हास्य कलाकार महेन्द्र बागदास भने कार्यक्रममा उपस्थित हुनसक्नु भएन । यसप्रति आयोजकले क्षमा याचाना गरेको छ, गर्दछ ।
कार्यक्रम जुदनु, हास्य कलाकार अनुपस्थित हुनु लगायत अन्य बिबिध कारणले गर्दा कार्यक्रम सोचेजस्तो हुन सकेन तथापि बिफल पनि भएन । समय सापेक्ष र परिस्थिति अनुकुल कार्यक्रम सफल भएको हाम्रो निष्कर्ष छ ।
यो अवस्थामा कार्यक्रमलाई सफल बनाउन आर्थिक सहयोग दिनुहुने मूल प्रयोजक नेपाल फाईनान्स अध्यक्ष धिरज कुमार राई, सह प्रायोजकहरू- नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डासुराम पराजुली, सुनकोशी कन्स्ट्रक्सन लिमिटेडका डाईरेक्टर तेज बहादुर राई, मगर संघ हङकङका अध्यक्ष श्रीमती चन्द्रज्योति आले, श्रीमान/श्रीमती रमेश राई र सरू सुनुवार, जि क्लाड डाईरेक्टर मेख गुरुङ, फाउन्डर दिब्या सुनुवार बि एण्ड डि ब्यूटी हेयर सेलुन, चन्द्रका राई डाईरेक्टर लिंगमा कन्ट्रक्सन, मोति चाम्लिंग अध्यक्ष नेप्लिज चेस सोसाईटी हंगकंग, कुल प्रसाद गुरुंग सभापति बिपि चिन्तन प्रतिष्ठान हंगकंग, हरिचन्द्र राई मेनेजिंग डाईरेक्टर बगैंचा रेष्टुरेण्ट एण्ड पाटी प्यालेस, हेजेन राई कन्सल्टेन्ट फ्रुटफूल कन्सल्टेन्सी, शशिमदन राई प्रोपाईटर सयपत्री डटकम, रजिन राई कन्सल्टेन्ट लिमा कन्सल्टेन्सी, ईन्दीरा गुरुंग प्रोपाईटर ईमेज सेलुन, शम्भु प्रोपाईटर सिद्धान्त ज्वेलरी, जि पि श्रेष्ठ प्रोपाईटर क्रियटोर युनिभर्सल, हिरामान गुरुङ प्रोपाईटर गुरुंग एण्ड सन्स बिजिनेस सोलुसन, सुनिल साक्य प्रोपाईट एस एल ट्रेडिंग, मार्कोस ताम एस आर कम्पनि लिमिटेड, सिनेमा तथा संस्कृतिकर्मी मौसम लिम्बू लगायत सम्पूर्ण धन्यवादका मूलपात्र हुनुहुन्छ ।
त्यसैगरी जजिन चाम्लिंग अध्यक्ष भारतीय गोर्खा भूपू सैनिक संघ परिवार, तेज कुमार राई अध्यक्ष साम्पांग जुमेलेखा परिवार, पिताम्बर राई अध्यक्ष चम्लिंग खाम्बातिम परिवार, तिलक वालाहांग अध्यक्ष बान्तावा यायोक्ला खिम परिवार, रामली राई अध्यक्ष थुलुंग सामा परिवार, पेंगुईन राई अध्यक्ष पुमा तुप्का बांखला परिवार, हित बहादुर कोयु अध्यक्ष कोयु सोदेल परिवार, पूर्ण प्रसाद यक्खा अध्यक्ष यक्खा छुम्मा परिवार, लोक बिक्रम सुनुवार अध्यक्ष सुनुवार समाज परिवार, टीका कोयु अध्यक्ष खोटांग समाज हंगकंग लगायत सामाजिक तथा क्षेत्रीय संघ संस्थाबाट कार्यक्रमको टिकट बिक्री बितरण गरेर सहयोग पुर्याउनु भएकोमा सबैलाई एकमूष्ट धन्यवाद टक्राउदछु ।
त्यसै गरि कलाकारहरूको भिसा प्रोसेस तथा ईमिग्रेशन सम्बन्धि सबै कार्य पुरा गरी भिसा उपलब्ध गराई दिनुहुने हेजेन राई, बिज्ञापन तथा स्पोन्सर जुटाउनु हुने शशी मदन राई, नरेश कुमार सुनुवार, डिजाईनर श्याम सुनुवार र मोहन सुनुवार, टिकट बितरण तथा बिररीत टिकटको अनुगमनकर्ता गजेन्द्र राई, धिरज कुमार बान्तावा, नबिन सुनुवार, स्पोन्सर स्लाईड सो डिजाईनर झ्यापका बिक्रम गुरुंग, बस ब्यवस्थापक गंगाराम राई, बस लाने ल्याउने अगुवाहरू जय चाम्लिंग (वानचाई), दिपेन राई, मिलन राई (जोर्डन), स्वयं सेविकाहरू रबिना थापा सुनुवार, बिष्णु मुखिया सुनुवार, रिकु सुनुवार, सिनेरिटा राई, स्टेशन म्यनेजर बरिष्ठ संगीतकार दिनेश सुब्बा, कार्यक्रम उद्घोषक देवराज राई, मिडिया प्रचार प्रसारमा साथ दिनु हुने बरिष्ठ पत्रकार जे बी पुन नेपाल खबर डटकम, टोप बहादुर यक्खा का. सम्पादक बगैंचा डटकम, प्रत्यक्ष प्रसारक मगेन राई, नेपालमा कलाकारहरूको आवश्यकीय तारताम्य मिलाउने राज कुमार सुनुवार तथा बगैंचा संचार नेपाल टिम, कलाकारहरूलाई खानपिनको जोहो मिलाउने बगैंचा रेष्टुरेण्ट एण्ड पाटी प्यालेश, बगैंचा लिमिटेड हंगकंगका सम्पूर्ण सहयात्री, कार्यक्रम संयोजक सुवाश राई तथा सम्पूर्ण आयोजक टिम कलाकारहरूको टिकेटिङ ब्यवस्था गर्नुहुने श्री कुमार राई लगायत बगैंचा नाईट २ मा सहभागी हुनुहुने समाजसेवी, पत्रकार, कलाकार, साहित्यकार, बुद्धीजिवी सबै सहयोगी महानुभावहरूलाई हृदयदेखी धन्यवाद दिंदै आभार प्रकट गर्दछु ।
हामीले सोचेका छौं, जे गर्यौं राम्रै गर्यौं, राम्रैका लागि गर्यौं । सायद राम्रै कार्य भएर होला प्राय: सबैबाट सकरात्मक प्रतिक्रिया प्रशंसा पाईराखेका छौं । कलाकारहरू लगायत यस कार्यक्रममा सहभागी सबै खुसि र सन्तुष्टी देखिए । स्रोता दर्शकहरूबाट पनि भरपूर मनोरन्जन लिएको टिप्पणी प्राप्त भएको छ । कमि कमजोरी रहित त के नै होला र ? कार्यक्रमको दौरानमा कतिको चाहाना र स्वार्थ पूर्ति गर्न सकिएन होला, कतिपयलाई रिझाउन जानिएन होला । सफल्तामा भयभित हुनेरूलाई पिडा भयो होला । यसप्रती क्षमा याचना गर्दछौं ।
तर एउटा सत्य कुरा के हो भने कुनै चित्र बिषेश प्रस्तुत गरेर तथानाम उर्दि हालेर गैर कानुनी रूपमा रकम उठाएर हिनामिना गरे जस्तो र बिना सामाजिक उदेश्य ब्यक्तिगत स्वार्थ र गोजी भर्ने र सस्तो लोकप्रीयता कमाउने उद्देश्यले अबैधानिक तवरले आयोजना गरिने कार्यक्रम जस्तो हाम्रो कार्यक्रम होईन । हामीसँग सामाजिक हितका निम्ति खास उद्देश्य छ, योजना छ, बैधानिक्ता छ, हिसाब किताब र पारदर्शिताको अभिलेख छ । यसर्थ यस कदमप्रती हामी सन्तुष्टी छौं र हाम्रो कार्यप्रती कसैको टिका टिप्पणी गर्न मन भए वास्तबिक्ता बुझेर गर्न वा बोल्न अनुरोध छ।
नमरी स्वर्ग पुगिन्न भने जस्तै यो कार्यक्रम आयोजना गरेपछी धेरै कुरा थाहा भयो । त्यस मध्ये मन्छेहरूलाई चिन्ने, बुझ्ने र जान्ने महत्वपूर्ण अवसर मिल्यो । अधिकांश मित्रहरूबाट हार्दिक्ताका साथ सहयोग मिल्यो र त कार्यक्रम सफल भयो भने केही मित्रहरूबाट केही मात्रामा असहयोग र धोका पनि भयो । जस्तो गत बर्ष नाम चलेकै ब्यक्तिहरूलाई सोधेर उहाँहरूकै माग अनुरूप टिकट उपलब्ध गराईयो, हलमा गएर अग्रपंतीमा बसेर कार्यक्रम पनि मज्जाले छाती फूलाएर आनन्दले हेर्नु भयो तर टिकटको पैसा दिनु भएन । यस पटक कतिपय मित्रले टिकट बेचिदिन्छु भनेर टिकट लिएर गए तर आफूले एउटा किनेर बॉकी सबै कार्यक्रम सुरूहुनेबेला फिर्ता गरे । केहीले बेच्न लगेको टिकट जतिको तति फिर्ता गरे अनि पास भिरेर हल भित्र छिरे भने केहीले टिकट त्यतिकै थाति राखेर कार्यक्रम सकिएको भोलीपल्ट देखि जस्ताको तस्तै फिर्ता गरे । केही महान मित्रहरू जस्ले (गिभ एण्ड टेक)को शर्तमा मलाई बहुत टिकट भिडाएका थिए उनिहरूले समेत टिकट नकिनेर गुन फर्काई दिए । यसरी अ-आफ्नो क्षेत्रबाट दोहोरो भूमिका निभउनु हुने सबै सहयोगिहरूलाई ब्यबाहार अनुसार नमस्कार छ।
यस पटक हामीले कलाकारहरूलाई अरू जस्तो आयोजकको बन्दी बनाएनौं । स्वतन्त्र छोडी दियौं । यसैले कलाकारहरू जोसँग जहॉ जानु मन थियो त्यहॉ जान पाए । मिडिया देखि आफन्त कुफन्त ज-जस्ले भेटेर जे गर्नु भन्नु, जे लिनु दिनु थियो, सबैले ईच्छा पुरा गर्न पाए ।यस मानेमा सबै खुशि नै हुनुहोला भन्ने हामीलाई लागेको छ । यसैगरि फेरी अर्को पटक भेटौला, रमौला सबैको जय होस।
अन्तमा सबै सहयोगिप्रति आभार प्रकट गर्दै मुरिमुरि धन्यवाद दिन चाहन्छु !

Search This Site:

Comment on this Article:







Related Articles