BAGAICHA.COM

Home » Sports & Recreation » Currently Reading:

सानु बाबू सुनुवार

May 21, 2017 Sports & Recreation No Comments

रामेछाप जिल्ला क्षेत्रन: २ रामपुर गा.बि.स. वार्डन: ८ दाइजोर छापटोल निबासी एक सहासी ब्याक्ती र देशको झन्डा फरफराउदै बिस्वमा नेपाललाइ चिनाउदै आफ्नो नाम गिनिज बुकमा दर्ज गर्न सफल एक महान ब्याक्ती हुन। उहाको परिचय यतिलेमात्र काफी हुदैन। उहाको संघर्षको पाटो र उहाले गर्नु भएको संघर्ष आफुलाइ मात्र नभै सिङ्गो देशको लागि एक अमुल्य योगदान पनि रहेकोछ। तर बिडम्बना सरकार सानु बाबुलाई चिन्न सकिरहेकोछैन। उहाँ एक सक्षम नेपालका प्याराग्लाइडिङ पाइलट हुन यहि प्याराग्लाइडिङले उहालाइ विभिन्न देशहरुमा गएर प्रतिस्पर्धा गर्नेक्रममा हरेक कठिनाइका बाबजुद पनि बिजय हासिल गरि आफ्नो देश नेपालको झन्डा फर्फराइ बिस्वमा चिनाउन सफल भएका एक महान ब्याक्तित्व हुन। उहाँ सुनुवार समुदायको मात्र नभएर सिङ्गो नेपालको नेतृत्व गर्दै आफ्नो देशको सिर उच्च पार्ने एक महान ब्याक्ती हुन। अहिले उहाँ नेपालमा आफ्नै प्याराग्लाइडिङ एड्भान्च्युअर कार्यलय खोली स्वदेसी र बिदेसी पर्यटकहरुलाइ भरपुर रमाइलोको साथ यश बिसयमा तालिम पनि प्रदान गर्नुहुन्छ। यसै तालिम दिने क्रममा उहाँ मलेसियाको तेरेङगानु भन्ने ठाउमा प्रशिक्षक भएर आउनु भएको रहेछ र यहि मौकामा उहाँ सङ्ग सुनुवार सेवा समाज मलेसियाले भेट गर्ने अवसर पायो। हामिलाइ कतारमा कार्यरत किशोर सुनुवार ज्युले जानाकारी गराउनु भएको थियो तर समय हामी सङ्ग धेरै कमि र आफ्नो कार्य ब्यस्तताको कारण हामिले भने जस्तो माहोल मिलाउन सकिएन। तै पनि हामिले सक्दो कोसिस गरि उहाँ सङ्ग भेट्ने जमर्को गरियो र उहाले हामिलाइ आफ्नो अमुल्य समय छुट्याइ भेट्ने सुवर्ण अवसर प्रदान गरिदिनु भएकोमा हामी सु से स परिवार मलेसिया अत्यन्तै खुशी छौ र उहाँ प्रती हामी आभार ब्यक्त गर्दछौ। यसै भेटघाट कार्यक्रममा उहाँ र उहाको धर्म पत्नि सुस्मिता सुनुवारलाइ हामिले खदक ओडाइ अब आउदो दिनहरुमा अझ उत्तरोत्तर प्रगती र हरेक उहाहरुको कार्य सफलाको कामना गर्दै सम्मानका साथ शुभकामना दिने अवसर मिलेको थियो। र यश भेट्घाट कार्यक्रममा आफ्नो कार्यब्यस्तताको कारण पनि आफ्नो उत्तरदायी बहन गरि सु से स मलेसियाका अध्यक्ष ईन्द्र सुनुवार र सकृय सद्स्य पुष्कर सुनुवार ज्युले सम्मान गर्नु भएको थियो। र मैले पनि उहाँ सङ्ग भिडियो कलमा भए पनि बोल्ने मौका पाएको थिए । #सानू_बाबू_सुनुवार ज्यु। धन्यबाद।
Note: उहाको प्याराग्लाइडिङ एड्भ्यान्च्युअर कार्यलय निम्न स्थानमा रहेको पनि जानाकारी गराउदछौ।
headoffice:- sorewek-1 mahapur,kudhar,syangja nepal
branchoffice:- center point building hallanchok lekeside pokhara nepal.
phone:-+97761464192,464191
email:-info@babuadvanture.com

Search This Site:

Comment on this Article:







Related Articles