BAGAICHA.COM

Home » General » Currently Reading:

भ्रष्ट समाजमा श्रापका कुरा

Mar 14, 2017 General No Comments

Himalaya yatra
भ्रष्टाचार शब्द “भ्रष्ट” र “आचार” दुई शब्द मिलेर बनेको छ । यी दुई शब्द मध्ये पहिलो शब्द “भ्रष्ट”मा शक्ति केन्द्रित हुनाले त्यसमा जोडिएर आएको “आचार” शब्दलाई उसै “भ्रष्ट” शब्दले आफ्नो गुरुत्वबलमा पारेको देखिन्छ । होइन भने “भ्रष्ट” र “आचार” शब्दलाई अलग अलग बुझ्दा यसले दिने अर्थ बिल्कुल भिन्न हुन आउँछ र मूलत “भ्रष्ट” शब्द अरु बढी ब्यापक बन्न जान्छ । “भ्रष्ट”ले बाटो बिराएको र समाजले बर्जित गरेको कामलाई जनाउँछ भने “आचार”ले व्यक्तिको आचरण भन्ने बुझाउँछ । तथापि त्यो आचरण भ्रष्ट व्यक्तिको होस् या सदाचारीको यसमा कुनै भिन्नता हुँदैन । यसर्थ, भ्रष्ट व्यक्ति तपाईं हामी जो कोहि हुन सक्छौं किनकि बाटो बिराउने सबै भ्रष्ट हुन् । नेपालको परिप्रेक्ष्यमा भने भ्रष्ट्राचारी उनैलाई मात्र मानिन्छ जस्ले सार्वजनिक पद धारणगरि पदीय दुरुपयोग द्वारा अर्थोपार्जन गर्दै आएका छन् । यस्मा लिने र दिने दुबै पक्ष्यलाई भ्रष्टाचारी मान्नुपर्ने हुन्छ ।
देशमा भ्रष्टाचार मौलाउनुको पछाडि एउटा होइन सयौं कारण छन् । यो बारेमा सबैलाई थाहा छ । जहिले पनि यस देशमा “दूधको साक्षी बिरालो” राखिएको देखिन्छ । बाहिर देखिएका र बाहिर नदेखिने अर्वौंका भ्रष्टाचारहरू यती नै होलान् भनी अनुमान लगाउन गार्हो छ ।
“भ्रष्टाचारी सबैलाई किरा परोस्” । केही बर्ष अगाडि फेसबुक, ट्विटर र ब्लगहरू जताततै यिनै कुराहरू पढ्न पाईयो । यी वाक्य नागरिक न्यूजमा रविन्द्र मिश्रद्वारा लेखिएको लेखबाट बाहिर आएका थिए । हुन त यो भनाईलाई श्राप नभनी सुभ-कामना भनिएको छ र केही तर्कहरू अगाडि सारिएका छन्, जुन लेख अनुसार जायज नै देखिन्छ । तर श्रापको प्रकृति, भाषा र शैलीमा बिचार गर्दा उक्त माथीको वाक्य सुभकामना नभै श्रापै हुनुपर्ने देखिन्छ ।
श्राप र आशिर्बाद दिने काम मानवीय चेतनाको बिकास सँग सँगै बिकसित हुँदै आएको छ । र यो क्रम आज पनि जारी छ । कुनै न कुनै प्रकारको चोट, ठक्कर या आत्मपीडक अनुभूति नभै श्राप दिईंदैन । सुभ-कामना या आशिर्वाद भने ठीक यसको बिपरित अवस्थामा दिईन्छ । उतिबेला प्राय सबै व्यक्तिहरू सत्मार्गमा हिंड्थे, सत्कर्म गर्थे र बिरलै मात्र श्रापका लायक हुन्थे । आजकल श्राप दिने भन्दा श्राप पाउनु पर्ने व्यक्तिको संख्या बढ्दो छ । उति बेलाको जमाना अर्कै थियो । धेरैजसो व्यक्तिहरू जप, तप, ध्यान, साधना, योग तथा धर्मको अभ्यासमा लागि रहन्थे । उनीहरू जे बोल्थे त्यो पुरा गर्थे । कसैलाई दिईएका कुनैपनि बचन पुरा गर्नमा ढिलाई गर्दैनथे । यसर्थ, आशिर्बाद या सुभ-कामना पाउन सबै लालायित हुन्थे तर श्रापदेखि भगवान समेत डराउँथे । किनकी श्राप होस् या आसिर्वाद दिए पछी लाग्थ्यो ।
वास्तबमा श्राप तबमात्र दिईन्छ जब जिवनको सम्भावना क्षिण हुन्छ । अति नभै कसैले कसैलाई श्राप दिंदैन । पौराणिक ग्रन्थहरूमा श्रापका अनेक उदाहरणहरू पाईन्छन् । भगवान् श्रीकृष्ण जन्मेको यदुबंशको पतनमा महारानी गान्धारीको श्राप प्रमूख कारण थियो । कृष्णले चाहेका भए महाभारतको युद्द टल्न सक्थ्थो र आफ्ना १०० भाई छोराहरू मर्दैनथे भन्ने गान्धारीकोdr बुझाई थियो तर यो हुन सकेन । उनले भगवान श्रीकृष्णलाई श्राप दिईन् । ऋषि परशुराम तथा अर्का एक ब्रामणले कर्णलाई दिएको श्रापले कर्णको जिवनलिला समाप्त पार्यो । त्यस्तै पाण्डुलाई आफ्नी पत्नीसँग संभोगरत एक ऋषिले दिएको श्रापले, पाण्डुको मृत्यु भयो । श्राप र रिसका खानी ऋषि दुर्वाशासँग सबैजना टाढै बस्न रुचाउँथे । युधिष्ठिरले आफ्नै आमा कुन्तीलाई ”आईन्दा आईमाईको पेटमा कुनैपनि कुरा नअडिउन” भनी श्रापित गरे । भनिन्छ आजपनि आईमाई जातीलाई कुनैपनि गुप्ती कुरा भन्नु हुँदैन भनी ।
नेपाली समाजमा जो व्यक्ति किरा परेर मर्छ उस्लाई पापी मानीन्छ । यसरी मर्नेले कुनैखाले पाप कर्म नगरेका भएतापनि “पूर्व जन्मको पापका कारण किरा परेर मर्यो” भनी आक्षेप समेत लगाईन्छ । यसबाट के बुझिन्छ भने, किरा परेर मर्नु भनेको समाजबाट छि:छी: र दुर:दुर: हुँदै अपहेलित अवस्थामा मर्नु हो । कतिपयले यस देशलाई सतीले सरापेको देश भन्छन् । देशको भलो चाहने कसैको राम्रो हुँदैन र ऊ कुनै न कुनै बहानामा असफल हुन्छ भन्ने भ्रमपूर्ण मान्यता हामी बिच रहँदै आएको छ । तर सतीले श्राप दिंदा बेईमानी भने पक्कै गरेकी हुन् ।
मल्लकालीन इतिहास अनुसार तत्कालीन राजा लक्ष्मीनरसिंह मल्लले काजी भिम मल्ल निर्दोष हुँदाहुँदै केही आफ्ना चाकडीबाजका कुरा सुनेर मृत्युदण्ड दिएका थिए । उ वेलाको सामाजिक चलन अनुसार पतिको निधन भएपछि पत्नी पतिसँगै चितामा जिउँदै जल्नुपर्ने अर्थात सती जानुपर्ने थियो । काजी भिम मल्लकी पत्नी पतिव्रता नारी थिइन् । पतिव्रताले आफ्नो पतिका खातिर जे गरेपनि र जे बोलेपनि पुरा हुन्छ भन्ने पौराणिक मान्यता थिंदै थियो । ईतिहास अनुसार सती जाने बेलामा, चितामा प्रवेश गर्नुपूर्व उनले भाव विव्हल हुँदै ‘यस देशको भलो चाहनेको कहिल्यै राम्रो नहोस्’ भनी श्राप दिईछन् । यहाँ उनले भन्नु पर्ने थियो “ जस्ले यो देशको कु-भलो चाहन्छ उस्को कहिल्यै भलो नहोस्” । तर उनले तात्कालिन राजा प्रति ईंगित गर्दै आफ्नै पति काजी भिम मल्ल प्रकृतिका व्यक्तिहरूलाई नै उल्टो सरापेर सती गएको देखिन्छ । कल्पना गरौं, कतै यसैको कारणले जहिले पनि यो देशमा उल्टो उल्टो हुँदै आएको त होईन रु मर्नु पर्ने मर्दैनन् तर मर्न नपर्ने या त आफै मर्छन् या त मारिन्छन् ।

रत्न काफ्ले
म्यानेजिङ डाइरेक्टर
हिमालयन टुर्स एण्ड ट्राभल्स लिमिटेड

Search This Site:

Comment on this Article:







Related Articles