BAGAICHA.COM

Home » General » Currently Reading:

पार्ट टाइम जब (कथा)

Jul 4, 2017 General No Comments
जस्मीदा दुरा, फर्म–३,बेथल हाइ स्कूल,युनलङ

जस्मीदा दुरा, फर्म–३,बेथल हाइ स्कूल,युनलङ

जेनी १६ वर्षकी केटी फर्म ४ मा पढ्छिन् । उनी कहिले काँही होमवर्क नगरी स्कूल आउँछिन् त कहिले क्लासमै निदाउँछिन् । प्रायः पनिस्मेन्ट र टिचरको गाली खाइरन्छिन् । ऊ रातभर जसो फेसबुकमा साथीहरुसँग च्याटगर्ने, लाईक, कमेन्ट गर्दै लेटनाइटसम्म फोनमै व्यस्त हुन्छिन् । फोनमा इन्टरनेट भएन भने उसलाई औडाहा हुन्छ ।
उसलाई फेशन, मेकअप र फोटो खिच्नुमा एकदम सौख छ । त्यसैपनि ऊ राम्री केटी । स्कूलमा सबै केटीहरु उसको सुन्दरता देखेर आरिस गर्छन् । केटाहरु केही न केही बहाना बनाएर उनीसँग बोल्ने मौका खोजिरहन्छन् ।
फेसबुकमा एउटा फोटो पोष्ट गर्योकी एकछिन्मै सयौं लाईक कमेन्ट आउँछन् । ऊ मनमनै दंग हुन्छिन् । दिनदिनै नयाँ–नयाँ फोटोहरु पोष्ट गरिहन्छिन् । लाईक कमेन्ट त कति हो कति । अब उसलाई हरेक दिन नयाँ–नयाँ ड्रेसअप गरेर फेसबुकमा फोटो पोष्ट गर्नुमा धेरै ध्यान जानथाल्यो । उ जे गरेपनि फोटो खिच्थ्यो । खाएको, डुलेको, सपिङ गर्न गएको हरेक क्षणको फोटोहरु फेसबुकमा तुरुन्तै आईहाल्छ ।
उसलाई बानी परिसकेको थियो फेसबुकमा मानिसहरुले उसको रुपको प्रशंसा गरेको हेर्न । उसको नयाँ लुगाको, ब्यागको, सेन्डल, हेयर स्टाईलको बारेमा लेखिएका कमेन्ट पढेर उसलाई खुब आनन्द आउँछ अनि झन् –झन फोटोहरु पोष्ट गर्न इच्छा बढ्दैजान्छ ।
कुनैदिन अलि कम लाईक कमेन्ट आयो भने उ सोच्न थाल्छिन् किन यसपटक धेरै लाइक कमेन्ट आएन ? अब के गरेर फोटोमा एट्राक्टिभ बन्ने होला ? यस्तै– यस्तै सोचहरु उसको दिमागमा चलिरहन्छ । ऊ हरेक हप्ताजसो पैसा जोहो गरेर नयाँलुगा किनिरहन्छिन् । कहिले काहीँ उ खाजा खान बाबाले दिनुभएको पैसा बचाएर पनि नयाँ लुगा र मेकअपको सामान किन्छिन् । यस पटक १ हप्ता नपुगी उसले बाबालाई पैसा माग्छिन् । बाबाले भन्नुहुन्छ “१ हप्ताको लागि भनेर दिएको पैसा कसरी २ दिनमै सक्यौ ?” उसले पैसा स्कूलमा ब्यागबाटै हरायो भनेपछि बाबाले फेरि खाजा खर्च दिनुभो । अबदेखि पैसा जतनसाथ राख है भन्नुभो । बाबालाई ढाँटेर पैसा लिनसकेकोमा ऊ मनमनै खुसी भइन् ।
उसले त्यो पैसाले फेरि नयाँ लुगा किनेर लगाइन् र हतार–हतार फेसबुकमा फोटो पोष्ट गरिन् । सबैले उसको फोटोमा लाइक कमेन्ट गरे । ओहो ! कतिधेरै मान्छेहरुले मलाई मन पराउँछन् । मेरो साथीहरुको फोटोमा बल्लतल्ल २–४ वटा कमेन्ट ४०–५० लाइक आउँछ । वाह ! म कति लक्की मलाई सयौंले मन पराउँछन्, दर्जनौंले फेसबुकबाटै पर्पोज गरिसके । उनी मनमनै मक्ख हुन्छिन् । जसरी पनि आफूलाई राम्री बनाउनु नै उसको उदेश्य ठान्छ र ऊ ऐनामा आफैलाई हेर्दै मुस्कुराउँछ ।
स्कूलबाट फर्केर घरपुगेपछि लुगा नै चेन्ज नगरी जेनी सिटिङरुममा बसेर मोबाइल खेलीरहेकी थिइन्, आमा कामबाट आईपुग्नुभो ।
“हैन यो केटीको ताल के हो हँ ? जैले नि मोबाई मै झुन्डिरहन्छ, खै किताब हेरेको त कैले देख्दिन ? ”
जेनी —“पढिरहेको छु नि ममी, तपाईकै अगाडि पढेर देखाउनुपर्ने ? घर आउन पाएको छैन गाली सुरु भइहाल्यो अब…। जेनी मुख बिगार्दै कोठा भित्र जान्छिन् ।”
ममी —“मुखमुखै नलाग है जेनी, किताब पढेको र नपढेको रिपोर्टकार्डले देखाईहाल्छ नि ! अस्ति पनि क्लास टिचरले जेनीले होमवर्क बुझाउँदैन, क्लासमा निदाउँछ भनेर कम्प्लेन गर्नुहुँदै थियो । अब आइन्दा स्कूलबाट कम्प्लेन नआवोस् …” जेनीको ममी गन्गनाउँदै कोठामा आउनुभो ।
जेनी — ममी आज साथीको बर्थडे छ फाइभ हन्ड्रेड दिनुस् न प्लिज ।
ममी —किन त्यत्रो पैसा ? अस्ति भर्खरै तिमीलाई पकेटमनी दिएकी थिएँ त । मलाई पनि लुगा किन्नु छ, साथीलाई गिफ्ट पनि दिनुछ ।
ममी — हैन कति लुगा किन्नु पर्यो ? त्यो दराजभरि लुगैलुगा छ फेरि किन किन्नु पर्यो नयाँ ?
जेनी — ह्या…ममी पनि त्यो सबै लुगा त मैले लगाएर फेसबुकमा फोटो पोष्ट गरिसके नि, सबैले देखिसकेको छ, त्यो लुगा त हुन्न ।
बर्थडे तिम्रो हैन साथीको हो, अब नयाँ लुगा तिम्रो बर्थडेमा मात्र किन्ने हो । म पैसा दिन सक्तिन तिमी बर्थडेमा नगएनि नजाऊ …यति भनेर आमा आफ्नो रुममा गएर जानुभो ।
बाबाममी कामबाट थाकेर आएको हुनाले छिट्टै निदाउनु भयो । जेनी सुटुक्क कोठामा पसेर ममीको ब्याग र बाबाको पर्सबाट छिट्छिटो पैसा निकालिन् र कोठाबाट निस्किन् ।
भोलिपल्ट बाबाको पर्सबाट पैसा हराएको थाहा पाउनुभो ।
बाबा—“यो पक्कै जेनीकै काम हुनुपर्छ, उसले हिजो आमासँग पैसा माग्दैथिइन् रे । हैन यो केटीलाई किन यतिधेरै पैसा चाहिन्छ हँ ? चाहिने खर्च त दिइरहेकै छौं…”
बेलुकी कामबाट आएर बाबाले जेनीलाई खुब गाली गर्नुभो ।
बाबा – “अब हुँदा¬हुँदा पर्सबाटै पैसा निकाल्न थाल्यो हैन ? अब आफै कमाऊ अनि आफै खर्च गर ” बाबा खुब रिसाउनु भो ।
जेनी सुक्क–सुक्क रुँदै कोठामा गएर ढोका बन्द गरिन् । “फिलीङ स्याड” क्याप्सन राखेर रुँदै गरेको सेल्फी फेसबुकमा आउँछ । उनका फ्यानहरु उनलाई फकाउँदै सयौँ कमेन्टहरु आए । जेनीलाई कम्फर्ट फील हुन्छ ।
जेनी फेसबुकै दुनियाँमा हराईरहेकी छिन् । उसलाई बिस्तारै–बिस्तारै ग्ल्यामरको दुनियाँतिर इन्ट्रेस्ट् बढ्छ । जेनीलाई कोर्सबुक पढ्नु भन्दा फेसबुक पढ्नमा रमाईलो लाग्छ । पहिलाको जस्तो राम्रो रिजल्ट पनि आउँदैन । उनलाई कसरी रिजल्ट राम्रो बनाउने भन्दापनि कसरी राम्री देखिएर फेसबुमा धेरै भन्दा धेरै लाइक कमेन्ट बटुल्ने तिर ध्यान गइरहन्छ ।
बाबा ममीलाई पैसा माग्दा पनि पैसाभन्दा पनि धेरै किचकिच सुन्नुपर्ने । उनलाई दिनदिनै नयाँ लुक्समा कुन नयाँ ड्रेसअपमा फोटो पोस्ट गरौ भन्ने चिन्ता छ । पैसा पनि चाहिरन्छ । कहिले साथीहरुको बर्थडेमा गिफ्ट दिनुपर्छ, कहिले साथीहरुसँग बाहिर घुम्न जानु छ, कहिले व्युटीसैलुन जानुपर्छ , बाबा ममीलाई पैसा माग्दा पनि किच्किच सुन्नुपर्ने ।
उसले आफ्नो खर्च जुटाउन शनिबार आइतबार पार्ट टाइम जब गर्ने बिचार गर्यो र बल्लतल्ल ममीलाई कन्भिन्स् गर्यो । उसले एक रेष्टुरेन्टमा हप्तामा २ दिन काम गरेर पैसा कमाउँन थालेपछि झन्–झन् पैसाको लोभ बढ्न थाल्यो । त्यसपछि उनले पढाई छोडिन् र एउटा रेस्टुरेन्टमा फुलटाइम कामगर्न थालिन् । महिना पुग्नसाथ तलब पाइने, मनलागेको सपिङगर्न पाइने । बाबाआमाले जति सम्झाए पनि उनले मानिनन्, पढाई छोडेर पैसा कमाउँनमा लागिन् ।
सधैजसो सपिङ गरेको, पार्टी गरेको साथीहरुसँग डुलेको, रमाइलो फोटोहरु मात्र पोष्ट गर्थिन् । लाईक, कमेन्ट उत्तिकै छ । यसरी लाइक, कमेन्ट आउनु भनेको उसले जे गरेपनि सबैले रुचाउनु हो भन्ने ठान्थिन् । उसको लाइफ स्टाइल देखेर स्कूलका साथीहरु पनि लोभ गर्थे । उनले धेरै इन्ज्वय गर्यो ।
२ वर्ष पनि बित्यो । जेनी खुब खुसी थिइन् । उनले आफ्नो १८ वर्षको वर्थडे धुमधामले सेलीब्रेट गर्ने योजना बनाईन् । उसले आजसम्म किनेको सबैभन्दा महँगो ड्रेस र गहना सेट किनिन् । भएभरको साथीहरुलाई इन्भाइट गरिन् । फेसबुकमा राख्नलाई राम्रो फोटो आउँछ भनेर आमासँग बर्थडे गिफ्टमा नयाँ मोबाइल मागिन् । बर्थडेको दिन बिहानदेखि उनी व्युटी सैलुन गएर कपाल बनाइन्, मेकअप गराइन्, महँगो लुगा र हगनासेट लगाएर एक नेपाली रेस्टुरेन्टमा धुमधामले बर्थडे मनाइन् । केक काटेको, गिफ््ट लिएको, दिएको धेरै फोटोहरु खिचाइन् । नयाँ लेहेंगा र गहना लगाउँदा जेनी कुनै सेलिब्रेटी भन्दा कम देखिएकी थिइनन् । पोज–पोजको फोटो खिचेर उनले हतार–हतार फेसबुकमा सेयर गरिन् । उनले मनमनै भनिरहेकी थिइन् अब मेरो फोटोमा हजारौँ लाइक र कमेन्ट आउँनेछन् । मेरो खुब इज्जत बढ्नेछ ।
बर्थडे सकेर हतार–हतार जेनीले फेसबुक खोलिन् । तर आज उसको साथीहरुको फेसबुक वालभरि कङ्ग्राचुलेसन !, प्राउड अफ यु !, यु मेक अस प्राउड ! भनेर सयौ शुभकामनाका स्टाटस कमेन्टहरु फूलका बुकेटहरु पोस्टमा देखिन् । जेनी झसंग भइन् । एकछिन् नियालेर हेर्दा त जेनीको १८ औं जन्मदिनकै दिन एच.के.डी.एस.इ. को रिजल्ट पब्लिस भएछ । उसको साथीहरु डी.एस.इ. मा राम्रो ग्रेडमा पास भएछन् । अब उनीहरुले युनिभर्सिटीमा एड्मिसन पाउँछन् । साथीको बाबा आमाहरुले पनि उत्तिकै खुसी भएका पोष्टहरु सेयर गरेका थिए । समाजका ठूला व्यक्तिहरु, प्राइमरी, सेकेन्ड्रीका टिचरहरु देखि जेनीको रुपको प्रशंसा गर्ने सबै साथीहरु सबका–सबले डी.एस.इ. मा पास भएका साथीहरु र उनका आमाबाबालाई बधाई दिइरहेका थिए । जेनी एकछिन् अलमल्ल परिन् । खै आज मेरो महँगो बर्थडे सेलीब्रेसनको आकर्षक फोटोहरुले किन कसैको ध्यान तान्न सकेन ? त्यो सबै लाईक कमेन्ट, गुड विशेस्, कङ्ग्राचुलेसन प्रशंसाका शब्दहरु, फूलका बुकेट सहितका बधाई आफ्नो फेसबुक वालमा खन्याउन मनलाग्यो तर कसरी ? यो सम्भब छ ?
जेनीले मनमनै भनिन् –“रातदिन मेरो फोटोमा लाइक कमेन्ट गर्ने, मेरो फिगर, अनुहार, मेकअप, ड्रेसअप, हेयरकलर र स्माइलको प्रशंसा गरेर नथाक्ने मानिसहरुले मलाई भ्रममा पारेका थिए ? कि म आफै भ्रममा थिएँ ? ”
जेनीलाई बल्ल थाहा भयो तडकभडक र बाहिरी सुन्दरताको भन्दा सिम्पल, सोभान व्यक्तित्व र इनर ब्युटिको इज्जत हुनेरहेछ । शिक्षाले नै समाजमा हाम्रो स्टाटस निर्धारण गर्ने रहेछ सबैबाट सम्मान पाइने रहेछ भनेर …।
उनले २ वर्ष अगाडि छोडेको स्कूल, क्लास, साथीहरु, टिचरहरु सबैलाई सम्झिन्, आमा बाबाको मन दुखाएको कुरा सम्झिन् । अनि फेसबुक लगआउट गरेर बेस्सरी रोइन् तर समयले उनलाई छोडेर २ वर्ष टाढा पुगिसकेको थियो !
(Note- हङकङ साहित्यिक साझा श्रृंखलाद्धारा प्रकाशित तेस्रो कृति “श्रृंखला भाग–३” मा प्रकाशित कथा)

Search This Site:

Comment on this Article:







Related Articles